ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘साइबर बुलिङ’ निरुत्साहित पार्न सूचना तथा प्रविधि विधेयक ल्याइएको दावी (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, १४ पुस ।  नेपाली कांग्रेसको फरक मतका वीच प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ । यो विधेयकले अभिव्यक्ति स्वतन्त्रता र संविधानले प्रत्याभुत गरेको नागरिकको मौलिक हक समेत कुण्ठित गरेको भन्दै कांग्रेसले असहमती दर्ज गरेको थियो ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ । समितिको आइतबार बसेको बैठकले नेपाली कांग्रेसको असहमतीकाबीच विधेयक बहुमतले पारित गरेको हो । नेपाली कांग्रेसले विधेयकले संविधानले प्रत्याभुत गरेको नागरिकको मौलिक हक र अभिव्यक्ति स्वतन्त्रतालाई नै कुण्ठित गरेको भन्दै विधेयकको विरोध गरेको थियो । भने सत्तारुढ दल नेकपाका सांसदले विधेयकले सुचना प्रविधिको क्षेत्रलाई अझ व्यवस्थित बनाउने भन्दै नागरिकको मौलिक हकको हनन नगर्ने जिकिर गर्दै आवश्यक प्रक्रिया अनुरुप विधेयकलाई पास गर्नुपर्ने धारणा राखेका थिए ।

सुचना प्रविधिको क्षेत्रमा यो नयाँ कानुन आउन लागेकोले यसको ढिलाईले गर्दा समस्या परेको भन्दै सत्तारुढ दलका सांसदले छिटोभन्दा छिटो पास गर्नुपर्नेमा जोड दिएका थिए । अन्ततः समितिमा लामो समयसम्म छलफलमा रहेको, सडक, सदन र सरोकारवाला क्षेत्रमा समेत निकै चासो र अर्थपूर्ण रुपले हेरिएको यस विधेयक समितीबाट पारित भएको छ ।

समिति सभापति कल्याणीकुमारी खड्काले बैठकमा विधेयक पूर्ण रुपले प्रक्रिया अबलम्बन गरी बहुमतले पारित भएको र कांग्रेसले राखेको फरक मत बहुमतले अस्वीकार गरेको घोषणा गरिन् । विधेयकको १३१ दफामा ३६ संशोधन परेको थियो । ८ बुँदामा संशोधनकर्ताको कुरा समेटिएको समिती सभापति खड्काले जानकारी दिइन् । नेपाली कांग्रेसका सांसदहरुले भने दफा ८८ र दफा ९१ देखि ९४ सम्म असहमती दर्ज लिखित रुपमै राखेका थिए ।

सत्तारुढ दल नेकपाका सांसद टोपबहादुर रायमाझिले समिती र उपसमितिमा छलफल गरेर ल्याइएको विधेयकलाई अब पास गर्न ढिला गर्नुनहुने तर्क गरे । समाजलाई हानि पुराउने विषयलाई नियमनको जरुरी रहेको भन्दै विधेयक रोकेर अनिर्णयको बन्दी नबनाउन आग्रह गरे ।
विधेयकमा सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने खालको विषय लेखिएको खण्डमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधान छ । सामाजिक सञ्जाल फेसबुक, गुगल लगायतका कार्यालय नेपालमा दर्ता गर्नुपर्ने विधेयकमा व्यवस्था छ ।

लामो समयदेखि समितीमा छलफल चलिरहेको विधेयक समितिबाट पारित भएको छ । केहि बुँदाहरुमा संशोधन गरिएको छ भने नेपाली कांग्रेसको फरक मत कायमै छ । समिति बैठकबाट पारित भएको यो विधेयक प्रतिनिधिसभामा पेश हुनेछ । सञ्चार र सुचना प्रविधिको क्षेत्रमा यस विधेयकले व्यवस्थित, प्रभावकारी र उत्तरदायी भुमिका निर्वाह गर्नेछ भन्ने आशा गरौँ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com