ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल– चीन ,भारत त्रिदेशीय रणनीतिक सम्बन्ध स्थापित गर्नुपर्छ – अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
मंसिर १३, २०७६ शुक्रबार  ११ : ५७ बजे

काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल चीन भारत त्रिदेशीय रणनीतिक सम्बन्ध स्थापित हुनुपर्ने बताउनु भएको छ ।
शुक्रबार काठमाडौंमा नेपाल चाइना मिडिया फोरमले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनुभएको हो । उहाँले नेपाल चीन भारत त्रिदेशीय रणनीतिक सम्बन्ध स्थापित गरेर जनस्तरमा सम्बन्ध स्थापित गर्न सके नेपालको आर्थिक प्रगतीमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो त्रिपक्षीय सम्बन्धको साझेदारीले मात्र आर्थिक, पुर्वाधार विकासमा टेवा पुग्छ । यो युग कनेक्टिभिटीको यूग हो, यसको प्रभावकारी माध्यम सञ्चार हो , रोड, हवाई मार्गबाट हुने कनेक्टिभिटीभन्दा सञ्चार माध्यमबाट हुने कनेक्टिङ बढी महत्वपूर्ण हुन्छ ।

उहाले कालापानी सीमा समस्या समाधान गर्न संयमताका साथ अघि बढ्नुपर्ने समेत बताउनुभयो । लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा भारत र चीनले मात्र संरचना बनाउने गरेको विषयमा आफूले यसअघि पनि गम्भीर ध्यानाकर्षण गराएको उहाले जानकारी गराउनुभयो ।

हाल देखिएको सीमा समस्याको समाधान तीन देशबीच सहमतिका साथ समाधान गर्नुपर्ने अध्यक्ष प्रचण्डले जोड दिनुभयो । अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणले नेपाल चीनबीचको सम्बन्धको आयाम झनै फराकिलो भएको बताउदै चिनियाँ राष्टपति सीको नेपाल भ्रमणपछि धेरै क्षेत्रमा सम्भावनाको ढोका खुलेको र नेपाललाई भरोसा थपिदिएको जीकिर गर्नुभयो । प्रचण्डले एक चिन नीतिप्रति नेपालको नीति परिवर्तन नहुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन आज सार्वजनिक हुने, दोषीलाई विशेष अदालतमा मुद्दा चलाउन सिफारिस

अर्थमन्त्री वाग्लेको श्वेतपत्रः अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

सम्बन्धित

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन आज सार्वजनिक हुने, दोषीलाई विशेष अदालतमा मुद्दा चलाउन सिफारिस

संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउने कदम लोकतन्त्रको मर्यादाविपरीतः कांग्रेस

महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा

मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने नेकपाको निर्णय

नेकपाले गठन गर्‍यो संविधान संशोधन मस्यौदा कार्यदल

अमेरिकी विशेष दूत नेपाल आउँदै, मागे प्रधानमन्त्रीसँग भेटवार्ताको समय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com