ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अयातित बालीले बजार तात्यो, नेपालमा रैथाने बाली दिनप्रति लोभ हुँदै (भिडियोसहित)


admin
पुस २३, २०७६ बुधबार  १ : ४७ बजे

काठमाडौं, २३ पुस  । नेपालमा परम्परादेखि नै प्रचलनमा रहेको खाद्य बालि रैथाने बाली हुन् । करिब तीन हजारभन्दा बढी बाली, बिरुवाका र प्रजातिहरू मानव उपभोगका लागि योग्य भए पनि यसको विकास र प्रवद्धन हुन नसक्दा र अयातित बालीले बजार लिदा नेपालको रैथाने बाली लोभ हुदै गएका छन् ।

मानव स्वास्थ्यका लागि अति महत्वपुर्ण मानिने रैथाने बाली नेपालमा दिनप्रति दिन लोप हुदै गइरहेको छ । रैथाने बालीले स्थानीय हावापानी, वातावरण र मौसम सहन सक्ने विशेषता बोकेका हुन्छन् । रैथाने जातका बालीमा पुस्तौंसम्मलाई काम लाग्ने प्रजनन् क्षमता हुन्छ भने क्षेत्रगत विशेषता पनि हुन्छ । धान मकै, कोदो, गहुँ तोरी, जौ, उवा, केराउ, चना, दालका रैथाने जात हराउदै गएका छन् हाइब्रिडकै कारण । कालानमक, श्यामजीरा, माला, झिनुवा, अनदी, बिरमफूल जस्ता वासनादार र स्वादिष्ट धानको चामल भेट्न मुश्किल छ । हाइब्रिड एक पुस्ता मात्र काम लाग्छ तर रैथाने जात संधै उत्तम हुन्छ । पछिल्लो समयमा सरकारले रैथाने बालीलाई जोगाउन अभियान पनि संचालन गरिएको छ । नेपालका रैथाने बालीलाई उचित संरक्षण गदै अध्ययन, अनुसन्धान र बजारीकरण गनुपर्ने र आयातित बालीलाई रोक लगाउनु पर्ने कुषि विभाग बताउंछ ।

नेपालमा पाइने झन्डै ७९० खाद्य बाली मध्ये ४८४ रैथाने खाद्य तथा ९३ आयातित खाद्य बाली रहेका छन् । यी मध्ये ५०५ प्रकारका गहु फापर कोदो लगायतका रैथाने बाली लोप भइसकेका छन् । यस्तै, करीब २५० प्रकारका माछा लगायत अन्य जलिय कुषि जन्य बस्तु र सुक्ष्म जातका जिवाणु समेत रहेका छन् । यी रैथाने बाली लोप हुनुमा हावापानी आधुनिक उन्नत जातका बिउ बढी मात्रमा प्रयोग गरिनु, जलबायु परिवर्तन तथा आधुनिकीकरणले मुख्य भूमिका खेलेको भएको कृषि वैज्ञानिकको भनाई छ । जैविक विविधता अनुसार जौ, कोदो, फापर एकदमै महत्वपुर्ण बाली हुन् । विगतमा यी बालीप्रति नेपालीको त्यति रुची थिएन । त्यसैले, यी बालीको प्रयोग समेत कम भयो । तर, विगत केहि वर्ष यता रैथाने खानाको प्रयोगमा बढ्दै गएको चेतनाले यसबाट उत्पादित खाद्यान्नको उपभोग बढ्दै गएको छ । यसलाई सकारात्मक मान्नुपर्छ ।

रैथाने बालीलाई परिमार्जन गर्दै कृषिसग सम्बन्ध राख्ने विभिन्न संघसंस्थाको सहयोगमा नया“ प्रणाली अन्तर्गतका तरिकाबाट काम गर्न सके रैथाने बालीबाट पनि राम्रो उत्पादन हुन सक्छ । यसकारण, रैथाने बालीको संरक्षण र प्रवद्धनमा ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रलोपाको ‘व्यवस्था परिवर्तन’ प्रतिबद्धता (पूर्णपाठ)

रास्वपा निर्वाचनमा ‘नागरिक करारपत्र’ : दलीयकरण अन्त्य, उच्च आयोग गठनको वाचा

सम्बन्धित

विशेष महाधिवेशनका बेला विदेशी सूत्रहरुले पहुँच राखेका थिए : नेका. महामन्त्री घिमिरे (भिडियो)

स्थलगत – १ : ‘बा’ र ‘बालेन’ शैली

एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com