ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचनको मिति नजिकिदै जाँदा चुनावी सरगर्मी बढ्दै (भिडियोसहित)


admin
मंसिर ६, २०७६ शुक्रबार  १ : ४५ बजे

काठमाडौं, ६ मंसिर । देशमा उपनिर्वाचनको मिती नजिकिदै जा“दा चुनावी सरगर्मी पनि बढिरहेको छ । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरु आजभोली घरदैलो अभियानमा व्यस्त छन् । र आ–आफ्नो घोषणापत्रका साथ विजयीहुने दाबी गरिरहेका छन् ।

मंसिर १४ गते हुने उपनिर्वाचनमा स्थानीय तह सदस्यका लागि २ सय ७३ पदमा र प्रतिनिधी तथा प्रदेश सभा सदस्यका लागि ४ पदमा निर्वाचन हुनेछ । प्रतिनिधिसभा सदस्यका लागि कास्कीबाट नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार विद्या भट्टराई, नेपाली काग्रेसबाट खेमराज पौडेल, समाजवादी पार्टीबाट धर्मराज गुरुङ लगायत अन्य उम्मेदवारहरु पनि छन् । र यसैगरी भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को (१) मा नेपाल कम्युनिष्ट पार्टी नेकपाका देविप्रसाद ढकाल, नेपाली का“ग्रेसका कृष्णलाल भडेल, समाजवादी पार्टीका सुदर्सन मुनकर्मी, नेपाल मजदुर किसान पार्टीका निरज लवजू लगायत अन्य विभिन्न दलका प्रतिस्पर्धीहरु उपनिर्वाचनमा लड्दैछन् । उपनिर्वाचन हुन केही दिन मात्रै बाकी रहदा देशैभर राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु चुनावी प्रचारप्रसार कार्यक्रममा व्यस्त हुन थालेका छन् ।

दाङको निर्वाचन क्षेत्र नम्बर ३ को (२) र बाग्लुङको क्षेत्र नम्बर २ को (२) मा पनि प्रदेश सभाको पदमा निर्वाचन हुदैछ । बाग्लुङको प्रदेश सभा सदस्य पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका गणेशबहादुर कु“वर, नेपाली का“ग्रेसका जितबहादुर शेरचन, समाजवादी पार्टीका अशोककुमार बि.क. लगायतका अन्य प्रतिस्पर्धीहरु छन् । यसैगरी दाङको प्रदेश सभामा नेकपाका बिमलाकुमारी खत्री, नेपाली का“ग्रेसका केशव राज शर्मा, समाजवादी पार्टीका डिल्ली बहादुर डा“गी, नेपाल मजदुर किसान पार्टीका सुरेश परियार छन् । देशैभरका स्थानीय तहको उपनिर्वाचनमा भने २७३ पदमा निर्वाचन हुदैछ । चुनाव नजिकिएस“गै राजनीतिक दलहरुले देश र जनताको हकहित र विकासका लागि आफ्नो पार्टी र उम्मेदवारले जित्नुपर्ने दाबी गरिरहेका छन् । विशेषगरी देशका ठूला राजनीतिक दलहरु नेकपा र नेपाली का“ग्रसबीच प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ ।

मंसिर १४ नजिकिदै जा“दा मतदाताहरु पनि उत्तिकै उत्साहित भईरहेको नेता तथा कार्यकर्ताहरु बताउछन् । जनताको एक मत पनि खेर नजाने गरि सोच, विचार गरेर सक्षम नेतृत्वलाई मतदान गर्नुपर्ने आम बुझाई छ । आम मतदाताहरु भने निर्वाचनका क्रममा जनताका अगाडी गरेका प्रतिबद्धताहरुलाई जनप्रतिनिधिहरुले पुरा गर्नुपर्ने बताईरहेका छन् । मंसिर १४ नजिकिएस“गै देशमा चुनावी माहोल बढेको छ । देशमा राजनीतिक स्थायीत्वस“गै विजयी उम्मेदवारहरुले जनताको आकांक्षालाई पूरा गर्नेमा मतदाताहरु ढुक्क जस्तै देखिएका छन् । यसका लागि आम मतदाताले विवेकपूर्ण ढंगबाट मतदात गर्न आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

विशेष महाधिवेशनका बेला विदेशी सूत्रहरुले पहुँच राखेका थिए : नेका. महामन्त्री घिमिरे (भिडियो)

स्थलगत – १ : ‘बा’ र ‘बालेन’ शैली

एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com