ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २९, २०८३ शुक्रबार
प्रधानमन्त्रीको संसदमा स्पष्टीकरण अनिवार्य #abctvnepal -एमालेको बटमलाइन #balen#abcwatch #bignews
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आत्महत्या गर्नेको संख्या निकै डरलाग्दो,९० प्रतिशत मानसिक र व्यावहारिक समस्या (भिडियोसहित)


एबीसी न्यूज
भाद्र २५, २०७६ बुधबार   ५ : ५०   बजे

काठमाडौं, २५ भदौ । पछिल्लो सयम स्वमरण अर्थात् आत्महत्या गर्नेको संख्या निकै डरलाग्दो छ । दाङमा दैनिक सरदर करिब १ जनाले आत्महत्या गर्ने गरेको पाईन्छ । दाङमा गत आर्थिक बर्ष २०७५/७६ मा २०९ जनाले आत्महत्या गरेका थिए । झुण्डिएर ६३.६ प्रतिशत र विष सेवन गरी ३६.१३ प्रतिशतले आत्महत्या गरेका थिए । यसरी दैनिक विकराल रुपमा बढ्दै गएको आत्महत्या रोक्नको लागी कुनै पनि निकायले केही कदम चालेको देखिँदैन ।

आत्महत्याका घटना दैनिक रुपमा बढ्दै जाँदा समस्या न्यूनिकरणमा खासै चासो जान सकेको छैन । मानिसले आत्महत्या किन गर्छ भन्ने विषयमा न त सरोकारवाला निकाय गम्भीर बन्न सकेको छ न त समाज नै । बिनाकारण गर्ने आत्महत्याले समाजलाई गलत दिशातिर लगिरेहको छ । सामाजिक तिरस्कार, आर्थिक अभावका, जिवनमा असफलताका साथै विभिन्न अन्य कारणले आत्महत्याका घटना बढेका छन् । तुलसीपुर उपमहानगरपालिका न्यायिक समिति संयोजक माया आचार्य भन्छिन् ।

जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार दाङमा दैनिक सरदर १ जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । स्वमरणमा १५ देखि २९ वर्षसम्म र ७५ वर्षभन्दा माथीका नागरिक बढी रहेका छन् । तर परिवार, समाजले उनीहरुको अवस्था बुझ्न सके आत्महत्याको ८० प्रतिशत रोक्न सकिने तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर गोकर्ण दाहालको भनाई छ । आत्महत्या गर्न उकास्नेलाई कारवाही हुने व्यवस्था छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक भिमबहादुर कार्की भन्छन् ।

आत्महत्या आफैंमा पनि ठूलो अपराध हो तर पनि अशिक्षा, बढ्दो बेरोजगारी, असफल प्रेम, आर्थिक समस्या लगायतका कारण स्वमरण सामाजिक समस्या बनेको छ । मनमा कुराहरु आफैंभित्र लुकाएर नराखि आफ्नो नजिकको मानिससँग खुलेर कुरा गर्न सक्यो भने समस्या न्यूनिकरण गर्न सकिने सक्ने मनोबिद् शुसिला आचार्य बताउँछिन् । सामाजिक समस्याको रुपमा विकराल बन्दै गरेको स्वमरण रोक्न सामाजिक सचेतना वृद्धि गर्न आवश्यक छ । त्यसैले यसतर्फ सरोकारवाला निकायका साथै स्वयम् आफैंले पनि ध्यान दिने हो कि ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन मुलुकलाई प्रतिगमनतिर धकेल्दै, नेकपा कसरी प्रतिरोध गर्ने योजनामा छ ? : देव गुरुङ (भिडियो)

अदालतको फैसलाअनुसार भाडा तिर्छौं–दमनकारी नीति अख्तियार गरे ७ सय उद्योगी गिरफ्तारी दिन तयार छौँः अध्यक्ष आलम

सम्बन्धित

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

गणतन्त्रका परजीवीहरू

दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group