काठमाडौं, ५ मंसिर । नवनियुक्ति भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले काठमाडौं उपत्यकाको सडकको अवस्थाबारे आफू जानकार रहेको बताउनु भएको छ ।
उहाँलाई निवर्तमान मन्त्री रघुवीर महासेठले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा पाँचथरका सांसद नेम्वाङले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो । बिहीबार विहान सपथ लिएका उहाँले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार सम्हाल्नुभयो । पदभार ग्रहणपछि नवनियुक्त मन्त्री नेम्वाङले भन्नुभयो,– नागरिकको हैसियतले काठमाडौं उपत्यका र देशभरको सडक देखेको छु ।’
सडक, रेल, पानीजहाज लगायतका पूर्वाधारका क्षेत्रमा काम गर्न प्रशासनिक, नीतिगत सुधार गर्नुपर्ने भए गरेर पनि कामलाई गति दिने उहाँले बताउनुभयो । पूर्वाधार विकासमा जुन गतिमा काम भइरहेको छ, त्यो पर्याप्त नभएको उहाँले बताउनुभयो । उहाँले निवर्तमानमन्त्री महासेठ पार्टीको नेता र इन्जिनियर समेत भएको भन्दै उहाँले गरेका राम्रा कामहरुलाई आफूले पनि निरन्तरता दिने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्