ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परम्परागत शिक्षा नीतिबाट प्रमाणपत्रको कारखाना बन्दै, शैक्षिक बेरोजगारी बढ्यो ( भिडियोसहित)


एबीसी न्यूज
पुस ६, २०७६ आईतबार  ११ : ४५ बजे

काठमाडौं,  ६ पुस ।  देशमा एक दर्जनको संख्यामा विश्वविद्यालयहरु स्थापना भएका छन् । राज्यले शिक्षा क्षेत्रमा अर्बाै लगानी गरेको छ । लगानीबाट वर्षेनी लाखौ जनशक्ति बजारमा आउछ । तर, कृषि उत्पादनमुखी शिक्षा नीतिको अभावमा नेपालको कृषि शिक्षा प्रमाणपत्र उत्पादन गर्ने कारखाना जस्तै बनेका छन् ।

सरकारले कृषिका लागि वर्षेनी अर्बाै खर्च गर्छ, तर, उत्पादित जनशक्ति उत्पादनमुखी भन्दा जागिरमुखी हुदा कृषि क्षेत्रको विकास हुन सकेको छैन । कृषिमा अनुसन्धानदेखि बजारको क्षेत्रमा जनशक्ति पर्याप्त छैन । कृषिमुखी जनशक्तिको अभावमा कृषि क्षेत्र समस्याग्रस्त छ । तर, वर्षेनी लाखौ युवा विदेशिनु पर्ने विवशता छ । सीप र कार्य दक्षताको अभावमा युवा शक्ति डिग्री समाएर बेरोजगार बन्न बाध्य छ । यसको मुल जरो भनेको नै कृषि शिक्षाको अभाव हो । कृषि शिक्षाालाई उत्पानमुखी रोजगारमुखी बनाउन नसक्दा वर्षेनी बेरोजगारीको चाङ बढ्दो छ । पछिल्लो तथ्यांक अनुरा १७ लाख युवा बेरोजगार छन् । तर कृषि भूमि बांझिएको छ ।

कृषिमा वर्षेनी परनिर्भरता चुलिदो छ । कृषि सम्बन्धी विश्वविद्यालय नभएका पनि होइनन्, सबैलाई प्रमाण पत्र हात लगाइदिए हाइसन्चो छ । भर्खरै त्रिभुवन विश्वबिद्यालयको ४५औं दीक्षान्त समारोहमा झण्डै ११ हजार विद्यार्थीलाई दिक्षान्त प्रदान गरेको छ । शिक्षाको डिग्री हातमा लिने नेपालमा रोजगारीको र्सिजना नभएर विदेश पलायन हुनेको संख्या दिन प्रति दिन बढि रहेको छ । रोजगारी श्रृजना गर्न कृषि शिक्षा नीतिमा सुधार नगरी कृषि क्षेत्रमा आमूल सुधार गर्न नसकिने विज्ञहरु सुझाउछन् ।

एक्काईसांै शताब्दीमा विकास भएको विज्ञान र प्रविधि मैत्री ज्ञान एवं सीपलाई शिक्षाले संबोधन गर्नु पर्दछ ।देशका विभिन्न क्षेत्रहरुमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने कार्य शिक्षाको हो । व्यवसायिक तथा प्राविधिक क्षेत्रमा चाहिने विभिन्न तहको जनशक्ति उत्पादन गरी व्यक्तिको समृद्धि र देशको आर्थिक विकासमा टेवा पुराउने काम नै शिक्षाको आर्थिक कार्य अन्तरगत पर्दछ । शिक्षाले सैद्धान्तिक ज्ञानको अतिरिक्त आर्थिक आय आर्जन गर्न सक्ने वैज्ञानिक तथा प्रविधिक सीप सहितको शिक्षा आवश्यक ठानिन्छ । देशको शिक्षाको गुणस्तर खस्कँदै गएको शैक्षिक उपलब्धीका तथ्यांकहरुले देखाएका छन् भने अर्को तिर विश्वविद्यालयसम्मको प्रमाणपत्र धारीे शिक्षित वर्गलाई आय आर्जनका बाटा र पाटाहरुको दिशा निर्देश गर्न नसक्दा शिक्षित युवाहरु आय आर्जनबाट बञ्चित भएको अवस्था छ ।

शिक्षा खोजमुलक, वैज्ञानिक एवं सीप मैत्री हुन जरुरी हुन्छ । हाम्रो मुलुकमा जल, जमिन, जडीबुटी, जंगल एवं भूगर्भमा पेट्रोलियम पदार्थ, सुन, चाँदी, हिरा, मोति जस्ता खानी तथा खजनाहरु प्रयाप्त मात्रामा छन् । पानी छ । खाने पानी र सिंचाईको अभाव छ । जमिन छ, उत्पादन छैन । देश दिन प्रतिदिन खाद्यान्नमा परनिर्भर बन्दै गएको अवस्था छ । कृषिमा वैज्ञानिक, अनुसन्धानमूलक एवं सिप शिक्षाको विकल्प छैन । यसर्थ कृषिलाई आधुनिकीकरण व्यवसायीकरण गर्दै औद्योगिकीकरणमा लैजान पहिलो शर्त कृषि शिक्षामा आमूल सूधार गर्न राज्यले गम्भीर भएर सोच्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

सम्बन्धित

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

सशस्त्र विद्रोहदेखि जेनजी विद्रोहसम्मः माओवादीको उतारचढाव, चौथो शक्तिमा संकुचन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com