ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वसाधारणको ‘कम्ब्याट’ फुकाल्दै प्रशासन


admin
पुस १९, २०७६ शनिबार  ३ : ०३ बजे

काठमाडौं, १९ पुस । सरकारले गैरसैनिक आम सर्वसाधारण मा निषेधित कम्ब्याट पोशाक ‘फेशन’का रुपमा प्रयोग गएको पाइएको छ । विशेषगरी जाडो मौसममा कम्ब्याट ज्याकेटको प्रयोग बढेको देखिएको हो ।

हाल काभ्रेपलाञ्चोकको प्रमुख बजारमा कम्ब्याट पोशाकका रूपमा पाइन्ट, ज्याकेट र जुत्ता निर्वाध बिक्री वितरण भइरहेका छन् । विशेषगरी पाइन्ट, ज्याकेट मर्मत सेन्टरमा कम्ब्याटको कपडाले ‘फेशन’का रूपमा ज्याकेट सिलाउन माग भइरहेका भेटिन्छन् । “जाडो महिनामा कम्ब्याट ज्याकेट फेशन बन्न थाल्यो, त्यसैले पनि कम्ब्याट ज्याकेटको रहरले मगाएँ”, शनिबार बनेपास्थित ज्याकेट मर्मत सेन्टरमा भेटिएका एक युवाले भन्नुभयो ।

निषेधित कम्ब्याट पोशाक ‘फेशन’का रुपमा प्रयोग हुन थालेपछि जिल्ला प्रहरी कार्यालयलाई यसबारे अनुगमन गर्न भनिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो । “प्रत्येक प्रहरी युनिटलाई सर्कुलर पठाउन जिल्ला प्रहरी कार्यालयलाई भनेका छौँ”, उहाँले भन्नुभयो । जिल्ला प्रशासन कार्यालयमा केही दिन अघिसम्म कम्ब्याट ज्याकेट लगाएर आउने तीन जनालाई फुकाल्न लगाएर सचेत गराएको उहाँले बताउनुभयो । “नजिकै घर भएको भए तुरुन्तै फेर्न लगाइन्थ्यो, टाढा भएकाले सचेत मात्रै गराइयो”, उहाँले भन्नुभयो ।सरकारद्वारा निषेधित कम्ब्याट पोशाकबारे प्रहरीले अनुगमन गर्नुपर्ने प्रजिअ तिमल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “यसबारे कडाइकासाथ लाग्न आग्रह गर्दैछौँ ।” उहाँले आउँदो जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको नियमित बैठकमा आ–आफ्नो क्षेत्रमा निषेधित कम्ब्याट पोशाकबारे कडाइकासाथ लाग्न अनुरोध गरिने बताउनुभयो ।

“सर्वसाधारणले लगाएको कम्ब्याट ज्याकेट वा अन्य पोशाक कुनै पार्टी विशेषजस्तो पनि देखिने हुँदा सर्वसाधारण अर्थात् गैरसैनिकलाई यस्तो पोशाक लगाउनबाट रोक्न, कार्यालय प्रमुख तथा स्थानीय तहका प्रमुख अधिकृतलाई निर्देशन दिनेछौँ”, उहाँले भन्नुभयो । जिल्लास्थित पसलमा मौज्दात रहेका कम्ब्याक्ट पोशाक, कपडा र जुत्तासमेत खरीद गरेको ठाउँमै फिर्ता गर्न प्रजिअ तिमल्सिनाले ब्यवसायीलाई समेत आग्रह गर्नुभयो । नेपाली सेनाले आफ्नो पोशाकको दुरुपयोग गरी सर्वसाधारण, विभिन्न निजी सेक्युरिटी कम्पनी र आपराधिक गतिविधिमा संलग्न व्यक्तिले लगाएपछि गृह मन्त्रालयलाई पत्राचार गरी गैरसैनिकलाई त्यस्तो पोशाक लगाउन निषेध गर्न आग्रह गरेको थियो । सो आग्रहलाई सम्बोधन गर्दै गत साउनमा गृहले सबै जिल्लास्थित प्रशासन कार्यालयलाई गैरसैनिकलाई कम्ब्याक्ट पोशाक निषेध गर्न परिपत्र गरेको थियो ।

त्यसो त, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गत भदौ पहिलो सातादेखि गैरसैनिकलाई ‘कम्ब्याक्ट’ पोशाक निषेध गर्न सार्वजनिक सूचना जारी गरेको थियो । कार्यालयले नेपाली सेनाका सकल दर्जाले लगाउने कम्ब्याक्ट पोशाक स्थानीय बजारमा सहजरूपमा बिक्री वितरण हुने हुँदा गैरसैनिकले ‘फेशन’का रूपमा प्रयोग गरेकाले यसलाई निषेध गर्न अपिल गरे पनि प्रयोग गरिँदै आइएको पाइन्छ । जिल्ला प्रहरी प्रमुख रविकुमार पौडेलले यसबारे स्थानीय प्रशासनसँग समन्वय गरी अनुगमन गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

उनेपाको प्रतिबद्धतापत्र : स्थानीय निर्वाचन दलविहीन, ट्रेड युनियन खारेज, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

सम्बन्धित

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउँछः अध्यक्ष ओली

हर्क साम्पाङको निडर बोली: मेयरबाट संसद्‌मा, देश जोगाउने जिम्मेवारी बोकेर (भिडियो सहित)

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्– श्रीमतीको मृत्यु

राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाको निधन

निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com