ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युट्यूबमा चुनावी गीत : दललाई भोट माग्दै कलाकार


admin

काठमाडौँ, २८ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरेर चुनावी गीत सार्वजनिक गर्ने क्रम बढेर गएको छ ।

डिजिटल दुनियाँमा चुनाव लक्षित गीत–संगीतको बाढी नै आएको देख्न सकिन्छ । युट्यूब च्यानलमा नै यतिबेला चुनाव लक्षित गीत नै बढ्ता चल्तीमा देख्न सकिन्छ । लोकदोहोरी गीतमा प्रसिद्धि कमाएका कलाकार बद्री पंगेनीले वाम गठबन्धनको पक्षमा भोट माग्दै गीत तथा संगीत तयार पार्नुभएको छ ।

विशेषगरी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाममा नै उहाँले चुनावी गीत तयार पार्नुभएको छ । विभिन्न जिल्लाका चुनावी अभियानमा व्यस्त रहनुभएका पंगेनीले भन्नुभयो, “राष्ट्रिय आवश्यकता र चाहनालाई सम्बोधन गर्ने दायित्व हामी कलाकारको पनि हो । सोही दायित्वलाई पूरा गर्ने लक्ष्यका साथ हामीले वाम गठबन्धनको पक्षमा गीत गाएका हौँ ।”

युट्यूबमा पंगेनीले गाएको ‘एमाले अध्यक्ष ओलीलाई विजयी गराऊँ’ भन्ने गीत ३४ हजारले हेरेका छन् भने ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई विजयी गराऊँ’ भन्ने गीत यो समाचार तयार पार्दासम्म ८८ हजारले हेरेका छन् । स्थानीय निर्वाचनका क्रममा पंगेनीले नै गाएको ‘मै पनि एमाले’ भन्ने गीत १६ लाखले हेरेका छन् ।

अर्का लोकदोहोरी गायक विष्णु खत्रीले पनि निर्वाचनलाई केन्द्रित गरेर गीत तयार पार्नुभएको छ । खत्रीको एक गीतको बोल छ, “माओवादी केन्द्र, एमाले, मसाल देश हाँक्ने संयुक्त वामले हो, कमरेड प्रचण्ड देशका राजनेता, मिलीजुली जिताउने हाम्ले हो ।” खानेपानी, सिँचाइ, सडक, स्वास्थ्य अनि शिक्षा, पर्यटन प्रवद्र्धन गर्ने वाम गठबन्धन जरुरी रहेको भन्दै खत्रीले गीतमार्फत, बेरोजगारले रोजगार पाउने सामाजिक सुरक्षा भत्ता बढाउने जस्ता राष्ट्रिय आवश्यकता पूरा गर्न वामपन्थीको सत्ता जरुरी रहेको बताउनुभएको छ । खत्रीको उक्त गीत हालसम्म १७ हजारले युट्यूबमा हेरेका छन् ।

यस्तै, टीका पुन र नवीन खड्काले पनि चुनावलाई केन्द्रित गरेर ‘आयो वाम गठबन्धन’ नामक गीत प्रस्तुत गर्नुभएको छ । मध्यपश्चिम क्षेत्रमा प्रचलित ‘सिंगारु टप्पा’ लोकलयमा तयार पारिएको उक्त गीत हालसम्म २३ हजारले हरेका छन् । उनै, गायक खड्का र पुनको वाम गठबन्धन नै मुलुकको अत्यावश्यक रहेको भन्दै गीत तयार पारेका छन् ।

यस्तै, माओवादीको सामना परिवारमा लामो समयदेखि काम गर्दै आएका झंकार बुढाले पनि चुनावी गीत ल्याउनुभएको छ । सारङ्गी लयमा तयार भएको सो गीतमा ‘वाम गठबन्धनलाई किन विजयी गराउने’ भन्ने विषय समेटिएको छ ।
यस्तै, लोकगायक सुनिल परियार, सम्झना विसीले ‘मिलाउ हातमा हात, देश बनाउने पार्टी हो एमाले’ भन्ने लोकलयको गीत तयार पार्नुभएको छ ।

युट्यूबमा सो गीतले पनि राम्रो दर्शक पाएको छ । सार्वजनिक भएको सात दिनमा सो गीतले ३६ हजार दर्शक पाएको छ । गायक तारानाथ आचार्य र तारा पौडेलले ‘देशले खोजेको वाम एकता, जनताले रोजेको वाम एकता’ नामक गीत सार्वजनिक गर्नुभएको छ । सो गीतले हालसम्म ६६ हजार दर्शक पाएको छ ।

लोकगायक डिल्ली परियार र अमित परियारले पनि पूर्वमा लाली छाउँदैछ भन्ने चुनावी गीत तयार पार्नुभएको छ । सार्वजनिक भएको तीन दिनमा सो गीत १२ हजारले हेरेका छन् ।

वरिष्ठ लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेले ‘एमाले जनताको साथमा छ’ भन्ने गीतमार्फत संविधान कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ । सो गीतले हालसम्म एक लाख ६१ हजारले हेरेका छन् ।

लोक दोहोरी गायिका राधिका हमालले ‘काँग्रेस हो सुख र दुःखमा’ भन्ने गीत सार्वजनिक गर्नुभएको छ । स्थानीय तहको निर्वाचनकै क्रममा सार्वजनिक गरिएको सो गीतले राम्रो दर्शक पाएको छ । लोक दोहोरी गायक विमलराज क्षेत्री र स्मृति शाहीले पनि काँग्रेसका लागि चुनावी गीत गाउनुभएको छ ।

यस्तै, नेतापिच्छे पनि चुनावी प्रचारका गीत बनाउने गतिविधि बढेर गएको छ । जाजरकोटमा वाम गठबन्धनका उम्मेदवार शक्तिबहादुर बस्नेतको नाममा चुनावी गीत बनाइएको छ । यस्तै, गोरखाबाट प्रदेशसभाका उम्मेदवार प्रकाशचन्द्र दुवाडीको नाममा पनि लोकदोहोरी गायक राजु ढकालले चुनावी गीत तयार गर्नुभएको छ ।

नेपाल सांस्कृतिक संघ, रोल्पाले ‘चारतारे झण्डालाई’ भन्ने चुनावी गीत तयार पारेको छ । सो गीतले हालसम्म २० हजार दर्शक पाएको छ । त्यस्तै, लोक गायक भानुभक्त जोशीले ‘प्रधानमन्त्री शेरबहादुर देउवा विशेष’ भन्ने चुनावी गीत गाउनुभएको छ ।

लोकगायक वैकुण्ठ महत र पूर्णकला विसीले पनि ‘आयो एमाले आयो’ भन्ने गीत सार्वजनिक गर्नुभएको छ ।

यस्तै, गायक तथा संगीतकार चेतन सापकोटाले पनि चुनावी गीत गाउनुभएको छ । संगीतकारसमेत रहनुभएका नेकपा (माओवादी केन्द्र)का नेता मणि थापा गीत–संगीतको माध्यमबाट चुनावी अभियान चलाउने विषय सकारात्मक भएको बताउनुहुन्छ । उहाँले जनतालाई प्रत्यक्ष प्रभावमा पार्ने भनेकै गीत–संगीत भएकाले पछिल्लो दिनमा गीत–संगीतको मात्रा बढेको जानकारी दिनुभयो ।

युट्यूबको टे«ण्ड हेर्दा लोकशैलीमा गाइएका चुनावी गीतले बढ्ता दर्शक पाएका छन् । लोकशैलीमा मात्रै होइन, लोक—आधुनिक शैलीमा पनि चुनावी गीत तयार पारिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भने वाम गठबन्धनलाई विजयी गराऊँ भन्ने गीत नै युट्यूबमा बढी देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com