ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली अधिकारकर्मी डा. बिष्णुमायाको पहलमा महिला हिंशाबिरुद्ध अमेरिकन महिला रातो सारीमा


abc news

लैंगिक हिंशाबिरुद्ध ऐक्यबद्धता जनाउन शनिबार अमेरिकाको न्युजर्सीमा अमेरिकन महिलाहरुसमेत रातो सारीमा देखिए । न्युजर्सीमा रहेको स्वास्थ्य संस्था ‘केयर पोइन्ट’ अन्तरगत ‘हड्सन स्पीक्स’ले संचालन गरेको ‘बोलो बहन’ अभियानका क्रममा आयोजित ‘रेड सारी इभेन्ट’मा महिलाहरु रातो सारीमा उपस्थीत भएका हुन् । न्युजर्सीको हड्सन काउन्टीमा घरेलु र यौनहिंशाको शिकार भएका दक्षिण एसियाली महिलाहरुलाई निशुल्क सेवा प्रदान गर्ने उदेश्यले स्पीक सिस्टर अर्थात् ‘बोलो बहन’ अभियान संचालन गरिएको हो ।

हिन्दी, बंगाली, अँग्रेजी लगायतका भाषामा सेवा सुरु गरिएकोमा अब नेपाली भाषामा समेत सेवा विस्तार गरिएको छ । घरेलु र यौनहिंशामा परेका नेपाली महिलाहरुलाई निशुल्क सहयोग गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो । अभियानको आउटरिज कोअर्डिनेटर डाक्टर बिष्णुमाया परियार हुनुहुन्छ । उहाँकै पहलमा रातो सारी इभेन्टको आयोजना गरिएको हो । कार्यक्रममा न्युजर्सी र न्युयोर्कका नेपाली महिलाहरु रातो सारीमा उपस्थीत भएका थिए ।

अस्वीन थापाले संचालन गरेको औपचारिक कार्यक्रममा बोलो बहन अभियानकी आउटरिच कोअर्डिनेटर डाक्टर बिष्णुमाया परियारले स्वागत मन्तब्य दिनुका साथै कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्नुभएको थियो । यौनहिंशाबिरुद्ध हड्सन स्पीककी कार्यक्रम निर्देशक नास्तासिया फ्लेश्चरले कार्यक्रममा सहभागी सबैलाई धन्यावाद दिनुभयो । कार्यक्रममा डाक्टर सामिना मिर्जा, साहित्यकार गिता खत्री लगायतले बोल्नुभएको थियो भने शकुन्तला ज्ञवालीले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा सिम्रन अधिकारीको नृत्य रोचक थियो । त्यस्तै सीबीसी बैंकका प्रेसिडेन्ट तथा सीईओ थोमस कफलिन , जर्सी सिटीका काउन्सीलवुमन एट लार्ज जोयस वाटरम्यान, वुमन फर कजकी अध्यक्ष गीता उमा पोखरेलले समेत बोल्नुभयो । कार्यक्रममा महिला हिंशाबिरुद्ध बोल्न प्रेरित गर्ने बोलो बहन प्रोमो समेत देखाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

टाटपल्टेका दल र दलपतिहरु धोइपखाली गरेर चुनावका लागि तयार होऊ

ओली बहिर्गमनसँगै राष्ट्रपतिको कोर्टमा बलः तत्काल सर्वपक्षीय छलफल र निकास

जेन्जी पुस्ताको हत्या र ओली सरकार : आन्दोलनले दिएको चेतावनी

तमासे सरकार बाटो छोड

एमाले आत्मघाती बाटोमा

अमेरिकामा कार दुर्घटना : दुई नेपालीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com