ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आन्तरिक र वाह्य पर्यटकको रोजाईमा चितवन निकुञ्ज (भिडियोसहित)


एबीसी न्यूज


काठमाडौं, ८ माघ ।  जनवरी १ बाट नेपाल भ्रमण वर्ष २०२० संचालनमा छ । भौगोलिक, सास्कृतिक र धार्मिक सम्पदाले धनि र भरीपुण मुलुक भएको हिसावले आन्तरिक र वाह्य पर्यटकको रोजाईमा चितवन पर्ने गरेको छ । यहि चितवनको सौराहामा भने अहिले सोचे जति पर्यटक आउन सकेका छैनन ।

निकै तामझामका साथ काठमाडौंमा पर्यटन बर्षको सुरुवात गरियो । तर, सुरुवात जति तडकभडकका साथ गरिएको थियो त्यहि मात्रामा पर्यटकीय क्षेत्रमा पर्यटक आउन भने सकेका छैनन ।

यस्तै पर्यटक घट्टनेमा चितवन राष्ट्रिय निकुञ्ज रहेको सौराह पनि परेको छ । प्रदेश नं २, ३ र ४ को चितवन, मकवानपुर, पर्सा र नवलपरासी जिल्लाका केही भू–भागहरूमा फैलिएको यो राष्ट्रिय निकुञ्ज नेपालको पहिलो राष्ट्रिय निकुञ्ज पनि हो । यसको क्षेत्रफल ९ सय ५२ दशमलव ६३ वर्ग किमि रहेको छ । यस निकुञ्जले चुरे पहाड, राप्ती, नारायणी र रिउ नदीका मुख्य क्षेत्रहरूलाई समेटेको छ । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जंगलले ढाकेको छ । एक सिङे गैंडाको राज रहेको चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो वर्षको तुलनामा पर्यटकको संख्या घटेको निकुञ्जका कर्मचारी बताउ“छन् ।

२०१५ को गणना अनुसार ६ सय ०५ को संख्यामा रहेको एक सिङे गैंडा चितवन राष्ट्रिय निकुञ्जको मुख्य आर्कसण हो । यस निकुञ्जमा पाटे बाघ, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, जरायो, बादर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन ।

सन २०१८ को बाघ गणना अनुसार ९३ वटा वयस्क पाटे बाघ यस निकुञ्जमा रहेका छन । यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गर लगायत सरिसृप तथा उभयचर, बसाई सरी आएका र रैथाने गरी ५ सय ४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरूले यस निकुञ्जलाई अझ धनी बनाएका छन । यिनै प्राकृतिक महत्वका वस्तुहरूको संरक्षणलाई ध्यानमा राखी सन १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको थियो । तर, नेपाल सरकारले राजस्व वापत बढि शुल्क लिने गरेको र उपयुक्त व्यावस्थापनको अभावमा पर्यटकको संख्या घटेको पर्यटन व्यावसायीको आरोप छ ।

विसं २०५३ मा चितवन निकुञ्ज वरपरको ७ सय ५० वर्ग किलोमिटर क्षेत्रफल ओगटेर मध्यवर्ती क्षेत्रको घोषणा गरिएको थियो । हाल सो क्षेत्रमा संरक्षण र विकासका विभिन्न गतिविधिहरू संचालन भईरहेका छन । मध्यवर्ती क्षेत्रमा पर्ने २० हजारी ताललाई सन २००३ मा अन्तर्राष्ट्रिय महत्वको सिमसार क्षेत्रको रुपमा सूचीकृत गरिएको छ । सिमसार अबलोकन र जंगलमै क्याम्प फायर गरी रात बिताउन विदेशी पर्यटक निकुञ्ज आई पुग्ने गरेका छन् ।

यस निकुञ्जले बाल्मीकी आश्रम र विक्रमबाबा जस्ता धार्मिक स्थलहरूको संरक्षण गरी स्थानीय धार्मिक परम्परालाई पनि जोगाएको छ । वर्षेनी हजारौंको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरू यस राष्ट्रिय निकुञ्जको भ्रमणमा आउने हो भने हजारौं स्थानीयले रोजगारी समेत पाउनुका साथै जीविकोपार्जन हुने निश्चित छ । तर, प्रारम्भीक गुरुयोनजनाको अभाब र दुरगामी कार्ययोजना नहुदा अपेक्षकृत पर्यटकको अभावले व्यावसायी चिन्तीत छन । समय हुदै दुरगामी योजना सहित सरकार अधि बढ्ने हो भने २० लाख पर्यटक नेपाल भित्राउन कुनै कठिनाइ छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com