ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्याराडाइस पेपर्स : विश्व चर्चित धनाढ्यहरुको : कर छली बेलायतकी महारानीको पनि ‘अफसोर’ कम्पनीमा लगानी


ABC News

 

कार्तिक २०,बीबीसी, बेलायत

सोमबार ठूलो संख्यामा लिक गरिएका आर्थिक दस्तावेजहरुले विश्वका चर्चित धनाढ्य र नेताहरुसहित बेलायतकी महारानीसम्मले कर छली गर्न गोप्य रुपमा लगानी गरेको खुलासा भएको छ ।
पानामा पेपर्सपछि भएको दोस्रो ठूलो लिकलाई ‘प्याराडाइस पेपर्स’ नाम दिइएको छ । संसारभरका १०० भन्दा बढी मिडिया आवद्ध भएको ‘अन्तर्राष्ट्रिय कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिष्ट’ (आईसीएफजे) एक वर्ष लगाएर अनुशन्धान गरेपछि मात्रै यो खबर सार्वजनिक गरेको हो ।

एक करोड ३४ लाख कागजपत्र रहेको यो लिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका वाणिज्य मन्त्रीको अमेरिकाले नै प्रतिवन्ध लगाएको रसियनहरुसँग व्यापारिक साठगाँठ रहेको समेत देखिएको छ ।

 

प्याराडाइस पेपर्सका अन्य कागजपत्रसहितका विभिन्न समाचारहरु आगामी हप्ताहरुमा सार्वजनिक गरिँदै लगिने बीबीसीसहित यी कागजपत्रमा जुटेका मिडियाहरुले बताएका छन् ।

प्याराडाइस पेपर्सले तल उल्लेखित कुराहरुको खुलासा गर्ने छ .
बेलायतकी महारानीको करोडौं बेलायती पाउण्ड केमन आइल्याण्डको फण्डमा लगानी गरिएको छ । उनको केही पैसा गरिब तथा निमुखाहरु माथि अत्याचार गर्ने व्यापारी कहाँ पुगेको देखिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मन्त्रीहरुदेखि सल्लाहकार र दानकर्ताहरुको ठूलो मात्रामा ‘अफसोर’ लगानी रहेको छ । जसमा हालका वाणिज्य मन्त्री विल्बर रसको रसियाका राष्ट्रपति भ्यादिमिर पुटिनका ज्वाइँको कम्पनीसँग कारोबार रहेको छ ।
ट्वीटर र फेसबुकमा अरबौं डलरको रसियाको लगानी ।
कर छलीमा प्रयोग गरिएको केमन आइल्याण्डको ट्रष्टलाई संचालन गर्न क्यानेडाका प्रधानमन्त्री जष्टिन ट्रुड्युका नजिकका व्यक्तिको संलग्नता ।
चर्चित बहुराष्ट्रिय कम्पनीहरुको कर छली । जसमा नाइक र एप्पल जस्ता कम्पनीको पनि नाम रहेको छ ।
कसरी टिभी र फिल्मका पर्दामा देखिने चर्चित अनुहारले कर छली गर्दै अन्यत्र गरेको लगानी ।
दुई रसियन धनाढ्यले आर्सनल र एभर्टन फुटबल क्लब किन्न अफसोर लगानीको प्रयोग ।
यी लगायत अन्य केही ठूला धनाढ्यहरुको खुलासाले विश्वका चर्चित नेता ट्रम्प, बेलायती प्रधानमन्त्री टेरेसा मे लगायत थुप्रै माथि दबाब बनाउने पक्का छ ।

लिक भएका कागजपत्रको अनुशन्धान गरेर रिपोर्ट तयार पार्न विश्वभरका ३८० पत्रकारले वर्ष दिन लगाएर ७० वर्षको तथ्यांकहरुको अध्ययन गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com