ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँमा भुमिगत पानीको प्रयोग बढ्दैं : पानी उद्योग हटाउन स्थानीयको माग ( भिडियोसहित)


एबीसी न्यूज

काठमाडौँ , ११ पुस । काठमाडौँ उपत्यकामा पानीको अभावमा भुमिगत पानीको स्रोतको प्रयोग बढ्दै गइरहेको छ । उपत्यकामा करिब ४० हाराहारीमा भुमिगत पानी निकाल्ने स्रोत सञ्चालनमा छन् भने करिब ७०० ट्यांकरहरुले पानी विक्री वितरण गर्दै आइरहेका छन् ।

भुमिगत पानी निकाल्दा वातावरणीय असर पर्ने भन्दै जनगुनासो आउने गरेको छ भने सरोकारवालाले पानी निकाल्ने वित्तिकै असर भइहाल्ने नभइ त्यसको वैज्ञानिक अध्ययनको आधारमा मात्रै असर पर्ने बताएका छन् ।

काठमाडौँ उपत्यकामा दिन प्रतिदिन जनसंख्य वृद्धि भएसँगै भुमिगत पानीको स्रोतको प्रयोग बढ्दै गइरहेको छ । काठमाडौँको मेलम्ची सपना हालसम्म पुरा हुन सकेको छैन । पानीको निकै समस्या रहेको काठमाडौँमा भुमिगत पानीको स्रोतको प्रयोग गर्नुको विकल्प छैन ।

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा भुमिगत स्रोतबाट पानी निकाली ट्यांकरमार्फत विक्रि वितरण हुने गरेको छ र त्यसैबाट दैनिक जिवन चलाउनुपर्ने बाध्यता रहेको छ । काठमाडौँमा दैनिक ४० करोड लिटर पानीको माग हुँदै आएको छ । त्यसमध्ये सरकारी निकायले करिब १५ करोड लिटरको हाराहारीमा मात्रै उपलब्ध गराउने गरेको छ । अन्य निजी निकाय र कम्पनीहरुले बाँकी माग पुर्ति गर्दै आइरहेका छन् ।

ति सबै आवश्यकताको पुर्ति गर्ने भनेको भुमिगत पानी निकालेर नै हो । तर, भुमिगत पानीको अत्याधिक दोहन गर्दा वातावरणीय र पर्यावरणीय असर पर्ने भन्दै स्थानीय बासिन्दाहरु पानी उद्योगलाई हटाउन माग गर्दै पनि आएका छन् । काठमाडौँ दिन प्रतिदिन सुख्खा हुदै जाने, भासिँदै जाने र भुअवस्था कमजोर बन्ने चिन्ता काठमाडौँबासीले गर्दै आइरहेका छन् । यद्यपी काठमाडौँबासीसँग यस्तो स्रोतको पानीको प्रयोग गर्नुको विकल्प भने छैन ।

भुमिगत पानीको स्रोत निकाल्न अनुमती दिने निकाय काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड भने यसरी पानी निकाल्दा सबै ठाउँमा असर नपर्नेे बताउँछ । वैज्ञानिक रुपमा परिक्षण गरेर पानी निकाल्ने अनुमति दिइने हुँदा पानी निकाल्दैमा असर गरिहाल्ने भन्ने नहुने बोर्डको तर्क छ ।

जमिन मुनिबाट पानी निकाली बेच्ने ४० वटा कम्पनी काठमाडौँमा रहेका छन् । तिनले ट्यांकरमार्फत विक्रि वितरण गर्दै आइरहेका छन् । बोर्डको तथ्यांक अनुसार यस्ता ७०० ट्यांकर दर्ता भएका छन् । करिब १ हजार वटा ट्वीवेल सञ्चालनमा रहेकोमा ७५ प्रतिशत बढीले लाइसेन्स लिइसकेको र बाँकी लाइसेन्सको प्रक्रियामा रहेको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड बताउँछ । पानी निकाल्ने कम्पनीहरुले मापदण्ड विपरित पानी निकाल्ने र अवैद्य रुपमा बेचविखन गर्ने गरेको आरोप पनि लाग्दै आएको छ । ट्यांकरबाट आउने पानी अशुद्ध हुने प्रयोगकर्ताहरु बताउँछन् । ट्यांकरबाट विक्रि वितरण हुने पानीको गुणस्तरीयतामा प्रश्न उठ्ने गरेको छ । तर ट्यांकर तथा बोरिङ व्यवसायीले भने सरकारले तोकेको मापदण्ड अनुरुप नै काम भइरहेको जिकिर गर्छन् ।

सरकारी निकायले पानी निकाल्ने ठाउँ र विक्रि वितरण गर्ने ट्यांकरको अनुगमन, निरीक्षण नगर्ने गरेकोले व्यवसायीको मनोमानि रहेको जनगुनासो व्याप्त छ । यद्यपी काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड अनुगमन र गुणस्तरको परिक्षण निरन्तर भइरहेको बताउँछ ।

उपत्यकामा अहिलेसम्म पानीको हाहाकार छ । धारामा नियमित पानी आउँदैन । हप्ता दश दिनमा आएको पानीले मुख धुन पनि पुग्दैन अन्य प्रयोजनको निम्ति त परैको कुरा । यस्तो अवस्थामा भुमिगत पानीको स्रोतले काम चलाउनुको विकल्प छैन । तर यसलाई व्यवस्थित र गुणस्तरीय बनाउनु आवश्यक छ । कतिपय कम्पनी अवैध चलिरहेका छन् । स्थानियले भविष्यको वातावरणीय असर हुने भन्दै हटाउन दबाब दिने गरेका पनि छन् । तर व्यवसायी सरकारको अनुमतीमा पूर्ण प्रक्रिया पुरा गरी सञ्चालन भएको बताउँछन् ।

भुमिगत पानी निकाल्न सरकारले अध्ययन अनुसन्धान नगरीकन त्यस्सै अनुमति पक्कै दिएको होइन होला । आगामी दिनमा यसको वातावरणीय असरलाई ध्यान दिदैँ कडाई गर्नु र सञ्चालनमा रहेका पानी, ट्यांकर उद्योगहरुलाई निरन्तर अनुगमन गर्न आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com