ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकीय नगरीे ‘झोंछे’: मौलिकता हराउदै गएपछि, आजभोलि संसा“झै सुनसान (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं,  २१ भदौ । राजधानीको वसन्तपुर क्षेत्रमा रहेको पुरानो पर्यटकीय नगरीे ‘झोंछे’ ओझेलमा परेको छ । पर्यटकीय हिसाबले निकै चर्चा बटुलेको झोछेमा पछिल्लो समय मैलिकता हराउदै गएको छ । मौलिकता हराउदै गएपछि पर्यटकको आर्कषणमा रहेको झोंछे अहिले सुनसान जस्तै छ ।

राजधानीको वसन्तपुर क्षेत्रमा रहेको पुरानो पर्यटकीय नगरीे ‘झोंछे’को मौलिकता हराउदै गएको छ । मौलिकता हराएसंगै पर्यटको संख्यामा कमि आएको छ । २०७२ सालको भुकम्प अगावै पर्यटन आउने सख्या कमि भएको थियो । तर भुकम्प पश्चात त लगभग ठप्प जस्तै छ । भूकम्पले भौतिक संरचना ढलेपछि पर्यटक आगमन कमि भएको हो । एकताका पर्यटकहरुको पहिलो रोजाई परेको थियो झोछे, हिमाल आरोहण गर्न आउने भन्ने वाहनामा पर्यटक झोंछमा रमाउथे, पर्यटक गाजा तान्ने चाहाना र वाहानामा रातभर गितारको धुनमा रमाउथे । तर हिजोको त्यो झोंछे , आजभोलि संसा“झै सुनसान हुन्छ् ।

आजभोलि ओझेलमा परेको यो पर्यटकीय नगरी झोंछे वसन्तपुरको नौतले दरबार अगाडि छ । यो क्षेत्र सन् १९६० देखि सन् १९७० को दशकमा हिप्पीहरूको केन्द्रको रूपमा चर्चित थियो । झोछेको पर्यटकीय गतिविधि हाल ठमेल र झम्सीखेलमा स्थानान्तरण भएको छ । मुलतः यसको मौलिकतासंगै जिम्मेवारहरुको बेवास्ताका कारण छांयामा परेको हो । तर स्थानीयको सक्रृयतामा पछिल्लो समय झोंछलाई व्यूझाउने प्रयास शुरु भएको छ । पहिलाको जस्ते मौलिक परम्परा र्धम संस्कृति मठमन्दिर सस्कृति व्यवस्थित गर्न थालिएको छ । सामाजिक अभियन्ताहरू पुरानो पर्यटकीय क्षेत्रलाई अब सुन्दर,सफा र व्यवस्थित गर्ने योजना र प्रविधियुक्त व्यवस्थापन गर्ने लक्ष्य लिएको टोल सुधार समितिको अध्यक्षय सुवास शाही बताउछन् ।

कुनै समय लाखौं पर्यटक आउने ठाउ“मा औंलामा गन्न सकिने मात्र पर्यटक आउने गर्छन् छ । पहिलाको जस्तै पर्यटक आएर रमाउने वातावरण सिर्जना गर्ने प्रयास शुरु भएको छ । पुरानै मौलिकतालाई पुर्नजिवन दिन सके झोंछेको पुरानै मुहार देख्न पाइने थियो । तर अहिले पुराना मौलिकको स्वादलिन र रमाउनको यहां पाइदैन । झोंछेमा आउने पर्यटनलाई झोंछे प्रवेश गर्नका लागि बढि रकम लिइनाले पनि झोछेमा पर्यटक आउन कमि भएको हो । पर्यटक आगमन न्यून हुदा होटल लज क्यासीने व्यावसायी समस्यामा परेका छन् । होटल लजमा पर्यटन आउने रात भरी रमाइले गर्ने गरेको अहिले अन्तरिक पर्यटन मात्र आउने गरेका छन् । टोल सुधार समितिले सञ्चालन पार्किङ तथा संरचनालाई व्यवस्थित गर्न थाले पछि केहि पर्यटन आउने सख्यामा केही वृद्धि भएको छ । झोंछे प्रवेश गर्न रकम वढि लिदा पर्यटनको संख्या कमि भएको व्यवसायी वताउछन् ।

पर्यटक नगरी झोंछेमा हाल इन्द्रजात्रामा मात्र पर्यटन आउने गर्दछन् । टोल नगरको सहयोग त रहेको छ तर सरकारी निकायबाट पनि पहिलाको जस्तै झोंसे बनाउन ध्यानार्कषण भएमा सा“चिकै पहिलाको जस्तो झोंछे हेर्न पाइनथ्यो होला । मौलिकताको गन्तव्य झोछेलाई पुरानो अवस्थामा फर्काउन स्थानीय प्रदेश र संघीय सरकारको ध्यान पुग्न सक्यो भने भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्नेमा दुइमत छैन ।

https://www.youtube.com/watch?v=NMLV2eRwkqg

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com