ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली अधिकारकर्मी डा. बिष्णुमायाको पहलमा महिला हिंशाबिरुद्ध अमेरिकन महिला रातो सारीमा


abc news
कार्तिक २६, २०७४ आईतबार   २ : ५८   बजे

लैंगिक हिंशाबिरुद्ध ऐक्यबद्धता जनाउन शनिबार अमेरिकाको न्युजर्सीमा अमेरिकन महिलाहरुसमेत रातो सारीमा देखिए । न्युजर्सीमा रहेको स्वास्थ्य संस्था ‘केयर पोइन्ट’ अन्तरगत ‘हड्सन स्पीक्स’ले संचालन गरेको ‘बोलो बहन’ अभियानका क्रममा आयोजित ‘रेड सारी इभेन्ट’मा महिलाहरु रातो सारीमा उपस्थीत भएका हुन् । न्युजर्सीको हड्सन काउन्टीमा घरेलु र यौनहिंशाको शिकार भएका दक्षिण एसियाली महिलाहरुलाई निशुल्क सेवा प्रदान गर्ने उदेश्यले स्पीक सिस्टर अर्थात् ‘बोलो बहन’ अभियान संचालन गरिएको हो ।

हिन्दी, बंगाली, अँग्रेजी लगायतका भाषामा सेवा सुरु गरिएकोमा अब नेपाली भाषामा समेत सेवा विस्तार गरिएको छ । घरेलु र यौनहिंशामा परेका नेपाली महिलाहरुलाई निशुल्क सहयोग गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो । अभियानको आउटरिज कोअर्डिनेटर डाक्टर बिष्णुमाया परियार हुनुहुन्छ । उहाँकै पहलमा रातो सारी इभेन्टको आयोजना गरिएको हो । कार्यक्रममा न्युजर्सी र न्युयोर्कका नेपाली महिलाहरु रातो सारीमा उपस्थीत भएका थिए ।

अस्वीन थापाले संचालन गरेको औपचारिक कार्यक्रममा बोलो बहन अभियानकी आउटरिच कोअर्डिनेटर डाक्टर बिष्णुमाया परियारले स्वागत मन्तब्य दिनुका साथै कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्नुभएको थियो । यौनहिंशाबिरुद्ध हड्सन स्पीककी कार्यक्रम निर्देशक नास्तासिया फ्लेश्चरले कार्यक्रममा सहभागी सबैलाई धन्यावाद दिनुभयो । कार्यक्रममा डाक्टर सामिना मिर्जा, साहित्यकार गिता खत्री लगायतले बोल्नुभएको थियो भने शकुन्तला ज्ञवालीले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा सिम्रन अधिकारीको नृत्य रोचक थियो । त्यस्तै सीबीसी बैंकका प्रेसिडेन्ट तथा सीईओ थोमस कफलिन , जर्सी सिटीका काउन्सीलवुमन एट लार्ज जोयस वाटरम्यान, वुमन फर कजकी अध्यक्ष गीता उमा पोखरेलले समेत बोल्नुभयो । कार्यक्रममा महिला हिंशाबिरुद्ध बोल्न प्रेरित गर्ने बोलो बहन प्रोमो समेत देखाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

लुम्बिनीले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट, यस्ता छन् प्राथमिकता (पूर्णपाठ)

गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट (पूर्णपाठ)

मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड (पूर्णपाठ)

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group