ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रत्ननगरका बाढी प्रभावितलाई जर्मनीबाट सहयोग


admin

रत्ननगर, चितवन, १५ कात्तिक । चितवनको रत्ननगरका बाढीपीडितलाई जर्मनीबाट रु चार लाख ४० हजार सहयोग भएको छ ।

रत्ननगर नगरपालिका–८ सौराहास्थित रमाइलो बस्तीका २२ घर बाढी प्रभावितलाई जर्मनीको अफ्रिका–लुज द–इचलान भन्ने संस्थामार्फत आज यसरी सहयोग गरिएको हो । गत साउन २८ गते आएको बाढीले घर बगाउँदा स्थानीयवासी घरबारविहीन भएका थिए भने केही घर भत्किएको थियो ।

विपन्न परिवारका बाढीपीडित रहेकाले उनीहरुलाई प्रतिघर रु २० हजारका दरले सो राहत प्रदान गरिएको सहयोगको संयोजन गर्नुहुने होटल पार्क साइड सौराहाका सञ्चालक शिरलाल परियारले जानकारी दिनुभयो ।

नेपाल र अफ्रिकामा सहयोग गर्दै आएको उक्त संस्थाकी उपाध्यक्ष बारबारा बेर्नाले नेपालको विपन्न परिवारका बाढी प्रभावितलाई सहयोग गर्न पाएकामा आफूलाई खुशी लागेको भन्दै आगामी दिनमा पनि सहयोग जारी राख्ने बताउनुभयो । जर्मनीका प्राध्यापक डा दाउसको नेतृत्वमा स्थापना भएको अफ्रिका–लुज द–इचलान नामक संस्थाले अफ्रिका र नेपालमा निःशुल्क आँखा शिविर र आँखाको शल्यक्रियासमेत गर्दै आएको छ ।

नेपालमा ग्रिन सोसाइटी सौराहाको विभिन्न कार्यक्रममा सहयोग गर्दै आएको उक्त संस्थाले यसअघि भूकम्पपीडितलाई समेत सहयोग गरेको उपाध्यक्ष बेर्नाले जानकारी दिनुभयो । उक्त संस्थाकी व्यवस्थापक इसावेल हाउसटाइनले यो सहयोगले बाढी प्रभावितलाई केही भने पनि राहत मिल्ने उल्लेख गर्नुभयो । उनीहरुले भूकम्प प्रभावित क्षेत्रमै पुगेर आज सहयोग हस्तान्तरण गरेका थिए । साउन २८ गते आएको बाढीले चितवनका सौराहा क्षेत्र बढी प्रभावित बनाएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा रत्ननगर नगरपालिका–८ का वडाध्यक्ष विनोद बस्नेतले विदेशबाट आएर राहत सहयोग गर्नु महत्वपूर्ण कुरा भएको भन्दै सहयोगका लागि धन्यवाद व्यक्त गनुृभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा १ करोड सहयोगको घोषणा

बिहुँकोट हेल्प नेटवर्क यूकेको साधारण सभा :नयाँ कार्यसमिति अध्यक्षमा शिव कँडेल

समाजसेवी सुष्मा गुरुङ ‘इम्प्लोइ अफ द इयर २०२३’ बाट पुरस्कृत

मलेसियामा भारत र चीनका नागरिक भिसाबिनै प्रवेश पाउने

कियाचु अमेरिकाले मनायो बलिहाङ तङनाम

एकपटक काटेको गाँजबाट पुनः धान उत्पादन गर्न चीनलाई सफलता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com