ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खानपानमा विशेष ध्यान दिन चिकित्सकको सुझाव, खानामा सन्तुलन नमिलाउंदा फूड पोइजनिङ हुनसक्ने


शुभशंकर कंडेल
आश्विन १९, २०७६ आईतबार   १२ : ४८   बजे


सांस्कृतिक र सामाजिक महत्व बोकेको नेपालीहरुको महान् पर्व बडा दशैं खानपिनको पर्व पनि हो । आफन्तजन र साथीहरूसंगको भेटघाटको अवसरमा खाइने मीठो–मीठो खान्कीले कहिलेकाही रोगको ढोका खोली अस्पताल समेत पुर्याउन सक्छ । दशैंको बेला खाइने खानेकुराले फुड पोईजनिङको संभावना बढाउन सक्ने भएकाले सचेत रहन चिकित्सकले सुझाएका छन् ।

मासुका साथै चाडबाडका बेला खाइने चिल्ला, मसालेदार खानेकुरा, मिठाई, मद्यपान र धूम्रपानले नसर्ने रोगको सम्भावना बढाउन सक्छ । अस्पतालमा पनि चाडपर्वकै बेला बिरामीको संख्या निकै नै बढ्छ । चाडबाडका बेलाको अनियन्त्रित खानपानले खासगरी मुटु, कलेजो, मिर्गाैला, फोक्सोमा समस्या देखिनुका साथै मनोरोग लाग्न सक्ने चिकित्सकको भनाई छ ।

अधिक बोसोयुक्त मासु, मद्यपान र धूम्रपान गर्नु अल्पकालीन तथा दीर्घकालीन मुटु रोगलाई निम्तो दिनु हो । मुटुमा असर बढ्दै जांदा यसको असर शरीरका अन्य भागमा पनि देखिन्छ । दशैं–तिहारपछि धेरैको शरीरमा युरिक एसिडको मात्रा ३० देखि ४० प्रतिशत बढ्ने गरेको वरिष्ठ चिकित्सक डा. सुन्दरमणी दीक्षित बताउनुहुन्छ ।

चाडबाडका बेला मात्र मद्यपान गर्नेलाई अल्पकालीन र अरू बेला पनि गर्नेलाई दीर्घकालीन स्वास्थ्य समस्या देखा पर्छ । मुटुको चाल गडबडी हुदा मुटुभित्र रगत जमेर मस्तिष्कघात समेत हुनसक्छ । मद्यपानले खाने नली र पेट बीचको जङ्सन च्यातिन्छ । त्यसको असर मस्तिष्कमा समेत पदर्छ । मध्यपानसंगै बासी र बढी बोसोयुक्त मासु शरीरले पचाउन नसक्दा त्यसको असर मिर्गौलामा पर्छ । मिर्गौला कमजोर बनाउंछ, फलस्वरुप पाचन क्षमता घट्छ । चाडबाडमा साकाहारीले पनि बढि मात्रामा खाने सेलरोटी, फिनी, अनरसा आदिमा चामल, मैदा, घिउ, तेल र चिनीको मात्रा बढी हुन्छ ।

अरू बेला थोरै खाए पनि हुने तर चाडबाडमा मन लागे जति खानुपर्छ भन्ने गलत मानसिकताका कारण यो बेला पेटका बिरामी बढ्ने गरेको देखिन्छ । खानामा सन्तुलन नमिलाउंदा फूड पोइजनिङको समस्या हुने वीर अस्पतालका पेट रोग विशेषज्ञ डा. भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

सन्तुलित खानपानमा संयमता नै समस्याबाट बच्ने एकमात्र उपाय हो । चिकित्सकहरू सन्तुलित भोजनलाई यसको सूत्र मान्छन् । चिल्लो मसेलेदार खानेकाुरा माछा, मासु, मदिरा र ड्राइफूड कम खानु , रातो मासु र मदिरा कम गर्नु नै रोगको प्रवेश रोक्नु हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

सम्बन्धित

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group