टोकियो,२५ कात्तिक । फोरेक्स जापानको नगद २ लाख बम्पर उपहार आईतबार सार्वजनिक भएको छ । नेपालीका महान पर्व दशैं, तीहार र छठलाई लक्षित गरी संचालन गरेको बम्पर उपहार टोकियोमा पत्रकार सम्मेलन मार्फत सार्वजनीक गरेको हो । “दशैं, छठ, तीहार, फोरेक्सको बम्पर उपहार” भन्ने योजना सहित संचालन गरेको उपहार लक्की ड्र मार्फत सार्वजनीक भएको हो । लक्की ड्र मार्फत सार्वजनीक गरिएको नगद २ लाख यनको बम्पर उपहार टोकियोको ईकेबुकुरोमा बस्दै आएकी बिद्यार्थी रोसिका कार्कीले हात पारेकी हुन ।
नेपाल पत्रकार महासंघका अध्यक्ष मोहन घलेले लक्की ड्रको चिठ्ठा निकाल्दै कार्कीले पाएको घोषणा गर्नुभएको थियो । ४२ दिन सम्म संचालन भएको योजनामा १० हजार ३ सय ४१ जना नेपाली सहभागी भएको फोरेक्सका जनरल म्यानेजर आकिरा योकोमिचुले जानकारी दिनुभयो । सोही योजना अबधिमा फोरेक्सले दैनिक र साप्ताहिक गरी अन्य २ प्रकारका उपहार योजना पनि संचालन गरेको थियो । जसअन्तरगत प्रत्येक दिन २ जनालाई अन्तराष्ट्रीय कलिङ कार्ड र प्रत्येक हप्ता १ जनालाई १० हजार नगद उपहार समेत प्रदान गरेको थियो । दैनिक तर्फ ८४ जना र साप्ताहिक तर्फ १४ जनाले उपहार पाएका थिए ।
बम्पर उपहार सार्वजनीक संगै खेलकुदको क्षेत्रमा पनि महत्वपुर्ण सम्झौता गरेको छ । दुखको कमाई ढुक्कले पठाउ भन्ने सामाजीक सेवा सहित काम गर्दै आएको फोरेक्सले खेलाडीको क्षमता अभिवृद्धीका लागि पनौती फुटबल क्लव जापान संग सम्झौता गरेको हो । सम्झौतामा पनौती फुटवल क्लव जापानमा हुने फुटवल प्रतियोगितामा सहभागी हुदा आवश्यक भौतिक, आर्थिक, सामाजिक र नैतिक सबै खाले जिम्मा फोरेक्सले लिने गरी फोरेक्सका बिजनेश म्यानेजर पन्च चौधरी र पनौती फुटबल क्लवका टीम क्याप्टेन रितन श्रेष्ठ र टीम म्यानेजर संजीत ठकुरीले हस्ताक्षर गर्नुभएको हो । विश्वका सबै देशमा सेवा पुर्याउदै आएको यस कम्पनीले नेपालमा आई पे रेमीट मार्फत ८ हजार बढी भुक्तानी काउन्टर र सबै बैंक तथा फाईनान्समा रियल डिपोजीट सेवा दिदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्