ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रम्भापानी मन्दिरमा मूर्ती जोगाउने उपाए अपनाउन थालिएको पुग्यो ४४ बर्ष (भिडियोसहित)


एबीसी न्यूज

पाल्पा,१० असोज  । पाल्पाको रम्भापानी मन्दिर मा रहेको मूर्ती जोगाउने उपाए अपनाउन थालेको करिव ४४ बर्ष पुग्न थाल्यो । मुर्ती चोरि हुने डरले आजको दिनसम्म पनि मुर्ती घरमै लगेर राख्ने चलन यथावत रहेको छ ।

पाल्पाको रम्भा गाउँपालिका–५, ताहुँमा रम्भादेवीको मन्दिर रहेको छ । धार्मिक र पर्यटनका हिसावले रम्भापानी मन्दिरको महत्व निकै ठुलो रहेको छ । मन्दिरमा देवीदेवताको मूर्ति राखेपछि सकेसम्म त्यहाँ बाट झिकेर अन्यत्र लगिदैन भन्ने मान्यता भएता पनि रम्भादेवी मन्दिरका पुजारीहरुले पुजापाठ सकेर दिनहुँ मूर्ती डोकोमा बोकेर घरमै लैजाने गरेका छन् । मन्दिर नजिककैको ताहुँ बजारमा मुर्ति लाने गरिएको छ ।

२०३२ सालमा सुनको जलप लगाएको रम्भादेविको मूर्ती मन्दिरबाटै चोरी भएपछि सुरक्षाका लागि पुजारीहरुले डोकोमा बोकेर मूर्ति ल्याउने र लैजाने गर्दै आएका हुन् । मन्दिरका दुई जना पुजारी मध्ये एक जनाले मूर्ती र शीला बोकेर मन्दीरमा आउँछन् । अर्का पुजारीले अक्षता घर– घरमा उठाउँदै मन्दिर पुग्ने गर्छन् ।पाल्पा, स्याङजा, गुल्मी, अर्घाखाची, रुपन्देही लगायतका जिल्लाका वासिन्दाका लागि रम्भा देवी मन्दिर महत्वपूर्ण तीर्थस्थलका रुपमा रहेको छ । बस्तिदेखी टाढाको घना जंगलको वीचमा रम्भापानीको मन्दिर रहेकोले पनि रातीको समयमा मुर्ती चोरी हुने गरेको बताउ“छन् रम्भादेवी पर्यटन विकास प्रतिष्ठान पाल्पाका अध्यक्ष बिनोद श्रेष्ठ ।

बाह्रै महिना शीतल हुने यस रम्भादेवी मन्दिर क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरि प्रशस्त आम्दानी लिन सकिने स्थानीय वासिन्दा बताउ“छन् । मन्दिरमा छिमेकी जिल्ला स्याङ्जा, गुल्मी, अर्घाखाँची, पर्वत, रुपन्देही, नवलपरासीका साथै भारतका तिर्थालुहरु समेत आउने गरेका छन् । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वले धनी रम्भादेवी मन्दिर जिल्ला सदरमुकाम तानसेनदेखि करिब ३१ किलोमिटर पूर्वको रम्भापानीको जङ्गलभित्र अवस्थित रहेको छ । मन्दिरको महत्व अनुसार स्थानीय तहले सुरक्षाको ब्यावस्था गर्न सकेमा दैनिक मुर्ती घरमा लानु पर्ने समस्या हटेर जाने थियो कि ?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com