ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिविको क्याम्पसमा ईञ्जिनियरिङ पढाई हुने भएपछि दाङका विद्यार्थी दङ्ग (भिडियोसहित)


एबीसी न्यूज
आश्विन १६, २०७६ बिहीबार   १२ : ५४   बजे

दाङ , १६ असोज । पछिल्लो समय दाङमा एकपछि अर्काे शैक्षिक संस्था थपिदै जादाँ जिल्ला नै शैक्षिक हव बन्दै गएको छ । दाङमा त्रिभुवन विश्वविद्यालयको प्रदेशस्तरीय इञ्जिनियरिङ क्याम्पस सञ्चालन हुने भएको छ । सातवटै प्रदेशमा सरकारी इञ्जिनियरिङ क्याम्पस सञ्चालन गर्ने सरकारको योजनाअनुसार यो वर्ष प्रदेश २, ५ र ७ मा नयां क्याम्पस थपिएको हो ।

सरकारी क्याम्पसमा इन्जिनियरिङ पढाई हुने भएपछि बिद्यार्थी र अभिभाबक खुसी भएका छन् । त्रिभुवन विश्वविद्यालयको ईन्जिनियरिङ क्याम्पस पश्चिम नेपाल मै नभएको बेला दाङमा संचालन हुनु आफैमा गरिमाको विषय बनेको छ । दाङमा प्रदेश ५ को इञ्जिनियरिङ क्याम्पस आएको भएपनि दीगो रुपमा चलाउने सक्ने इच्छाशक्ति भने देखिन आवश्यक छ । क्याम्पसमा राजनीति धेरै हुने भएकाले राजनीतिको चपेटामा नपारी दिर्घकालीन रुपमा क्याम्पस संचालन गर्ने वातावरण बनाउनुपर्ने विद्यार्थीहरु बताउंछन् ।

क्याम्पस स्थापना गर्नको लागि दुई पटकको सम्भाव्यता अध्ययनपछि प्रदेश ५ को दाङमै उपयुक्त हुने देखिएपछि इन्जिनियरिङ क्याम्पस स्थापना भएको हो । पर्याप्त जग्गा भएको त्रिभुवन विश्वविद्यालको आंगिक क्याम्पस महेन्द्र बहुमुखीकै नयां संकायको रुपमा राख्न सहज हुने प्रतिवेदन आएपछि सरकारले सोहीअनुसार निर्णय गरेको शिक्षा अभियन्ता तथा नेकपाका नेता जीवन गौतम बताउंछन् ।

अहिले त्रिभुवन विश्वविद्यालयका चारवटा इञ्जिनियरिङ क्याम्पस चलिरहेका छन् । पुलचोक, थापाथली, पोखरा र धरानमा त्रिविका इञ्जिनियरिङ क्याम्पस रहेका छन् । दाङमा इञ्जिनियरिङ कक्षा सञ्चालन भयो भने पनि सोहीस्तरको पढाई एकै शुल्कमा दाङमा हुनेछ । क्याम्पसका लेखा अधिकृत लक्ष्मण अधिकारीले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक बजेटमा सरकारले सातै प्रदेशमा इञ्जिनियरिङ क्याम्पस पु¥याउने उल्लेख गरेपछि प्रक्रिया अघि बढाउन थप सहज भएको जानकारी दिए ।

त्यसैगरी वर्तमान सरकार बनेसंगै इञ्जिनियरिङ क्याम्पस नखुलेका प्रदेशमा सञ्चालनका लागि सभाव्यता अध्ययन गर्न कार्यदल बनेको थियो । कार्यदलले भौगोलिक अवस्थिति र वातावरणीय दृष्टिले प्रदेश ५ को सरकारी इञ्जिनियरिङ क्याम्पस सञ्चालन गर्न दाङमै उपयुक्त हुने प्रतिवेदन दिएको थियो ।

सोही आधारमा आयोगका सदस्य सचिव प्रा. डा. देवराज अधिकारीको संयोजकत्वमा समिति बनाई आयोगले दोस्रोपटक सम्भाव्यता अध्ययन गरेको थियो । चालु आर्थिक वर्षको बजेटमा प्रदेश २, ५ र ७ मा नयाँ इञ्जिनियरिङ क्याम्पसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि ८९ लाख ८० हजार बजेट विनियोजन गरेको महेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख निश्चल हमालले बताए ।
क्याम्पसलाई स्थायित्व दिनको लागी दाङबासी लगायत क्याम्पस प्रशासन, अभिभावक, विद्यार्थी र सरकारले ध्यान दिन भने आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

सम्बन्धित

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group