काठमाडौं, १३ मंसिर– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको तस्बीर जोडेर सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्तिजनक र अनर्गल प्रचार गर्ने एक जना पक्राउ परेका छन् ।
राष्ट्रपति र प्रधानमन्त्रीबारे अपशब्दसहित तस्बीर जोडेर अतिरञ्जित प्रचार गर्ने आकाशसिंह ठकुरीलाई प्रहरीशले कैलालीबाट पक्राउ गरेको हो । कैलाली प्रहरीले पक्राउ गरेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले काठमाडैं ल्याएको छ । ठकुरीविरुद्ध विद्युतीय कारोबार ऐन–२०७३ अन्तर्गत कारबारही अघि बढाइएको सीआईबी प्रमुख डीआईजी निरज शाहीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्