काठमाडौं, ६ मंसिर । देशमा उपनिर्वाचनको मिती नजिकिदै जा“दा चुनावी सरगर्मी पनि बढिरहेको छ । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरु आजभोली घरदैलो अभियानमा व्यस्त छन् । र आ–आफ्नो घोषणापत्रका साथ विजयीहुने दाबी गरिरहेका छन् ।
मंसिर १४ गते हुने उपनिर्वाचनमा स्थानीय तह सदस्यका लागि २ सय ७३ पदमा र प्रतिनिधी तथा प्रदेश सभा सदस्यका लागि ४ पदमा निर्वाचन हुनेछ । प्रतिनिधिसभा सदस्यका लागि कास्कीबाट नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार विद्या भट्टराई, नेपाली काग्रेसबाट खेमराज पौडेल, समाजवादी पार्टीबाट धर्मराज गुरुङ लगायत अन्य उम्मेदवारहरु पनि छन् । र यसैगरी भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को (१) मा नेपाल कम्युनिष्ट पार्टी नेकपाका देविप्रसाद ढकाल, नेपाली का“ग्रेसका कृष्णलाल भडेल, समाजवादी पार्टीका सुदर्सन मुनकर्मी, नेपाल मजदुर किसान पार्टीका निरज लवजू लगायत अन्य विभिन्न दलका प्रतिस्पर्धीहरु उपनिर्वाचनमा लड्दैछन् । उपनिर्वाचन हुन केही दिन मात्रै बाकी रहदा देशैभर राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु चुनावी प्रचारप्रसार कार्यक्रममा व्यस्त हुन थालेका छन् ।
दाङको निर्वाचन क्षेत्र नम्बर ३ को (२) र बाग्लुङको क्षेत्र नम्बर २ को (२) मा पनि प्रदेश सभाको पदमा निर्वाचन हुदैछ । बाग्लुङको प्रदेश सभा सदस्य पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका गणेशबहादुर कु“वर, नेपाली का“ग्रेसका जितबहादुर शेरचन, समाजवादी पार्टीका अशोककुमार बि.क. लगायतका अन्य प्रतिस्पर्धीहरु छन् । यसैगरी दाङको प्रदेश सभामा नेकपाका बिमलाकुमारी खत्री, नेपाली का“ग्रेसका केशव राज शर्मा, समाजवादी पार्टीका डिल्ली बहादुर डा“गी, नेपाल मजदुर किसान पार्टीका सुरेश परियार छन् । देशैभरका स्थानीय तहको उपनिर्वाचनमा भने २७३ पदमा निर्वाचन हुदैछ । चुनाव नजिकिएस“गै राजनीतिक दलहरुले देश र जनताको हकहित र विकासका लागि आफ्नो पार्टी र उम्मेदवारले जित्नुपर्ने दाबी गरिरहेका छन् । विशेषगरी देशका ठूला राजनीतिक दलहरु नेकपा र नेपाली का“ग्रसबीच प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ ।
मंसिर १४ नजिकिदै जा“दा मतदाताहरु पनि उत्तिकै उत्साहित भईरहेको नेता तथा कार्यकर्ताहरु बताउछन् । जनताको एक मत पनि खेर नजाने गरि सोच, विचार गरेर सक्षम नेतृत्वलाई मतदान गर्नुपर्ने आम बुझाई छ । आम मतदाताहरु भने निर्वाचनका क्रममा जनताका अगाडी गरेका प्रतिबद्धताहरुलाई जनप्रतिनिधिहरुले पुरा गर्नुपर्ने बताईरहेका छन् । मंसिर १४ नजिकिएस“गै देशमा चुनावी माहोल बढेको छ । देशमा राजनीतिक स्थायीत्वस“गै विजयी उम्मेदवारहरुले जनताको आकांक्षालाई पूरा गर्नेमा मतदाताहरु ढुक्क जस्तै देखिएका छन् । यसका लागि आम मतदाताले विवेकपूर्ण ढंगबाट मतदात गर्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्