ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयोगको आह्वान : उत्साहपूर्ण र स्वस्फूर्त सहभागिता होस्


admin
कार्तिक २०, २०७६ बुधबार  ५ : ५६ बजे

काठमाडौं २० कात्तिक । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न रिक्त पदका लागि आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा गरेर कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी गराएको छ ।

उपनिर्वाचनको तयारीबारे जानकारी दिन आयोगको मिडिया सेन्टरमा आज आयोजित पत्रकार भेटघाटमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित हुने जनप्रतिनिधि र मतदाताको सङ्ख्याका हिसाबले त्यति ठूलो नभए पनि उपनिर्वाचनले निकै ठूलो राजनीतिक अर्थ र महत्व बोकेको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “सङ्ख्यात्मक हिसाबले त्यति ठूलो होइन, मतदाताको सहभागिताको दृष्टिकोणले ्पनि त्यति ठूलो सहभागिता होइन तर यसको महत्व र राजनीतिक अर्थ भने निकै महत्वपूर्ण छ भन्ने आयोगको बुझाइ छ, उपनिर्वाचनलाई निष्पक्ष, तटस्थ र भयरहित तुल्याउन आयोग प्रतिबद्ध छ ।”

प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३ र स्थानीय तहका प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडाअध्यक्ष–४३ समेत ३७ जिल्लाका ५२ स्थानमा मङ्सिर १४ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म उपनिर्वाचन हुँदैछ । कूल मतदाता चार लाख ५४ हजार ११४ मतदाता कायम गरिएको उक्त उपनिर्वाचनका लागि २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र तोकिएका आयोगले जानकारी दिएको छ ।

उपनिर्वाचन प्रयोजनका लागि मतदाता शिक्षा कार्यक्रम मङ्सिर ५ देखि ११ गतेसम्म सञ्चालन हुनेछ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको यही मङ्सिर २१ बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने निर्वाचन कार्यक्रम रहेको छ ।

स्थानीय तहका सदस्य पदको उम्मेदवारको मनोनयनपत्र दर्ता भने २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म हुनेछ । उपनिर्वाचनका लागि मङ्सिर १४ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न आयोगले मङ्सिर ८ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ ।

निर्वाचन आचरसंहिता कार्यान्वयनमा प्रभावकारिता ल्याउन यस उपनिर्वाचनमा केन्द्रीय आचारसंहिता अनुगमन समितिमार्पmत अनुगमन हुने व्यवस्थाका अतिरिक्त सबै राजनीतिक दलहरुको समेत संलग्नतामा आचारसंहिता जिल्लास्तरीय अनुगमन समिति गठन गरी उक्त समितिबाट आचारसंहिताको सूक्ष्म अनुगमन गर्ने व्यवस्था गरिएको छ ।

यो आयोगले प्रारम्भ गरेको आचारसंहिता अनुगमनको यो नयाँ अभ्यास हो । यसलाई आयोगले राजनीतिक दलहरुको निम्ति आचारसंहिताको स्वअनुगमन गर्ने अवसरका रुपमा लिएको जनाएको छ ।

सुरक्षा व्यवस्थालाई चुस्त, भरपर्दो र प्रभावकारी बनाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा उपनिर्वाचन सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा जिल्ला, प्रदेश तथा केन्द्रस्तरमा एकीकृत सुरक्षा योजना तर्जुमा गरी नेपाल सरकार, गृह मन्त्रालयको समन्वयमा र नेतृत्वमा कार्यान्वयन गर्ने व्यवस्था मिलाइको जनाइएको छ ।

उपनिर्वाचनमा उम्मेदवारको मनोनयनदेखि निर्वाचन परिणाम घोषणा नभएसम्मका उपनिर्वाचनसम्बन्धी सबै प्रक्रियामा आमनागरिकको उत्साहपूर्ण एवम् स्वस्फूर्त सहभागिताका लागि आयोगले आह्वान गरेको छ ।

आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन राजनीतिक दल, उम्मेदवार, मतदाता, सम्बन्धित निकाय तथा आमसञ्चारलगायत सबैसँग सहयोगको अपेक्षा पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

सम्बन्धित

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com