ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशका चर्चित कलाकरहरुमा पनि चुनावी सरगर्मी बढ्यो


admin

सपना थामी, काठमाडौं । २ मंसिर ।प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मित् िनजिकिदै गर्दा राजनीतिक दलहरुले कलाकारहरुलाई पनि आश्वासन बाँड्न थालेका छन् । राजधानीमा भएको एक कार्यक्रममा नेपालका विभिन्न वरिष्ठ कलाकारहरुसँग नेकपा एमालेका नेता माधव कुमार नेपालले बाम एकताले मुलुक आर्थिक समृद्धि र विकासतर्फ अघि बढ्ने बताएका छन् । कलाकारसँग बामगठबन्धका तर्फबाट नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँगको एक कार्यक्रममा नायक निखिल उप्रेती, नेपाली चलचत्रि क्षेत्रका चर्चित निर्देशक अशोक शर्मा, आकाश अधिकारी, निर्मल शर्मा, गोपाल कायस्थ लगायत थुप्रै कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

 

नेकपा एमालेका नेता माधव कुमार नेपालले समग्रमा नेपाली जनता बाम एकताको पक्षमा रहेको बताए । उनले अबका दिनमा स्थिर सरकार हुने र मुलुक आर्थिक समृद्धि र विकासको बाटोमा अघि बढ्ने बताए । सामाजिक रुपान्तरणका लागि र देश विकासका लागि कलाकारहरुले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने भन्दै उनले शुभकामना पनि दिए ।
चलचित्रकर्मी तथा निवर्तमान सभासद रामवीर मानन्धर यस प्रतिनिधि तथा प्रदेश सभाको उम्मेदवार हुन् । मानन्धरले चलचित्र तथा कलाकारिता क्षेत्रका आवाजहरु केन्द्रीय राजनीतिमा सुनुवाई गर्ने कलाकारहरुले विश्वास व्यक्त गरे । एमाले नेता केशव स्थापितले कलाकारिता र राजनीति क्षेत्र अलग–अलग नभएको बताए । कलाकारहरुले निकै संघर्ष गर्नुपरेको बताउदै स्थापितले बाम एकताका कारण देशमा अब स्थायी सरकार आउने बताए । स्थापितले स्थायी सरकारले कलाकारिता क्षेत्रमा पनि परिणाममुखी फड्को मार्ने दाबी गरे ।
चलचित्र निर्देशक आकाश अधिकारीले मुलुकमा दिगो सरकारको आवश्यकता रहेको बताए । आगामी दिनमा कम्तिमा ५ वर्ष स्थायी सरकार भएमा कलाकारिता क्षेत्रमा पनि सकारात्मक परिवर्तन गर्न सकिने उनको भनाइ छ ।
नेपाली चलचित्र क्ष्ँेत्रको अर्का वरिष्ठ निर्देशक तथा कलाकार अशोक शर्माले रामवीर मानन्धर हल सञ्चालक, कलाकार र बिक्रिवितरणका क्षेत्रमा लागिरहेकाले मानन्धरस“ग कलाकारहरुको भावनात्मक सम्बन्ध रहेको बताए । कलाकारहरुको एउटा मात्र आवाज संसदभित्र राख्नका लागि पनि रामवीर मानन्धरले जित्नुपर्ने उनले बताए । देशमा चुनावी सरगर्मी बढिरहेका बेला राजनीतिक दलका नेताहरु गाउँदेखि नगरसम्म पुगेका छन् । निर्वाचनका बेला दल र उम्मेदवारहरुले आश्वासनको ठुलै सगरमाथा खडा गर्ने गरेका छन् । तर, निर्वाचन सकिएपछि उनीहरु कहाँ पुग्छन् जनतालाई पत्तो हुँदैन । तसर्थ आगामी निर्वाचनबाट निर्वाचित हुने जनप्रतिनिधिले त्यही प्रवृक्ति दोहोराउने छैनन् भन्ने अपक्षासम्म गर्न सकिन्छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com