ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचन २०७६ : निर्वाचन विरोधी गतिविधि गर्नेमाथि उच्च निगरानी


admin

 

काठमाडौं, १२ मंसिर । उपनिर्वाचन हुन दुई दिन मात्रै बाँकी हुँदा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । बुधबार र बिहीबार प्रहरीले कोहलपुरबाट १० जनालाई नियन्त्रणमा लिएको छ ।

निर्वाचन विरोधी गतिविधि गरेको आशङ्कामा १० जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो । मङ्सिर १४ गते उपनिर्वाचनलाई बिथोल्न निर्वाचन विरोधी गतिविधि गरिरहेको अवस्थामा कोहलपुर नगरपालिका–६ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता रहेका छन् । प्रहरी नायब उपरीक्षक शाहीले निर्वाचन विरोधी कार्य गरेको आशङ्काका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताउनुभयो ।

“कोहलपुर–६ मा उपनिर्वाचन बहिष्कारको पर्चा टाँसिरहेको अवस्थामा पक्राउ गरेका हौँ । चुनाव बहिष्कार गर्ने भन्दै कार्यकर्ता खटाइएको रहेछ । हामीले पर्चा पम्पलेट पनि बरामद गरेका छौँ”, उहाँले भन्नुभयो, “निर्वाचन विरोधी गतिविधि नगर्न सचेत गराउँदै उनीहरुलाई निगरानीमा छाडेका छौँ । निर्वाचन विरोधी गतिविधि गर्ने अन्य समूह तथा व्यक्ति पनि हाम्रो उच्च निगरानीमा छन् । सुरक्षा व्यवस्था कडा पारेका छौँ ।”

पक्राउ पर्नेमा वैद्य माओवादीका पोलिटब्यूरो सदस्य कोहलपुर–६ का भूपेन्द्र न्यौपाने शर्मा, केन्द्रीय सदस्य कोहलपुर–४ का तेजविक्रम शाही, बाँके जिल्ला सचिव कोहलपुर–३ का प्रेम थापा, जिल्ला सदस्य नेपालगञ्ज–१० का सुरेश वली, विद्यार्थी नेता हृदयेश शाह, साधारण सदस्य खजुरा गाउँपालिका–२ का पुम पोखरेल, वडा नं ६ का तारा विक, बर्दिया बाँसगढी नगरपालिका–९ का धीरेन्द्र सिंह, ठाकुरबाबा नगरपालिका–२ का पविराम आचार्य र कोहलपुर नगरपालिका–३ का विपिन रोकाय रहेका छन् ।

कोहलपुरका प्रहरी नायब उपरीक्षक शाहीका अनुसार उपनिर्वाचनको मौन अवधि शुरु भएसँगै सुरक्षा व्यवस्था झनै कडा पारेको छ । अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षामा खटिएका छन् । उपनिर्वाचनलाई लक्षित गरेर राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी तथा सादा पोसाकमा समेत सुरक्षाकर्मी खटाइएको प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो । उपनिर्वाचनलाई लक्षित गरेर थप सुरक्षाकर्मी परिचालन गरेर पैदल तथा गाडीमा २४ सै घण्टा गस्ती गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com