ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अतिक्रमित भूमि फिर्ता गरेरै छाड्छौँ– मन्त्री अर्याल


admin
पुस १, २०७६ मंगलबार  ६ : १० बजे

काठमाडौं, १ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गरेरै छाड्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल, लमजुङ शाखाले आज बँेसीशहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कूटनीतिक माध्यमबाट नेपाली भूमि फिर्ता गर्नेतर्फ सरकार अघि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीले हतार गरेका छौँ तर छोड्नु पर्नेले ढिलो गरेकाले अतिक्रमित भूमि फिर्ता हुन ढिलाइ भइरहेको छ ।’’ भूमि अतिक्रमण राष्ट्रिय विषय भएकाले सरकार एउटैको मात्रै कुरा होइन जनता, सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने समेत उहाँको भनाइ छ । सरकारले औपचारिक रुपमा धारणा सार्वजनिक गरेको छ, सरकारले सर्वदलीय/सर्वपक्षीय बैठक गरेर राष्ट्रिय कार्यसूची बनायो, वार्ताका लागि तिथिमिति तोकेरै पत्र पठायौँ तर उता भारतबाट जवाफ नआएको भन्दै मन्त्री अर्यालले भन्नुभयो, “वार्ताको टेबुलमा बसेको दिन त्यो भूमि फिर्ता हुन्छ । त्यही भएर भारतले वार्ताका तिथि तोक्न ढिलाइ गरिरहेको छ ।”

एक अर्को प्रसङ्गमा मन्त्री अर्यालले सरकारले धेरै सकारात्मक काम गरे पनि एकथरिले आलोचनाका लागि मात्र आलोचना गरेको भन्दै मन्त्री अर्यालले भन्नुभयो, ‘‘नेपाली भूमि अतिक्रमण २०३ वर्ष अघिदेखिको विषय हो, त्यतिबेला पनि सरकार, राज्य थिए त्यस बेलाको सरकारले किन गर्न सकेनन् । पहिलेकाले सकेनन् भनेर हामी पछि हट्दैनौँ । जमिन फिर्ता गर्ने विषयमा धेरै अघि बढी सक्यौँ । अब पछि हट्दैनौँ ।’’ नयाँ नेपाली नक्सा सार्वजनिक गर्नभन्दा पनि ठूलो कुरा अतिक्रमण भू–भाग फिर्ता गर्नु भएकाले त्यसतर्फ सरकारको ध्यान केन्द्रित भएको मन्त्री अर्यालले बताउनुभयो ।

मन्त्री अर्यालले भन्नुभयो “यो मुलुकलाई विकास गरौँ, विकसित देशको तुलनामा यो देश छिट्टै पु¥याउनेतर्फ सरकार अघि बढेको छ । फरक खाले विकास आजको आवश्यकता हो, पहिलाको भन्दा ठूलो ठूलो बजेट गाउँगाउँमा लैजाँदा पनि सरकारले विकास ग¥यो नभन्नेहरु पनि छन् । भएका र गरेका कामलाई सकारात्मक रुपमा हेरौँ । कमजोरी भए हामी सच्याउन तयार छौँ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा महाशिवरात्रिमा पशुपतिनाथ दर्शन

पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढाइयो

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउँछः अध्यक्ष ओली

हर्क साम्पाङको निडर बोली: मेयरबाट संसद्‌मा, देश जोगाउने जिम्मेवारी बोकेर (भिडियो सहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com