ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिउँद बर्खा खस्ने रिल पहिरोको जोखिम


एबीसी न्यूज
भाद्र १५, २०७६ आईतबार  ३ : ५४ बजे

 

काठमाडौं, १५ भदौ । हिउँद होस् या बर्खा जहिल्यै पहिरो खस्छ, मार्मा गाउँपालिका–३ स्थित रिल पहिरोमा । विसं २०४२ को भूकम्पपछि यस क्षेत्रमा पहिरो खस्न थालेको हो । पहिरो खस्न थालेकै ३४ वर्षभन्दा बढी भयो ।

निरन्तर खसिरहने पहिराका कारण सल्लेथुमका दर्जनभन्दा बढी परिवार विस्थापित भएका छन् । सल्लेथुम डाँडाबाट हिउँद–बर्खा निरन्तर ढुङ्गा–गिट्टी झर्ने क्रम हुने गर्दछ । रिल पहिराका कारण विटुले–पारिबगर सडक खण्ड बेलाबेलामा अवरुद्धसमेत हुने गरेको छ । झण्डै ३०० मिटर क्षेत्रमा रिल पहिरो फैलिएको छ । अहिले सल्लेथुम क्षेत्रमा चार–पाँच परिवारको मात्र बसोवास छ । पहिराकै कारण यहाँका स्थानीय विस्थापित भएका हुन् । खेतीयोग्य जमीन पूरै पहिराले बगाएपछि स्थानीयवासी निकै चिन्तित छन् ।

“बर्खाको समयमा पानी प¥यो भने पहिरा हेररै बस्नुपर्ने हुन्छ, पैसा हुनेहरु अन्य ठाउँमा बसाइँसराइ गरे, हामी यतै छौँ, पटक–पटक उचित ठाउँमा बस्ती व्यवस्थापन गर्न भनेका छौँ, अहिलेसम्म राज्यले हेरेकै छैन”, यस क्षेत्रमा बस्दै आउनुभएका पहिरापीडित वीरेन्द्र विष्टले भन्नुभयो, “पहिरामाथि घर छ, घरभन्दा पाँच मिटर तलसम्म पहिरो पुगेको छ, कुन दिन यहीँ बचेका घरहरु पनि यहीँ पहिरामा जान्छ थाहा छैन ।”

दर्जन परिवार यसअघि कोही मार्माकै सार्सी र कोही तपोवनमा घर जग्गा किनेर बसेका छन् । पैसा नहुने अहिले पनि हिउँद–बर्खाको पहिरा हेरेरै बस्नु परेको छ । अन्य क्षेत्रमा बसाइँ सर्न पनि जग्गाजमीन छैन । रिल पहिरा क्षेत्रको झण्डै ५०० मिटर माथिबाट पहिरो आइरहन्छ ।

“भूकम्पले दरार बनाएपछि भित्र पानी पस्यो”, विष्टले भन्नुभयो, “त्यसपछि यो क्षेत्र जहिल्यै पहिरो खसिरहने रिल पहिरोका रूपमा परिचित भयो । अहिले पनि पहिरोको भित्र पानीको मुहान छ । भित्र पानी बग्छ माथिबाट पहिरो खस्छ ।”

स्थानीयवासी रनवीर विष्टका अनुसार पहिरा गएपछि यहाँका स्थानीयवासीले राहत क्षतिपूर्तिसमेत पाउँदैनन् । विगतमा विटुले पारिबगड सडक निर्माणका क्रममा ग्रामीण विकेन्द्रित पूर्वाधार कार्यक्रमले डोजर लगाएर सडक काटेपछि झनै जोखिम बढेको हो । पहिराको गति रोक्नका लागि ठाउँठाउँमा ग्याबिन जाली राखिए पनि पहिरा रोक्न सक्दैन । पहिराको मुहान नरोकिएका कारण गाउँमा बस्नै समस्या हुने गरेको छ ।

पहिराका कारण हरेक वर्ष सडक अवरुद्ध हुँदै आएको छ । सडक पन्छाउँदै जीप सञ्चालन गर्ने गरे पनि एक साताभन्दा बढी समयसम्म टिक्दैन । यही सडकले स्थानीयवासी होस् या यातायात व्यवसायी सबैलाई समस्या सिर्जना गरेको छ । अहिले स्थानीय सरकारले पहिरा क्षेत्रमा पालिकाकै डोजर लगाएर सडक खुलाउने काम गर्ने गरिएको मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताउनुभयो । उहाँले निरन्तर सानो सानो ढुङ्गा खसेर सडक अवरुद्ध हुने बित्तिकै गाउँपालिकाले सडक खुलाउने गरेको छ बताउनुभयो । उहाँका अनुसार विगतको जस्तो लामो समय सडक अवरुद्ध हुन दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

सरकारको ४० दिन: निर्णयमा आक्रामकता, नीतिमा अन्योल र सुकुम्बासी संकटले बढायो दबाब (भिडियो सहित)

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com