ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रम्भापानी मन्दिरमा मूर्ती जोगाउने उपाए अपनाउन थालिएको पुग्यो ४४ बर्ष (भिडियोसहित)


एबीसी न्यूज
आश्विन १०, २०७६ शुक्रबार  १ : ४५ बजे

पाल्पा,१० असोज  । पाल्पाको रम्भापानी मन्दिर मा रहेको मूर्ती जोगाउने उपाए अपनाउन थालेको करिव ४४ बर्ष पुग्न थाल्यो । मुर्ती चोरि हुने डरले आजको दिनसम्म पनि मुर्ती घरमै लगेर राख्ने चलन यथावत रहेको छ ।

पाल्पाको रम्भा गाउँपालिका–५, ताहुँमा रम्भादेवीको मन्दिर रहेको छ । धार्मिक र पर्यटनका हिसावले रम्भापानी मन्दिरको महत्व निकै ठुलो रहेको छ । मन्दिरमा देवीदेवताको मूर्ति राखेपछि सकेसम्म त्यहाँ बाट झिकेर अन्यत्र लगिदैन भन्ने मान्यता भएता पनि रम्भादेवी मन्दिरका पुजारीहरुले पुजापाठ सकेर दिनहुँ मूर्ती डोकोमा बोकेर घरमै लैजाने गरेका छन् । मन्दिर नजिककैको ताहुँ बजारमा मुर्ति लाने गरिएको छ ।

२०३२ सालमा सुनको जलप लगाएको रम्भादेविको मूर्ती मन्दिरबाटै चोरी भएपछि सुरक्षाका लागि पुजारीहरुले डोकोमा बोकेर मूर्ति ल्याउने र लैजाने गर्दै आएका हुन् । मन्दिरका दुई जना पुजारी मध्ये एक जनाले मूर्ती र शीला बोकेर मन्दीरमा आउँछन् । अर्का पुजारीले अक्षता घर– घरमा उठाउँदै मन्दिर पुग्ने गर्छन् ।पाल्पा, स्याङजा, गुल्मी, अर्घाखाची, रुपन्देही लगायतका जिल्लाका वासिन्दाका लागि रम्भा देवी मन्दिर महत्वपूर्ण तीर्थस्थलका रुपमा रहेको छ । बस्तिदेखी टाढाको घना जंगलको वीचमा रम्भापानीको मन्दिर रहेकोले पनि रातीको समयमा मुर्ती चोरी हुने गरेको बताउ“छन् रम्भादेवी पर्यटन विकास प्रतिष्ठान पाल्पाका अध्यक्ष बिनोद श्रेष्ठ ।

बाह्रै महिना शीतल हुने यस रम्भादेवी मन्दिर क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरि प्रशस्त आम्दानी लिन सकिने स्थानीय वासिन्दा बताउ“छन् । मन्दिरमा छिमेकी जिल्ला स्याङ्जा, गुल्मी, अर्घाखाँची, पर्वत, रुपन्देही, नवलपरासीका साथै भारतका तिर्थालुहरु समेत आउने गरेका छन् । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वले धनी रम्भादेवी मन्दिर जिल्ला सदरमुकाम तानसेनदेखि करिब ३१ किलोमिटर पूर्वको रम्भापानीको जङ्गलभित्र अवस्थित रहेको छ । मन्दिरको महत्व अनुसार स्थानीय तहले सुरक्षाको ब्यावस्था गर्न सकेमा दैनिक मुर्ती घरमा लानु पर्ने समस्या हटेर जाने थियो कि ?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश विवाद चर्कियो: राष्ट्रपति परामर्शमा, विपक्ष आक्रामक

एकमुष्ट खारेजीको तयारी: १२०० भन्दा बढी राजनीतिक नियुक्ति हटाइने

सम्बन्धित

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com