ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक वर्षमा २ अर्ब रुपैया भन्दा बढि नाफा निकाल्ने नेपाल बायुसेवा निगमको रणनिति (भिडियोसहित)


admin

काठमाडौं २१ कात्तिक । नेपाल बायुसेवा निगमले चालु आर्थिक वर्षमा २ अर्ब रुपैया भन्दा बढि नाफा निकँल्ने रणनिति लिएको छ । तीन महिनामै ५५ करोड भन्दा बढि नाफा निकालेको निगमले अनाश्वक खर्चको कटौती र नया“ गन्तव्य बिस्तार गरेर घाटामा रहेको निगमलाई नाफामा ल्याउने योजना बुधबार सार्वजनिक गरेको हो । यस्तै निगमले आगामी मार्चसम्म जापानको नारिता, साउदीको रियाद र चीनको गोन्जाआ उडानको तयारी समेत गरेको छ ।

नेपाल वायुसेवा निगम नेपालको राष्ट्रिय ध्वजावाहक विमान हो । सरकारको स्वामित्वमा रहेको निगम लामो सयमदेखि अर्वाैको घाटामा छ । सन् १९५८ मा स्थापना भएको निगम अहिले ६१ वर्षमा पुग्दा समेत घाटाको व्यापार गरिहरेको छ । ६१ बर्षमा कुल ३७ अर्ब घाटामा निगम चलिरहेको छ । सबैभन्दा नाफा कमाउने निगममा जहिलेदेखि राजनीतिक हस्तक्षेप हुन थाल्यो त्यो बेलादेखि नै अधोगति सुरु भयो । निगम काण्डैकाण्डले थलिन पुग्यो । निगमले अहिले बिमान खरिदको लागि ऋण लिएको रकमको किस्ता समेत तिर्न सकेको छैन ।

राजनीतिक हस्तक्षेप, र बिमान खरिदको क्रममा हुने गरेका अर्वाैको भष्ट्रचारले नेपाल बायुसेवा निगम धरासायी बन्दै गयो । तर, निगमले अहिलेको दयनीय अवस्थाबाट माथि उठ्नको लागि महत्वकांक्षी लक्ष्य सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षमा २ अर्व भन्दा बढि नाफा गर्ने महत्वाकांक्षी योजना निगमले सार्वजनिक गरेको हो । निगमले चालु आर्थिक वर्षको पहिलो महिनामै ५८ करोड २८ लाख भन्दा बढि नाफा गरेको जनाएको छ । यस आर्थिक वर्षमा २ अर्ब २७ करोड ६१ लाख भन्दा बढि नाफा कमाउने लक्ष्य लिएको निगमका कार्यकारी अध्यक्ष मदन खरेल बताउंछन् ।

नाफा बढाउनका लागि निगमले अन्तराष्ट्रिय उडा बढाउनुका लागि आन्तरिक उडान व्यवस्तथित गर्ने रणनीति लिएको छ । जसको लागि निगमले आफनो सेवा बिस्तार गर्ने योजना बनाएको छ । सन् २०२० मार्चसम्ममा जापानको नारिता, साउदीको रियाद र चीनको गोन्जाओ उडान भर्ने निगमको तयारी छ । दुई वटा वाइड वडी र दुईवटा न्यारो बडीबाट अन्तराष्ट्रिय उडान गर्दै आएको निगमको गन्तव्य कम हुंदा र भएका गन्तव्य समेत सही ढंगले नचुनिंदा घाटा बढ्दो थियो । निगमले अहिले ल्याएका नयां गन्तव्य तुलनात्मक रुपमा नाफा कमाउने गन्तव्य हुन् । तर निगमको योजना भएपनि राम्रो व्यवस्थापन हुन सकेन भने फेरि पनि गन्तव्य खुम्चिने सम्भावना छ । त्यसो त, अहिले निमगसंग आन्तरिक उडान भर्ने बिमान ९ वटा छन । तरपनि ४ वटा जहाज मात्र संचालनमा छन । ती मध्येपनि पनि चिनिया“ ट्विनेटर बिमान बेलाबेलामा बिग्रिने गरेकोले बिमानको आन्तरिक उडानमा समस्याग्रस्त छ । समयमा बिमानको पाटर्स नआउने भएको कारण धेरै बिमान ग्राउन्डडे छन् ।

समस्यै समस्यामा गुज्रिएको बिमान कम्पनीमा नया“ आएको सञ्चालक समितीले राष्ट्रिय ध्वजावाहक विमानको अवस्थालाई सुधारको लागि नया रणनितिक ल्याएको छ । बिगममा हुने गरेको इन्धनको दुरुपयोग, धेरैमाथि उड्दा लाग्ने खर्च लगायक अनावश्यक खर्चलाई कटौती गर्दै ग्राहक सेवा बिस्तार गर्ने लक्ष्य निगमले लिएको छ । यस आर्थिक वर्षमा लिएको गन्तव्य विस्तार तथा व्यावसायिक कार्ययोजनाले सधै घाटाको साथै बजार हिस्सा समेत गुमाउदै आएको निगमलाई सुधारको लागि नया योजना हुन सक्छ । योजना बनाउनु ठूलो कुरा हैन, योजना कार्यान्वयनका लागि इमान्दारितापूर्वक लाग्नु ठूलो र गम्भीर कुरा हो । निगमको व्यवस्थापकीय क्षमतामा सुधार हुन सकेन भने यो महत्वकांक्षी योजना भुत्ते सावित हुनेछ । लामो समयदेखि आर्थिक अभावमा गुज्रिएको निगमले प्रतिस्पर्धी बन्न नसके अस्तित्व नै समाप्त हुन समेत धेरै समय लाग्ने छैन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com