काठमाडौं, ८ पुस । समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीमा छन् । यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर गरी कानुन मन्त्रालयको जिम्मा दिएका थिए । साथै स्वास्थ्य राज्यमन्त्रीको पद खोसिएको थियो । संविधान संशोधनको सहमतिसहित समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो ।
स्वास्थ्य मन्त्रीको हैसियतमा दिल्ली भ्रमणमा रहेका बेला नेपालमा पत्तै नपाई मन्त्रालय नै फेरिपछि असन्तुष्ट बनेका यादवले नियोजित रुपमा हिजो सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकमा संविधान संशोधनको एजेण्डा प्रस्तुत गर्न खोज्दा विवाद उत्पन्न भएको थियो । संघीय समाजवादी दलका नेता राजेन्द्र कुमार श्रेष्ठले सरकार छोड्ने निर्णय भएकाले मन्त्री पदमा रहेका उपेन्द्र यादवले आजै प्रधानमन्त्री केपी ओली समक्ष राजिनामा बुझाउने निर्णय गरिएको बताए ।
सो पार्टीबाट हाल सरकारमा उपप्रधानमन्त्री तथा कानुनमन्त्री यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई मात्र छन्। दुवैले आजै राजिनामा गने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस्