काठमाडौं ३० कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार आक्रमणमा सक्रियनेत्र विक्रम चन्द विप्लवलाई तत्काल नचाहिने काम बन्द गर्न सुझाव दिएका छन् । बुधबार साँझ भएको संयुक्त विशेष पत्रकार सम्मेलनमा बोल्दै उनले सत्तारुढ दलको संरक्षमा विप्लवले बितन्डा मच्चाइरहेको हुनसक्ने आशंका गरे ।
‘विप्लव भाइलाई म अलिकति सम्झाउन चाहन्छु। युवा छौ, बलिया छौ, बाटो नभएको ठाउँबाट एउटा बिरामी काँधमा बोकेर अस्पताल पुर्याइदियौ भने तिमीले जिन्दगरीभरी गरेको भन्दा ठूलो काम हुन्छ बाबु।’ ओलीले भने महाकवि लक्ष्मीप्रसाद देवकोटाको यात्री कविताको एउटा हरफ स्मरण गर्दै कहां जान हिंडेको कहां भौंतारिएको भन्दै हंसाए ।
ओलीले ‘कहाँ अर्काका लागि सिखण्डी भएका छौ ड्याङ ड्याङ डुङ डुङ गरेका छौ बेकार। विप्लव, ती भाइलाई मेरो सुझाव छ, यो गलत बाटो छाड्देउ। कहाँ पुग्न हिँडेको।’
सरकारलाई समेत ओलीले अनावश्यक हर्कतको बाटो लिएर हामीलाई दमन गर्दछु भन्दा आफै सिद्धिने चेतावनी दिंदै निर्वाचन विरोधी हर्कत रोक्न आग्रह गरे ।
ओली सम्वोधनको पूर्ण भिडियो ।
प्रतिक्रिया दिनुहोस्