ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचन अपडेट : सिरहा, सिन्धुपाल्चोक र प्यूठानमा मतदान जारी


एबीसी न्यूज


काठमाडौं, १४ मंसिर । सिरहाको कल्याणपुर नगरपालिका–१२ को वडाध्यक्ष पदका लागि आज बिहानबाट मतदान जारी छ । सो वडाको चारवटै मतदान केन्द्रमा बिहानैदेखि शान्तिपूर्णरूपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख इन्दिरा यादवले जानकारी दिनुभयो ।

उपनिर्वाचनलाई मध्यनजर गरी सिरहाको दक्षिणी भेगमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । अहिले सो क्षेत्रमा आउजाउ गर्ने बटुवा र सवारी साधनालाई जाँचमा कडा पारीको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । उपनिर्वाचनमा तिलासी बेलहामा ७४९ र विष्णुचरण आधारभूत विद्यालय बेलहा ९क०, ९ख० र ९ग० मा दुई हजार ७०० एक गरी कूल तीन हजार ४५० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

पहिलो स्थानीय तहको निर्वाचनपछि कल्याणपुर–१२ मा १८० मतदाता थपिएका छन् । रिक्त रहेको सो वडाको वडाध्यक्ष पदका लागि विभिन्न आठ दल तथा स्वतन्त्र गरी १३ उम्मेदवार चुनावी मैदान छन् । वडाध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का तर्फबाट दिलीपकुमार यादव, नेपाली काङ्ग्रेसबाट राजकुमार मुखिया, राजपा नेपालबाट प्रदीपकुमार महतो, समाजवादी पार्टी नेपालबाट किशोरी साह, सिके राउत नेतृत्वको जनमत पार्टीबाट मो अताउल रहमान, राप्रपाबाट मो वसिर राइन र राप्रपा संयुक्तबाट मो अताबुल राइन, नेपाल लोकतान्त्रिक पार्टीबाट राजलाल सदा चुनावी मैदानमा छन् ।

यस्तै सूर्यनारायण राय, श्यामबाबु दास, रामअशिष सिंह, गौरीशङ्कर यादव, हेबु मुखिया पनि स्वतन्त्र हैसियतमा चुनावी दौडमा छन् । विसं २०७४ मा भएको पहिलो स्थानीय तह निर्वाचनमा कल्याणपुर नगरपालिका–१२ को वडाध्यक्ष पदमा काङ्ग्रेसबाट निर्वाचित रामदेव यादवको २०७५ वैशाख १८ गते मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।

मेलम्ची– वडाध्यक्षका लागि उपनिर्वाचनको मतदान शान्तिपूर्वकरूपमा जारी छ । इन्द्रावती गाउँपालिका–८ मा बिहान ७ बजेबाट मतदाता मतदान गर्न लाइनबद्ध छन् । सो वडामा एक हजार ४०४ मतदाता रहेका छन । मतदान शन्तिपूर्वक चलिरहेको जिल्ला निर्वाचन कार्यालयका अधिकारी खेमराज थापाले जानकारी दिनुभयो ।

नेकपाबाट केदारनाथ आचार्य, काङ्ग्रेसबाट राले तामाङ, राप्रपाबाट रनबहादुर तामाङ र राप्रपा संयुक्त ढकबहादुर श्रेष्ठ वडाध्यक्षका उम्मेदवार रहनुभएको छ । समाजवादी पार्टीका प्रकाश श्रेष्ठले उम्मेदवारी फिर्ता लिनुभएको छ । गत वर्ष सो वडाका अध्यक्ष धनबहादुर श्रेष्ठको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्यूठान– उपनिर्वाचन २०७६ मा प्यूठानको तीन वटै वडामा बिहानैदेखि मतदान शुरू भएको छ । प्यूठान नगरपालिका–२, ऐेरावती गाउँपालिका–१ र २ वडामा उपनिर्वाचन हुनलागेको हो । उपनिर्वाचनमा ३ वडाका आठ हजार ३४६ मतदाता छन् भने आठ स्थानका १२ मतदान केन्द्रबाट मतदानकार्य जारी रहेको मुख्य निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । बिहान नौ बजेसम्ममा ७०० भन्दा बढी मत खसेको उहाँले बताउनुभयो ।

तीन वडाध्यक्षका लागि सात जनाले उमेदवारी दिएका छन् । ऐरावती गाउँपालिका–१ मा वडाध्यक्षका लागि नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बाट दोर्णप्रसाद पाण्डे र नेपाली काङ्ग्रेसबाट अमर रेश्मीको प्रतिस्पर्धा रहेको छ भने ऐरावती गाउपालिका–२ मा तीन उमेदवार छन् । राजमोबाट भक्तबहादुर विक, काङ्ग्रेसबाट भुपालसिं जिसी र स्वतन्त्र लौरो चिहबाट भीमेष घर्तीमगर उम्मेदवार रहनुभएको छ । त्यसैगरी प्यूठान नगरपालिकाबाट नेकपाका मुक्ति पोखरेल र काङ्ग्रेसका मोहनसिं बिष्ट वडाध्यक्षका उमेदवार छन् । प्यूठान नगरपालिका–२ र ऐेरावती गाउँपालिका–१ मा राजमोले नेकपालाई सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com