ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनकपुर मन्दिरमा प्रतिबन्धित अश्लिल आरकेष्ट्रा प्रदर्शन, आरकेष्ट्रा नचाउन मन्त्रीको आड (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं,  २१ भदौ । आरकेष्ट्रा ना“च अश्लिल नृत्य हो, तर भौतिक योजना मन्त्री रघुवीर महासेठको संरक्षण र स्थानीय प्रहरी प्रशासनको मिलेमतोमा जनकपुरमा अश्लिल ना“च प्रदर्शन भएको छ । स्थानीय प्रशासनबाट प्रतिबन्धित आरकेष्ट्रा मन्त्री सेठकै संरक्षणमा गणेश मन्दिरमा तीनदिन देखि नचाइएको छ । जनकपुरधामस्थित गणेश युवा कमिटीले गणेश पूजाको नाममा अश्लिल आरष्केष्ट्रा प्रदर्शन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले महिला नर्तकी अर्थात भारतको विहारबाट भाडामा मगाइने नर्तकीको ना“च प्रतिबन्ध लगाएको छ । अश्लिल गीतमा नृत्य गरिने यो ना“च समाजमा अश्लिलता प्रदर्शन गर्ने गरि नाचिन्छ । तर जनकपुर धामको गणशे युवा कमिटीको नामको एक यूवा समूहले यस्ता अश्लिल ना“च नचाउदै आएको छ । सदरमुकाममै यस्ता अश्लिल नृत्य प्रदर्शन हुदा प्रहरी बेखबर छ । जिल्ला प्रहरी कार्यालयले जनकपुरको जीरोमाईलमा नचाउ“दै गरेको आरकेष्ट्रा बन्द गरिएको भनिएपनि रोकिएको छैन, स्वयं प्रहरी दर्शक बनेर प्रहरीको निययतमाथि प्रश्न उठेको छ, प्रदर्शनीको क्रममा जानकी प्रहरी चौकीका सई राजदेव कुमार यादव समेत त्यही तैनाथ भएर आरकेष्ट्रा हेरिरहेका थिए ।

जिल्ला प्रहरी कार्यालयदेखि करिब ३०० मिटरको दुरीमा मात्र रहेको रामचोकमा रातभरी अश्लिल गीतमा आरकेष्ट्रा हु“दा प्रहरी अनभिज्ञ रहेको छ । यस्ता कार्यक्रम प्रदर्शनीमा रोक लगाइएकोले यसबारे कुनै जानकारी नभएको भन्दै प्रहरी पन्छिन खोजेको छ । तर स्वयं प्रहरी नै प्रदर्शनमा देखिनुले प्रहरीको भूमिकामाथि शंका उब्जिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले यस्ता कार्याक्रम प्रदर्शनको लागि कुनै अनुमति कसैले नलिएकोले समेत बताएको छ । प्रदर्शनमा प्रहरीको कुनै उपस्थिति नभएकोले यसबारे कुनै जानकारी नभएको प्रहरी नायव उपरिक्षक रामेश्वर कार्की बताउ“छन्

भोजपुरी भाषाको विभिन्न अश्लिल एवम् दोहारो अर्थको शब्दहरु प्रयोग गरी बनाइएको गीतहरुमा अश्लिल तरिकाले नृत्य भएपछि विवाद समेत भएको थियो । आरकेष्ट्राकै क्रममा महाबीर एक सर्वसाधारणमाथि हातपात समेत भएको थियो । प्रहरी स्वयंमको उपस्थितिमा प्रतिबन्धित ओरकेष्ट्रा नचाएपछि प्रहरीकै संरक्षणमा कार्यक्रम गरिएको भन्ने प्रहरीमाथि आरोप छ । तर यसबारे जिल्ला प्रहरी कार्यालय धनुषाले भने त्यसलाई अस्विकार गरेको छ । यतिमात्रै होइन, गत ३ दिनअघि मात्र संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले गणेश मन्दिरको उद्घाटन गरेका थिए । गणेश युवा कमिटीले धनुष सागर पोखरीको डिल कब्जा गरी बनाइएको गणेश मन्दिर बनाएको छ ।

विगत कैयौं वर्षदेखि धनुषसागर पोखरीको पश्चिमी डिलमा बलपूर्वक कब्जा जमाएर बसेका गणेश युवा कमिटिले यसपाली मन्दिर नै निर्माण गरेका छन् । यसअघि धनुषसागरकै डिल कब्जा गरी बैशाखी निर्माण गरेर आफ्नो नाममा सँचालन पनि गर्दै आएको छ । मन्त्री महासेठ गणेश युवा कमिटीको अगुवाईमा नवनिर्मित गणेश प्रतिमाको प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुन मंगलबार जनकपुर पुगेका थिए । मन्त्री महासेठ गणेश पूजनोत्सवमा सहभागी भए पनि सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेनन् । मन्त्री महासेठको कार्यक्रममा दर्शक कमै देखिएपछि सम्बोधन नगरिकन फर्केका थिए । तर ओरकेष्ट्राबारे गणेश युवा कमिटिका अध्यक्ष सुनिल दासले आरकेष्ट्रा नभएको दावी गरेका छन्

स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको महिला नर्तकी अश्लिल गीतमा नृत्य प्रदर्शन गरिनु समाजमा अश्लिल प्रदर्शन गर्नु हो । तर स्थानीय गणेश युवा कमिटिले मन्त्री र प्रहरीको मिलेमतोमा नृत्य प्रदर्शन गर्नु सामाजिक मूल्य मान्यताको खिल्ली उडाउनु नै हो । यसको साथै कानुनलाई चुनौति दिनुपनि हो । यसर्थ यस्ता समाजलाई गलत सन्देश दिने कार्यक्रम संचालक र त्यस्ता संचालकलाई संरक्षण गर्ने कार्वाही गर्न आवस्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com