ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिर्णोद्वार गरिदै कमलपोखरी : गुमनाम बनेको ऐतिहासिक कमलपोखरी पुर्नजिवन पाउदै (भिडियोसहित)


एबीसी न्यूज

‘काठमाडौं,  २१ भदौ । काठमाडौ उपत्यका ऐतिहासिक सांस्कृति र पुरातात्विक सम्पदाले भरिपूर्ण छ । तर जिम्मेवारहरुको बेवास्ताका कारण कमलपोखरी जस्ता ऐतिहासिक पोखरी डम्पिङ साइट जस्तै बन्दै गएको छन । सरकारको बेवास्तासंगै स्थानीयको चासो नहुदा फोहोर फाल्ने स्थान बनेको कमलपोखरीको जिर्णाेद्वार गरि पुरानै अवस्थामा फर्काउने प्रयास शुरु भएकोे छ ।

काठमाडौ महानगरपालिकाले कमलपोखरी जिर्णाेद्वार गर्न शुरु गरेको छ । कमलपोखरीलाई पुरानै अवस्थामा फर्काउन जिर्णाेद्वार गर्न लागिएको हो । काठमाडौ महानगरपालिका र कंडेल निर्माण सेवा कम्पनीबीच १ वर्ष भित्र सम्पन्न गर्ने गरि संझौता भएको छ । ६ करोड ५९ लाख ६ हजार ४४ कुल लागतमा जिर्णाेद्वार हुन लागेको हो । आर्थिक वर्ष २०७६⁄०७७ मा हरियाली पार्क निर्माण गर्न र त्यो योजना मध्ये सबै भन्दा ठूलो योजना कमलपोखरी भएको महानगरपालिकाले बताएको छ । महानगर भित्रको ऐतिहासिक पोखरी कमल पोखरी भएकाले यसको जिर्णाेद्वार गर्न लागिएको काठमार्डौ महानगरपालिका प्रवक्ता इश्वर डंगोलले बताए ।

कमलपोखरी जिर्णाेद्वार मौलिकतामा हुने भएको छ । वास्तुशास्त्रमा आधारित भएर जिर्णोद्वार हुन लागेको हो । गेटलाई नेपाली कला र सीपको प्रयोग गरि स्वरुप दिइने छ । त्यसै नेपाली इट्टा ढुंगा प्रयोग गरेर निर्माण गरिने भएको हो । विगतमा लामो समय डम्पिङ साइट जस्तो बनेको कमलपोखरी अब पुर्नजिवन पाउने आशा गरिएको छ । कमल पोखरीको पुनर्निर्माण गर्दा पुरानो डिजाइनका नयां स्वरुपमा निर्माण गर्न लागेको छ । कमलपोखरीको क्षेत्रफल ३५ रोपनी ७ आना रहेको छ । चारैतिर कमलको फूल भएको साना साना पोखरी बन्नेछन् । पोखरी आसपासमा नेपालीपना झल्काउन छाना बनाउने, विभिन्न ठाउ“मा चैत्य राख्ने, पा“चओटा मकरधार निर्माण गर्ने तयारी भएको इन्जिनियर प्रेम श्रेष्ठले बताए ।

वर्षात नसकिएकोले निर्माण गर्न अप्ठ्यारो भएकोले पानी निकासमा समस्या भएको कम्पनीले बताएको छ । पानीको सतह र निकासका बारेमा अझै समस्या भएकोले काम गर्न गाह्रो भएको छ । तर कम्पनीले सम्झौता अनुसार १ वर्ष भित्रमै सक्ने निर्माण सम्पन्न गरिसक्ने कम्पनी प्रतिनिधि अर्जुन कंडले बताए ।गुमनाम जस्तै बनेको कमलपोखरीलाई पुरानै अवस्थामा फर्काउन गरिएको सरकारी प्रयास निकै राम्रो छ । ऐतिहासिक तथा पुरातात्विक महत्वका यस्ता संपदाको जिर्णाेद्वारबाट संरक्षण गर्नु जति नै सह्रानिय छ । उति नै यसको संरक्षण संरक्षणका लागि पनि अहिले देखि सोचिनु आवस्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com