ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनितीक समिकरण, यसबाट हुने फाइदा-बेफाइदा


admin
कार्तिक २०, २०७४ सोमबार  ७ : ५९ बजे

काठमाण्डौं, २० काक्तिक । यतिबेला मुलुकमा संविधानसभाबाट संविधान जारी भएपछि पहिलो संघिय प्रणालीमा पहिलो पटक संसदीय र प्रदेशसभको निर्वाचन हुदैछ । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन केही दिनमात्र बाँकी छ । दोस्रो चरणको निर्वाचनका लागि पनि मनोनयन दर्ता भै सकेको छ । दुबै निर्वाचनमा दलहरुको उम्मेदवारीलाई आंकलन गर्ने हो भने राजनीतिमा टिकटकै लागि अपवित्र गठबन्धनदेखि पार्टीका विरासत क्ष्ँेत्र समेत उम्मेदवारी दिन चुकेका छन् ।

मुलुकको पश्चिम क्षेत्रको व्यापारिक नाका बांँकेको नेपालगञ्जमा नेपाली राजनीतिको इतिहासमा कांग्रेसको एक लौटी आधार क्ष्ँेत्र थियो । यहाँ विशेषत कोइराला परिवारकै विरासत रहदै आएको क्ष्ँेत्र हो । राणा शासनको अन्त्य हुनुपुर्व बाँकेमा कांग्रेसको राजनीति निकै सक्रिय भएको थलो समेत हो ।

२००३ सालदेखि योगेश्वर वैद्य, बाबुकृष्ण शर्मा, कुवँरकल्लु सिंह, बदलुराम हलवाई, गोपालबहादुर कर्मार्चाय, जनक बहादुर कर्मार्चाय, गोपाल बहादुर श्रेष्ठ (लम्बु गोपाल भाईराजा), सर्वज्ञमान श्रेष्ठ, युवराज शर्मा, सनत रेग्मी, बिष्णु दवाडी, कैलासनाथ कसोधन, कृष्ण परियारलगायतले निरन्तर दिएको काग्रेसी राजनीतिको नेपाली इतिहासले सधै मुल्यांकन गरिरहने छ ।

तर जीवनभरी स्वतन्त्रताको लडाईमा त्याग गरेका ती कांग्रेसीहरुको योगदानको बदलामा कांग्रेसको जिल्ला नेतृत्वले भने तिनीहरुको सबै योगदानलाई पूर्व पञ्चहरुको पाँउमा अहिलेको कंग्रेसले समर्पीत गरेका छन् ।

स्वतन्त्रताका लागि लडेकाको कांग्रेसीहरुले गणतन्त्रपछिको पहिलो निर्वाचनमै पुरानो व्यवस्थाका पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी गठबन्धनले राजनीतिक निष्ठामै गम्भीर प्रश्न खडा गरिदिएको छ । कांग्रेसका पुर्व सभापति स्वर्गीय सुशिल कोईरालाले दुई पटक निर्वाचन जितेको बाँकेमा संघिय निर्वाचनमा राप्रपाका उम्मेदवार ओमप्रकाश आजादलाई कांग्रेसकै समर्थनमा उम्मेदवार बनाएको छ । कांग्रेसले निर्वाचन छाडनुपर्ने मुख्य कारण के थियो ? सुरुमा बाँके काँग्रेसले २ नम्बर क्षेत्रको लागि भनेर आधादर्जन भन्दा बढी पुराना नेताहरुको नाम केन्द्रमा पठाए पनि कांग्रेसको रोजाईमा उम्मेदवार राप्रपा नै प¥यो । आजातको उम्मेदवार दर्तासँगै कांग्रेसका नेता–कार्यकर्ता र समर्थकहरु निराशाजनक बनेका छन् । साथसाथै बाँकेमा नेपाली कांग्रेस थप कमजोर हुने सम्भावना पनि त्यतिकै देखिन्छ । राप्रपाका केन्द्रिय सदस्य समेत रहेका आजादको उम्मेदवारी दर्ता गराउन कांग्रेस बाँकेकी सभापति एवं सुशील कोइरालाकी भाइबुहारी किरण कोइराला कार्यकर्तासहित निर्वाचन कार्यालय पुगेकी थिइन् । काँग्रेस बाँके कार्यसमिति सदस्य सुदिपनरसिङ राणाले शुशिल कोइरालाको क्षेत्र राप्रपालाई दिएर काँग्रेसले गम्भिर गल्ति गरेकोमा निराश छिन् ।

कांग्रेसीले बाँकेमा मात्र होईन सुशिल कोईरालाको निष्ठाको राजनीतिक हत्या गर्न चितवनमा समेत भ्याएको छ । सांगाठनीक रुपमा बलियो भनिएको चितवन ३ मा पनि दोस्रो संबिधानसभा निर्वाचनमा सुशिल कोईरालाले अत्याधीक मतका साथ बिजयी भएका थिए । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसकै मतको समर्थनमा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयर पद हत्याएको थियो । मेयर बन्नेमा थिइन थिइन माओवादी अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाल । तर संघिय निर्वाचनसम्म आईपुग्दा कांग्रेसले माओवादी अध्यक्ष प्रचण्डलाई पराजित गर्न राप्रपा नेता बिक्रम पाण्डेसँग चुनावी समिकरण गरेको छ । चुनावी समिकरणबाट कांग्रेसले राजनीतिक लाभभन्दा पनि बाम गठबन्धनलाई कसरी हराउन सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रित प्रष्टै देखिन्छ ।

कांग्रेसको रणनीतिक बाँके, चितवन हुंदै गोरखासम्म पुग्दा पार्टीको अनुकुलता र सुदृधिकरण भन्दा पनि प्रतिद्धन्द्धीलाई हराउने तर्फ नै लक्षित भएको छ । बाँकेमा बाम गठबन्धन, चितवनमा माओवादी अध्यक्ष र गोरखामा नारायणकाजी हराउनु कांग्रेसको मुख्य लक्ष्य बनेको देखिन्छ । संघिय समाजवादी फोरम, बाम गठबन्धन हुंदै कांग्रेसको आश्रयमा पुगेका डाक्टर बाबुराम भट्टराईलाई गोरखा २ मा कांग्रेसले उम्मेदवार बनाउनुमा कांग्रेसको राजनीतिक लाभ देखिदैन ।

हुन त राजनीतिमा दिर्घकालीन दुश्मनी कसैको कसैसँग पनि हुदैन । राजनीति भनेको क्षणिक स्वार्थ, लाभ र रणनीतिक समिकरणका लागि एकता हुने गर्छ । राजनीतिमा प्रतिद्धन्द्धीलाई हराउने उद्देश्यमात्र बोकेर समिकरणको कल्पना गर्दा मुलुकलाई मात्र होईन समिकरण गर्ने दललाई पनि उपलब्धी प्राप्त हुन नसक्ने वास्तविकता हो । तर यस्ता विषयमा मतदाता र कार्यकर्तालाई दलले कहिले बुझ्ने हुन् नेतृत्वले ?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

‘नेपालमा नियन्त्रित अस्थिरताको राजनीति’

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रणय दिवसको बहस: संस्कृतिको संकट कि भावनाको स्वतन्त्रता?

“भ्रष्टाचार नियन्त्रण र सुशासन” — निर्वाचनको प्रमूख एजेन्डा कहिले बन्छ ?

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com