अछाम, २२ कार्तिक। नेपाली भुमि भारतिय नक्सामा समेटिएको बिरोधमा अछाममा पनि प्रर्दशन भएको छ । नेपाली भुमि भारतिय नक्सामा समेटिएको बिरोधमा युवा संजाल साफेबगर, दलित नगर संजाल, नगर स्तरीय युवा संजाल र आरटिआई संजालको नेतृत्वमा बिरोध र्याली गरिएको हो ।
एरपोर्ट बजारबाट सुरु भएको र्याली साफे हाटबजार हुँदै छिपेखोलामा पुगेर कोणसभामा परिणत भएको थियो । नेपाली भुमि भारतिय नक्सामा समेटीएको बिरोधमा बिरोध र्याली निकालेको हो । प्रदर्शनमा लिम्पियाधुरा हाम्रो हो, कालापानि हाम्रो हो, भारतिय बिस्तारबाद मुर्दाबाद, हाम्रो माटो हाम्रो देश प्राण भन्दा प्यारो छ लगाएतका नारा लगाईएको थियो । बिरोध र्याली पछि कोणसभामा परिणत भएको भएको कार्यक्रममा र्यालीमा चार वटै संजालका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्