ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गत वर्षमा भन्दा चालु आर्थिक वर्षमा बजारमा महंगी दोब्बर (भिडियोसहित)


एबीसी न्यूज

 

काठमाडौं, ८ माघ । चालू आर्थिक वर्षको सुरुको महिनादेखि सुरु भएको मुल्यवृद्धि पांचौ महिनासम्म आउंदा समेत नियन्त्रणमा आउन सकेको छैन । बजारमा मुल्यबृद्धिको कारण आम सार्वसाधारणको दैनिक जीवनमा प्रभावित हुंदै आएको छ । दिन प्रतिदिन बढिरहेको मुल्यबृद्धिलाई रोक्न नसक्ने हो भने न्यून र मध्यम आय भएका नागरिकको दैनिक जीवन चौपट हुने अवस्था देखिएको छ ।

चालू आर्थिक वर्षको पहिलो पांच महिनामा मुद्रास्फीति ६ दशमलव ५५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । मुद्रास्फितीको यो तथ्यांकले देशको आर्थिक तथा बित्तिय स्थितीको चित्रण गरको छ । यो तथ्याङ अघिल्लो वर्षको सोही महिना भन्दा दोब्बर हो ।

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९ दशमलव ७६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४ दशमलव १० प्रतिशत रहेको छ ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी, मसला, फलफूल र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, लुगा तथा जुत्ता तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको छ । यसको सिधा असर दिन प्रतिदिन आम सर्वसाधरण मारमा पर्ने संकेत देखिएको छ । मूल्यवृद्धिले न्यून एवं मध्यम वर्गमा असर पार्ने अर्थबिद् दिपेन्द्रबहादुर क्षेत्री बताउंछन् ।

एकातिर मूल्यवृद्धिले तनाब बढाएको छ भने अर्कोतिर आयात घट्दा राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पनि यही बीचमा देखिएको छ । आर्थिक वर्षको ५ महिनामा आयात ४ दशमलव २ प्रतिशतले घटेको छ भने निर्यात २७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२ दशमलव ७ प्रतिशतले वृद्धि भएको थियो । भारतमा मात्रै ४८ दशमलब ६ प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, धागो आयुवेर्दिक औषधिलगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोसाक, जुस, तामाको तार तथा रडलगायतका वस्तुको निर्यात घटेको छ । निर्यातमा सबैभन्दा बढि योगदान रहेको पाम तेललाई भारतले रोकेपछि अबका दिनमा यो तथ्यांक ओरालो लाग्ने देखिन्छ । अहिले निर्यात बढेको तथ्याङ देखिए पनि यो अवस्था दिगो नभएको अर्थबिद् क्षेत्रीले बताए ।

राष्ट्र बैंकका अनुसार गत मंसिरमा तरकारीको मूल्य वृद्धिदर सबैभन्दा बढी ४२.२१ प्रतिशत छ । यस्तै मसलाको मूल्य वृद्धिदर करिब १५ प्रतिशत, रक्सीजन्य पेयपदार्थको १०.०४ प्रतिशत, सुर्तीजन्यको ९.७१ प्रतिशत र फलफूलको ८.६० प्रतिशत बढेको छ । नेपालमा आवश्यक खाद्य बस्तु नेपालमै उत्पादन गर्ने सस्कारको कमि आएकै कारण बाहिरबाट धेरै बस्तु आयात गर्नपर्ने अवस्था छ । अब सरकारले उत्पादन बृद्धि गर्नका लागि कृषि, फलफूल, पशुजन्य पदार्थका बिषेश जोड दिनु पर्ने क्षेत्रीको सुझाब छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङले जनता मंहगीको मारमा परेको देखाएको छ । त्यसको मुख्य कारणको रुपमा धेरै बस्तुको आयात प्रतिस्थापन गर्न नसक्नु हो । सरकारले अबका दिनमा मुल्यबृद्धिलाई रोक्नको लागि स्वेदशी उत्पादनलाई जोड दिई बढ्दो मुल्यबृद्धिलाई रोक्न पहन कदामी चाल्नु आवश्यक देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com