ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोकर्ण रिसोर्ट कानुन सम्मत दिएको ट्रष्टको दाबी, आर्थिक घोटालाबारे सरकारले छानबिन गर्ने ( भिडियोसहित)


एबीसी न्यूज

 

काठमाडौं, १३ मंसिर ।  गोकर्ण फरेस्ट रिसोर्टको लीज सम्झौता अवधि ५ वर्ष ८ महिना बाँकी रहँदै थप २५ वर्षको लागि सम्झौता गरिएको छ । २५ वर्षका लागि म्याद थपिएपछि चौतर्फि आलोचना भइरहको छ । उच्च नेतृत्व तहको मिलोमतोमा यती समूहलाई लिजमा दिईएको भन्दै बिरोध भएपछि नेपाल ट्रष्टले कानुन अनुसार नै गरिएको स्पष्टिकरण दिएको हो ।

सरकारले गोकर्ण फरेस्ट रिसोर्ट, त्यहाँ रहेको गल्फ कोर्स र जंगल क्षेत्र निकै सस्तो दरमा थप २५ वर्षका लागि फेरि यति होल्डिङ्स प्रालि पुनः लीजमा दिएपछि विरोध भएको छ । सरकारी जग्गालाई कौडिको मुल्यमा सम्झौता गरिएको भन्दै बिरोध भएका हो । सरकारी स्वामित्वको सम्पत्ति सम्झौता अबधी नसकिदै २५ वर्षका लागि दिएपछि बिरोध गरिएको थियो ।

गोकर्णेश्वर नगरपालिकामा पर्ने गोकर्ण रिसोर्ट २७ सय ९३ रोपनी क्षेत्रफलमा फैलिएको छ । पुरानो सम्झौताअनुसार सरकारले ३० वर्षका लागि अधिकतम ५० लाख अमेरिकी डलर अर्थात झण्डै ५७ करोड मात्र भाडा तिर्दै आएको थियो यसरी हेर्दा प्रतिरोपनी मासिक ६ सय रुपैयाँ समेत पर्दैनथ्यो । पुरानो सम्झौताअनुसार लिज अवधि सकिनु झन्डै छ वर्ष बाँकी छँदै फेरि कौडीको भाउमा २५ वर्षका निम्ति दिइएको छ । यता प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ट्रष्टमातहत रहेका जमिन र सार्वजनिक सम्पत्ति लिजमा दिँदा भएको भनिएको घोटालाबारे सरकारले छानबिन गर्ने बताएका छन । प्रधानमन्त्री ओलीले यसअघिका सरकारले गरेको बदमासीलाई पनि वर्तमान सरकारसँग जोडेर प्रचार भइरहेको बताए ।

यता नेपाल ट्रस्टको कार्यालयले गोकर्ण फरेस्ट रिसोर्टको भाडा अवधि थप गर्ने सम्झौताबाट राज्यलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब चार अर्ब ३२ करोड लाभ प्राप्त हुने दाबी गरेको छ । एलएम सुभीर ब्रदर्स नेपाल प्रालिसँग पुरानो सम्झौता कायमै रहँदा नयाँ सम्झौता गर्न सकिने प्रावधान र कानुनी प्रक्रियाका आधारमा नेपाल सरकारले गत मंसिर २३ को निर्णयले २५ वर्षका लागि भाडा अवधि थप गरिएको जनाएको हो ।
पुरानो सम्झौता कायमै रहँदा नयाँ सम्झौता गर्न सकिने कानूनी व्यवस्थाका आधारमा यति समुहलाई दिइएको ट्रस्टले जनाएको हो । ट्रष्टका सहसचिव राजेश्वर ज्ञवालीले समयमा निर्णय गर्ने प्रवृति नबसाल्ने हो भने लगानीको वातावरण पनि विग्रने र गोकर्ण फरेस्टको जग्गा गाई चराउने अवस्थामा पुग्ने बताए ।

ट्रस्टलाई थप आर्थिक लाभ हुने सुनिश्चित भएमा भाडा अवधि थप गर्न सकिने व्यवस्थाको आधार बनार २५ वर्षको समय थप गरिएको भनिएको भएपनि काठमाडौ जस्तो बहुमुल्य स्थानलाई सम्झौता अवधि नसकिदै थप सम्झौताले ट्रष्टको जग्गाको दुरुपयोग त होइन आशंका पैदा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com