ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचन २०७६ ; धुलिखेल, सखुवाप्रसौनी र बैतडीमा मतदान जारी


एबीसी न्यूज


काठमाडौं, १४ मंसिर । धुलिखेल नगरपालिका–२ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा मतदान शुरु भएको छ । बिहान ७ बजेबाट मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृत उमेश राईका अनुसार रविओपीको सेतीदेवी मावि माझथुम मदतानस्थलमा केन्द्र ‘क’ र ‘ख’ केन्द्र रहेकामा केन्द्र ‘क’ मा ९५२ र केन्द्र ‘ख’ मा ९२५ ले मतदान गर्दैछन् । त्यहाँ जम्मा एक हजार ८७७ मतदाता रहेका छन् । वडा नं २ को वडाध्यक्ष पदका लागि नेकपाबाट देवप्रसाद कोइराला, नेपाली काङ्ग्रेस पार्टीबाट दर्णबहादुर खत्री, राजपा नेपालबाट कृष्णबहादुर तामाङ र राप्रपा संयुक्तबाट वासुदेव थापा उम्मेदवार रहनुभएको छ ।

निर्वाचन शान्तिपूर्णरूपमा भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोले बताउनुभयो । निर्वाचनस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका करीब २०० सुरक्षाकर्मी खटिएका छन् । त्यस्तै बाहिर सुरक्षाका लागि पनि सुरक्षा व्यवस्था कडा पारिएको सापकोटाले बताउनुभयो ।

वीरगञ्ज– पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा आजदेखि वडास्तरीय मतदान शुरु भएको छ । जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने मतदानस्थलमा कडा सुरक्षाबीच मतदान भइरहेको जनाइएको छ ।

त्यहाँ दुई हजार ६०२ मतदाता रहेका छन् । उपनिर्वाचनका लागि मतदान केन्द्र एक र मतदानस्थल तीन मतदानस्थल रहेको छ । मतदाताको घरदेखि मतदानस्थलसम्म सुरक्षा व्यवस्था कडा पारिएकाले मतदातालाई मतदानस्थलसम्म आउन सहज भएको छ ।

सो मतदानमा महुवन, बलुवा र सोलकपुर गरी तीन गाउँका मतदाता सहभागी रहेका छन् । क, ख, ग गरी तीन मतदान केन्द्र रहेको छ ।

बैतडी ः उपनिर्वाचन हुने बैतडीका तीनवटै वडामा मतदान जारी रहेको छ । बिहान ७ बजेदेखि मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो । बिहान साँढे ८ बजेसम्म ४३७ जनाले मतदान गरेका निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिनुभयो । उपनिर्वाचन हुने तीन वडामा कूल चार हजार ३३६ मतदाता रहेका छन् ।

उपनिर्वाचनका लागि छ मतदानकेन्द्र तोकिएका छन् । दोगडाकेदार गाउँपालिका–४ को केदार मावि पिपलकोटमा क र खमा गरी एक हजार २२९, हुनैनाथ आधारभूत विद्यालय कपिन्नामा ५७९ र सुर्नया गाउँपालिका–१ को साविकको गाविस भवन गुर्केलीमा ६१९ मतदाता छन् । पुर्चौडी नगरपालिका–४ को महादेव मावि सिवाबोमा ८६५, पहरौल मावि बाङ्गामा एक हजार ४४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

उपनिर्वाचनका लागि सुरक्षाकर्मीसहित करीब ४०० जनशक्ति परिचालन गरिएको छ । उपनिर्वाचन हुने जिल्लाको दोगडाकेदार–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा ३०० बढी सुरक्षाकर्मी र ५४ कर्मचारी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । तीन वडामा छ मतदान केन्द्र तोकिएकामा प्रत्येक मतदान केन्द्रमा नौ कर्मचारी र ५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदानकेन्द्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com