
अमेरिका, १७ भदौ । अमेरिकाले तालिबान लडाकु समूहसंगको सैद्धान्तिक सहमतिको रूपमा २० हप्ताभित्र ५४ सय फौज फिर्ता लैजाने वाशिङटनले जनाएको छ ।
अफगान नेताहरूलाई जानकारी गराएपछि जालमाइ खलिलजादले एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा बहुप्रतीक्षित सहमतिको विस्तृत विवरण पहिलो पटक सार्वजनिक गरेका हुन् । तर उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सहमतिलाई अनुमोदन गर्नुपर्ने बताए । उनको अन्तर्वार्ता प्रसारण भएपछि राजधानी काबुलमा एउटा ठूलो विस्फोट भएको छ । तालिबान समूहले हमलापछाडि आफ्नो हात रहेको जनाएको छ । विस्फोटमा ५ जना सर्वसाधारण मारिएका छन् भने कैयौं घाइते भएका छन् ।
अफगान फौजलाई लक्षित गरी आक्रमण गरेको तालिबानले जनाएको छ । विदेशीहरू बस्दै आएको एउटा भवनको परिसरलाई बमले निशाना बनाएको थियो ।








प्रतिक्रिया दिनुहोस्