ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालका जडिबुटी भारत निकासी हुन थाले, ट्रान्जिट परमिटको भारतीय अवरोध भने कायमै (भिडियोसहित)


एबीसी न्यूज

नेपालगन्ज, ७ पुस । विगत एक वर्षदेखि भारत निकासी रोकिएको नेपाली जडीबुटी निकासी खुल्ला गरिएको छ । भारतले नेपाली जडिबुटीमा विभिन्न कारण देखाउँदै निकासीमा रोक लगाएपछि नेपाली व्यवसायीहरु समस्यामा पर्दै आएका थिए । प्रतिबन्ध लगाएको एक वर्षपछि भारतको प्लान्ट क्वारेन्टाइनले आंशिक अवरोध हटाएपछि नेपाली जडिबुटी भारत निकासी हुन थालेको छ ।

तर ट्रान्जिट परमिटको अवरोध भने कायमै छ । भारत सरकारले २०१९ अक्टोबर १ मा राजपत्रमा सूचना प्रकाशित गरी विदेशबाट आयात गर्ने जडीबुटीको नयाँ सूची सार्वजनिक गरेको थियो । त्योसँगै नेपालबाट भारतमा जडिबुटी गर्ने बाटो समेत खुल्यो । भारतले नयां सूची जारी गरेपछि अहिले बाँकेको नेपालगञ्जमा रोकिएको जडीबुटीको निकासी शुरु भैसकेको छ । भारतीय राजपत्रमा प्रकाशित सूचना अनुसार १ सय २२ प्रकारका जडीबुटीको नयाँ सूची थप गरिएकोे थियो । सूची जारी गरेसँगै नेपालगञ्जमा रोकिएको ३२ प्रकारका जडीबुटीको निकासी शुरु भएको जडिबुटी व्यवसायी सञ्जय कुमार जैनले बताए । भारत सरकारले अझै पनि केही जडीबुटी सूचिकृत नगरेको जैनले जनाए ।

नेपालवाट बार्षिक १ अर्ब रुपैयाँ बराबरको जडिबुटी भारत निर्यात हुने गरेको छ । जसमध्ये सबैभन्दा बढी जडिबुटी नेपालगञ्ज नाका भएर भारत निकासी हुने गरेको छ । सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली जिल्लाबाट संकलन गरेर यहाँका व्यवसायीहरुले नेपालगञ्ज हुँदै जडिबुटी भारत निकासी गर्ने गरेका छन् ।

भारतमा रोकिएको जडिबुटी निकासी शुरु भए पनि नेपाल सरकारले नै झया्उ लगायत जडीबुटीमा १० बर्ष देखी विनाकारण प्रतिबन्ध लगाएको व्यवसायीको गुनासो छ । कुनैपनि किसिमको हानी नोक्सानी नहुने जडीबुटीको प्रतिबन्ध फुकुवा नगर्दा राज्यको ठुलो राजश्व गुम्नुका साथै निम्न बर्गका जनताको रोजीरोटी खोसीएकोले प्रतिबन्ध फुकुवा गर्नुपर्ने नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष याकुब अन्सारी बताउंछन् ।

पछिल्लो समय निकासी शुरु भए पनि केही जडिबुटी सुचिकृत गर्न छुट्ेको छ । साथै ट्रान्जीट परमिटको समस्या पनि यथावत नै रहेको छ । यी समस्या समाधान गर्न सरकारलाई कुटनीतिक पहल गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com