काठमाडौं, २५ भदौ । पछिल्लो सयम स्वमरण अर्थात् आत्महत्या गर्नेको संख्या निकै डरलाग्दो छ । दाङमा दैनिक सरदर करिब १ जनाले आत्महत्या गर्ने गरेको पाईन्छ । दाङमा गत आर्थिक बर्ष २०७५/७६ मा २०९ जनाले आत्महत्या गरेका थिए । झुण्डिएर ६३.६ प्रतिशत र विष सेवन गरी ३६.१३ प्रतिशतले आत्महत्या गरेका थिए । यसरी दैनिक विकराल रुपमा बढ्दै गएको आत्महत्या रोक्नको लागी कुनै पनि निकायले केही कदम चालेको देखिँदैन ।
आत्महत्याका घटना दैनिक रुपमा बढ्दै जाँदा समस्या न्यूनिकरणमा खासै चासो जान सकेको छैन । मानिसले आत्महत्या किन गर्छ भन्ने विषयमा न त सरोकारवाला निकाय गम्भीर बन्न सकेको छ न त समाज नै । बिनाकारण गर्ने आत्महत्याले समाजलाई गलत दिशातिर लगिरेहको छ । सामाजिक तिरस्कार, आर्थिक अभावका, जिवनमा असफलताका साथै विभिन्न अन्य कारणले आत्महत्याका घटना बढेका छन् । तुलसीपुर उपमहानगरपालिका न्यायिक समिति संयोजक माया आचार्य भन्छिन् ।
जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार दाङमा दैनिक सरदर १ जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । स्वमरणमा १५ देखि २९ वर्षसम्म र ७५ वर्षभन्दा माथीका नागरिक बढी रहेका छन् । तर परिवार, समाजले उनीहरुको अवस्था बुझ्न सके आत्महत्याको ८० प्रतिशत रोक्न सकिने तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर गोकर्ण दाहालको भनाई छ । आत्महत्या गर्न उकास्नेलाई कारवाही हुने व्यवस्था छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक भिमबहादुर कार्की भन्छन् ।
आत्महत्या आफैंमा पनि ठूलो अपराध हो तर पनि अशिक्षा, बढ्दो बेरोजगारी, असफल प्रेम, आर्थिक समस्या लगायतका कारण स्वमरण सामाजिक समस्या बनेको छ । मनमा कुराहरु आफैंभित्र लुकाएर नराखि आफ्नो नजिकको मानिससँग खुलेर कुरा गर्न सक्यो भने समस्या न्यूनिकरण गर्न सकिने सक्ने मनोबिद् शुसिला आचार्य बताउँछिन् । सामाजिक समस्याको रुपमा विकराल बन्दै गरेको स्वमरण रोक्न सामाजिक सचेतना वृद्धि गर्न आवश्यक छ । त्यसैले यसतर्फ सरोकारवाला निकायका साथै स्वयम् आफैंले पनि ध्यान दिने हो कि ?
प्रतिक्रिया दिनुहोस्