ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साताको शेयर बजार : एक अर्ब ७२ करोडको कारोबार


admin
पुस ५, २०७६ शनिबार  ४ : ०८ बजे

काठमाडौं, ५ पुस अघिल्लो साता उकालो लागेको शेयर कारोवार मापक नेप्से परिसूचक यस साता भने निरन्तर घट्दो क्रममा रह्यो । साताभर कूल १७२ कम्पनीका शेयर कारोवार भए ।

दुई सातादेखि लगातार बढेको शेयरबजार तेस्रो साताको प्रारम्भमै भने ओरालो लाग्यो । साताभर कूल ६५ लाख २१ हजार ३४ कित्ता शेयर रु एक अर्ब ७१ करोड ९९ लाख आठ हजार ७९२ मूल्यमा खरीद बिक्री भए । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो दिन नै कारोवार मापक सूचक ४।७८ अङ्कले घटेर एक हजार १६७ अङ्कमा झ¥यो । कूल १७२ कम्पनीको २० लाख ७२ हजार २३६ कित्ता शेयर रु ६८ करोड ६० लाख ७६ हजार १११ मा किनबेच भयो । गत मङ्सिर १६ देखि शेयरबजार लगातार बढ्दो क्रममा थियो । लगातार आठ कारोवार दिनमा सूचक ६० अङ्कले बढेको थियो । तर, यस साताको पहिलो दिन आइतबार नै बजारले नकारात्मक लय समात्यो । यस्तै सोमबार नेप्से परिसूचक पुनः ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक १३ दशमलव ७५ विन्दुले घटेर एक हजार १५४ दशमलव ११ मा पुग्यो । कारोवारमा कूल १६६ कम्पनीको १३ लाख ७१ हजार १३४ कित्ता शेयर रु ४० करोड ७९ लाख ५५५ मूल्यमा खरीद बिक्री भए ।

यस्तै मङ्गलबार नेप्से परिसूचक झिनो अङ्कले बढ्यो । त्यस दिन नेप्से १।२६ विन्दुले बढेर एक हजार १५५।३७ विन्दुमा पुग्यो । कूल १६७ कम्पनीको आठ लाख ४० हजार ६७७ कित्ता शेयर रु २७ करोड ९२ लाख ४४ हजार १३५ मूल्यमा खरीद बिक्री भए ।बुधबार भने नेप्से परिसूचक ३।३० अङ्कले घटेर एक हजार १५२।०७ मा पुग्यो । परिसूचक घटेसँगै कारोवार रकम पनि खुम्चियो । कूल १६५ कम्पनीका नौ लाख ४७ हजार ८५३ कित्ता शेयर रु २९ करोड ४७ लाख नौ हजार ८५८ मा खरीद बिक्री भए । साताको अन्तिम दिन नेप्से पुनः ओरालो लाग्यो । त्यस दिन नेप्से २।४२ विन्दुले ओरालो लागेर एक हजार १४९।६४ विन्दुमा पुग्यो । कूल १४१ कम्पनीको कूल १२ लाख ८९ हजार १३४ कित्ता शेयर रु ४१ करोड ९० लाख ८८ हजार १३३ मूल्यमा खरीद बिक्री भए ।

साताभर विभिन्न पाँच कम्पनीका शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका छन् । नेप्सेका अनुसार बेस्ट फाइनान्स कम्पनीको एक लाख ८८ हजार ९८० कित्ता हकप्रद शेयर सूचीकृत भयो । यस्तै बोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको १० लाख १० हजार ८८० कित्ता हकप्रद, बैंक अफ काठमाडौँको ४८ लाख ३७ हजार ८६० कित्ता शेयर लाभांश, सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद शेयर र एनआइसी एशिया बैंकको ८८ लाख ३४ हजार २२८ कित्ता शेयर लाभांश सूचीकृत भए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com