ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बयारपट्टी छोटी भन्सार हटाउने निर्णयविरुद्ध प्रधानमन्त्रीको पुतला दहन


एबीसी न्यूज
जेष्ठ १३, २०८३ बुधबार  ९ : ०८ बजे

सिरहा, १३ जेठ । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय हटाउने निर्णयविरुद्ध आन्दोलित भएका नागरिकहरूले मसाल जुलुससहित प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को पुत्ला दहन गरेका छन् ।

सरकारी निर्णयविरुद्ध सडक आन्दोलन गरिरहेका स्थानीयवासी र व्यवसायीहरूले भन्सार पुनःस्थापनाको माग गरिरहेका छन् । प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजीसमेत गरेका थिए ।आन्दोलित नागरिकहरुका अनुसार, छोटी भन्सार बन्द हुँदा स्थानीय व्यापार, रोजगारी र राजस्व संकलनमा गम्भीर असर परेको छ ।

उनीहरूले सीमा क्षेत्रमा अनुगमन कमजोर भई तस्करी बढ्ने जोखिमसमेत रहेको बताएका छन् ।मंगलबार साँझ निकालिएको मसाल जुलुसमा ठूलो संख्यामा स्थानीयवासी सहभागी थिए । उनीहरूले निर्णय तत्काल फिर्ता नगरे अझै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।वडानम्बर ३ का अध्यक्ष एवं आन्दोलन संयोजक विनोद यादवले जनहितविपरीत कदम स्वीकार्य नहुने बताएका छन् । उनले आवश्यक परे पदबाट राजीनामा दिनसमेत तयार रहेको बताए ।

स्थानीय व्यापारी चन्देश्वर यादवका अनुसार भन्सार सञ्चालनका लागि स्थानीयले अनुदानमा जग्गा उपलब्ध गराएका थिए र त्यहाँबाट मासिक ८ देखि १० लाख रुपैयाँसम्म राजस्व संकलन हुँदै आएको थियो ।स्थानीय अगुवाहरूले माग सम्बोधन नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भारतमा १० दिनभित्रै चौथो पटक इन्धनको मूल्य वृद्धिः नयाँ दिल्लीमा पेट्रोलको मूल्य १०० रुपैयाँ नाघ्यो

राष्ट्रपति पौडेलको आग्रह : सगरमाथाको प्राकृतिक स्वरूप जोगाऔं, जलवायु संकट सामना गरौं

सम्बन्धित

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

आज सातै प्रदेशमा वर्षाको सम्भावना, केही स्थानमा हावाहुरी चल्ने

राष्ट्रपति पौडेलको आग्रह : सगरमाथाको प्राकृतिक स्वरूप जोगाऔं, जलवायु संकट सामना गरौं

इरानमाथि अमेरिकी आक्रमण: शान्ति वार्ताको भविष्य अनिश्चित !

मधेस प्रदेशः नवनियुक्त ५ मन्त्रीले लिए शपथ

सिंहदरबार प्रवेश गरेर होहल्ला गरेको आरोपमा एक जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com