ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसएसबीको अवरोध : सीमास्तम्भ बेपत्ता


admin

सप्तरी, २४ कात्तिक । छिन्नमस्ता गाउँपालिका – ४ लालापट्टीका बासिन्दाले सीमा क्षेत्रको नेपाली भूमिमा बनाउन खोजेको श्मशानघाट गृह भारतीय सीमा सुरक्षा बल ९एसएसबी० को अवरोधका कारण रोकिएको छ । साविकमा बग्ने त्रियुगा खोला किनारमा पुस्तौंँपुस्तादेखि शव जलाउँदै आएका छिन्नमस्ता गाउँपालिका– ४ लालापट्टीवासीले बनाउन शुरु गरेको श्मशानघाटको आधा काम सकिएपछि एसएसबीले अवरोध गरी काम रोक्न लगाएको हो । दशगजामै खेती गर्ने र झुप्रा लगाउने गरेका भारतीयले सीमा अतिक्रमण गर्ने ध्येयले सीमा क्षेत्रको नेपाली भूमिमा श्मशानघाट बनाउन रोकेको छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका धनञ्जय यादवको भनाइ छ ।

छिन्नमस्ता गाउँपालिका वडा नं ४ का वडाध्यक्ष रामनन्दन पण्डितले दशगजा क्षेत्र देखाउँदै भन्नुभयो, “भारतीयहरूले दशगजामै खेती गरिरहेका छन् तर हामीले आफ्नै भूमिमा श्मशानघाट बनाउन पाएनौंँ ।” एसएसबीले दक्षिणी सीमा क्षेत्रका नेपालीमाथि अनावश्यक दुःख दिने र उसैको आडमा भारतीयले सीमा अतिक्रमण गर्दै आएको बताइन्छ ।

शुरुमा नापनक्शा हुँदा जग खन्दा नबोलेको एसएसबी पर्खाल ठड्याएपछि कामै गर्न नदिने गरी प्रस्तुत भयो । “त्रियुगा खोला वारिको त्यो नेपालकै भूमिमा पर्छ, जहाँ पुस्ताँैदेखि शव जलाउँदै आएका छौंँ तर जब श्मशानघाटका लागि पर्खाल खडा गरियो, एसएसबीका जवानले अवरोध गरे,” ७३ वर्षीय बमभोली राउतले भन्नुभयो, “धम्क्याउने, बन्दूक देखाउने र काम नरोके जे पनि हुन सक्ने धम्की दिएपछि निर्माण कार्य अधूरो नै छाड्यौंँ ।” चर्को घाम, वर्षा र हावाहुरीबाट शव र मलामीलाई जोगाउने उद्देश्यले बनाउन खोजिएको काम अलपत्र छ ।

सप्तरीको ७८ किलोमिटर भूभाग भारतसँग जोडिएको छ । पूर्व कोशी नदीदेखि पश्चिम बलान खोलासम्म मुख्य, साना र सहायक गरी ६५० सीमास्तम्भ रहनुपर्नेमा अधिकांश छैनन् । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी आनन्द ठाकुरले ३४ मुख्य स्तम्भ अवस्थित हुनुपर्नेमा २२ मात्र रहेको बताउनुभयो । अधिकांश साना र सहायक स्तम्भ हराएको वा बाढीले बगाएको ठाकुरले बताउनुभयो । उहाँका अनुसार सीमा क्षेत्रमा अतिक्रमण गरी बसोबास तथा खेतीपाती गर्ने कार्य भइरहेको छ । पुराना स्तम्भ हराएपछि नयाँ नबनाइएकाले भएका स्तम्भको दूरीमा लामो भएको छ ।

सीमास्तम्भ हराएकोे, बाढीले बगाएको, गायब पारिएकाले र बाँकी भएका पनि लामो दूरीमा मात्र भएकाले सीमा नै कहाँ हो भन्ने पत्ता लगाउन समस्या छ । सप्तरीका २१ ठाउँमा दशगजा नै नदेखिने सशस्त्र प्रहरी बल ६ नं गणका प्रहरी उपरीक्षक उद्धव न्यौपानेले बताउनुभयो । सप्तरी क्षेत्रमा २१२ देखि २४५ नं का ठूला मुख्य स्तम्भ अवस्थित रहनुपर्ने हो । न्यौपानेले भन्नुभयो, “पूर्व कोशी नदीमा रहेको २१२ नं को मुख्य स्तम्भ पानीभित्र भएकाले भेटिँदैन भने पश्चिम बलान खोलामा हुनुपर्ने २४५/१ र २४५/२ नं को स्तम्भ पनि छैन ।” पश्चिम बेल्हीको दशगजामा २४५ नं को मुख्य स्तम्भ भने यथावत् छ ।
मुख्य, साना र सहायक गरी हुनुपर्ने ६५० स्तम्भमध्ये गत वर्ष २०२ वटा फेला परे जसमध्ये दुई वटा फेरि बाढीले बगाएकाले भेटिएन । रामनगर कोदरकट्टी र पातोमा रहेको दुई स्तम्भ यो वर्ष हराएको उहाँले जानकारी दिनुभयो ।

गाउँले भने केही हराएको र बगाएको तथा केही भारतीयले गायब पारेको बताउँछन् । तिलाठी कोइलाडी गाउँपालिका–१ का दुर्गानन्द झाले तिलाठी कोइलाडीस्थित स्तम्भ ६००/७०० मिटर उत्तर नेपालतर्फ सारेर गाडिएको बताउनुभयो । पहिले रहेका सखुवा काठका स्तम्भह मक्किएर, बगेर गएपछि नयाँ २२३ नं को स्तम्भ र त्यसका सहायक स्तम्भ संयुक्त सर्भे टोलीले देखाएको स्थानभन्दा भारतीय सीमा सुरक्षा बलले फरक स्थानमा गाडेको उहाँले दावी गर्नुभयो ।

अन्तर्राष्ट्रिय मान्यतानुसार दुई देशबीचको दशगजामा कुनै संरचना बनाउन पाइँदैन तर सखडा, लालापट्टी, तिलाठी कोइलाडी, बेल्ही, रम्पुरा मल्हनिया, गोबरगाढा, रामनगर कोदरकट्टीलगायत १२ स्थानमा भारतीयले खेतीपाती गर्दैआएका छन् भने कतिपय स्थानमा झुप्रो राखेका छन् । दशगजा क्षेत्र मिचेको विषयमा बेलाबेलामा दुई देशका नागरिकबीच विवाद र झडप हुँदै आएको छ ।

लालापट्टीमा भारतीयले हत्या नै गरेको र तिलाठीमा टाउको फुटाएको घटना स्मरण गर्दै लालापट्टी घर भएका पूर्व सिँचाइमन्त्री उमेश यादवले भन्नुभयो, “छिमेकीसँगको सम्बन्ध सुमधुर हुनुपर्ने हो तर युगौंँदेखिको रोटीबेटीको सम्बन्ध भनेर खुला सिमानाको फाइदा उठाउँदै हेप्ने काम भारतले बन्द गर्नुपर्छ ।”

दशगजा क्षेत्रमा घरटहरा बनाउन नपाइने अन्तरराष्ट्रिय नियमको बेवास्ता गर्दै भारतले सप्तरीको साविक बेल्ही गाविस–६ स्थित दशगजामै बनाएको सुरक्षा चेकपोष्टको टहरो नेपालको आपत्तिपछि चार वर्षअघि मङ्सिर १५ गते हटाएको थियो । भारतीय सीमामा रहेको विद्यालयमा बस्दै आएको एसएसबीको चेकपोस्टलाई विद्यालयले खाली गर्न लगाएपछि उनीहरूले दशगजामा टहरो खडा गरेका थिए । सप्तरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहितको सुरक्षा टोली दशगजामै गएर आपत्ति जनाएपछि एसएसबीका अधिकृत राजेन्द्र रायले गल्ती स्वीकार्दै टहरो भत्काएको थियो ।

भारत बिहार सुपौलका कुनौलीवासीले २०७३ साउन १४ गते नेपाली भूमि तिलाठी डुबानमा पार्ने गरी जबर्जस्ती २२३ स्तम्भमै बाँध निर्माणको प्रयास गर्दा तिलाठीवासीसँग झडप भएको थियो । तिलाठी कोइलाडी १ निवासी पूर्व जिविस सदस्य देवनारायण यादवसहित आधा दर्जन तिलाठीवासी र केही भारतीय घाइते भएको उक्त घटनापछि बाँध निर्माण रोकिएको छ ।

छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीस्थित दशगजामा खेती गर्ने गरेको केही भूभागबाट एसएसबीले भारतीयलाई केही वर्ष अघि हटाएको वडा नं ४ का वडा सदस्य ओली मन्सुरीले बताउनुभयो । भारतीयले खेती गर्ने गरेको खेतका आली देखाउँदै मन्सुरीले अहिले पनि सयौंँ भारतीयले ५०औंँ विघा जमीनमा खेती गरिरहेको बताउनुभयो ।

सीमावर्ती क्षेत्रको दशगजा मिच्ने क्रम नेपाल–भारत दुवैतिरबाट भएको भारतीय पक्षको भनाइ छ । भारतीय सीमा सुरक्षा बल सुपौलका प्रमुख एचके गुप्ताले आआफ्नातर्फबाट भएको अतिक्रमण रोक्न दुवै देशले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले आफूहरूले भारतीयलाई एकमहिने अल्टिमेटम दिएको तर धानखेतीको बाली काट्न बाँकी रहेकाले हटाउन नसकिएको भन्दै लाचारी व्यक्त गर्नुभयो । भारतले बारम्बार विभिन्न बहानामा हेपिरहेको ठान्ने स्थानीयवासी भन्छन्, “सीमा क्षेत्रका विभिन्न स्थानमा रहेको विवादको क्रम जारी रहे सीमामा द्वन्द्व बढेर जान्छ । यसअगावै कूटनीतिक पहल गरेर दुवै देशले गम्भीर पहल गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com