ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टर्कीमा सैनिक बर्खास्तको क्रम अझै रोकिएन


एबीसी न्यूज

टर्की, १४  भदौ । टर्कीमा सन् २०१६ जुलाई १५ मा भएको असफल सैनिक ‘कू’ पछि अहिलेसम्म पनि सैनिकलाई बर्खास्त गर्ने क्रममा रोकिएको छैन् । हालै सार्वजनिक भएको एक तथ्यांकअनुसार हालसम्म १७ हजार सैनिकलाई बर्खास्त गरिसकिएको छ ।

टर्कीको सेनाले गत शुक्रबार दिएको जानकारीअनुसार गएको तीन वर्षयता सेनाका १७ हजार ४९८ जनालाई सेवाबाटै बर्खास्त गरिएको हो ।

राष्ट्रपति रेसेप तैयप एर्डोगानलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ उहाँ विदामा रहेका बेला कूको प्रयास भएको थियो । जुन प्रयास असफल भयो । ‘कू’ को प्रयास घन्टौं लामो लडाइपछि राष्ट्रपति रेसेप एर्डोगान समर्थित सेनाले असफल गराएको थियो ।कूको प्रयासमा सहयोग गरेको आरोपमा सैन्य क्षेत्रका वरिष्ठ अधिकारी, पत्रकार, न्याय क्षेत्रका वरिष्ठ अधिकारी, उच्च स्तरीय व्यापारीलगायत हजाराँैको सङ्ख्यामा टर्कीका नागरिक पक्राउ परेका थिए ।

राष्ट्रपति एर्डोगानलाई सत्ताच्युत गर्ने उद्देश्यले गरिएको असफल ‘कु’ प्रयासपछि सरकारले प्रहरी, सेना, शिक्षक, टर्की एयरलाइन्सका कर्मचारीसमेतलाई गरी करिब ५० हजारलाई जागिरबाट बर्खास्त नै गरिएको थियो । सन् २०१६ को त्यो ठूलो विद्रोहमा करिब २५० जना मारिएका थिए भने गोलीकाण्डमा परी दुई हजारभन्दा बढी व्यक्ति घाइते भएका थिए ।

टर्कीले असफल सैनिक विद्रोह गराउन इस्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतङ्ककारी संगठन ९एफइटिओ०को संलग्नता रहेका आरोप लगाएको छ । अमेरिकामा स्वघोषित निर्वासनमा रहनुभएका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि आधिकारिक पक्राउ आदेश जारी गरेको थियो । टर्कीको राजधानी इस्तानबुलमा अवस्थित एक अदालतले गुलेनलाई पक्राउ आदेश दिएको थियो ।

सरकारले धार्मिक नेता गुलेनलाई असफल सैनिक विद्रोहमा सलग्न रहेको बताइरहँदा गुलेन र उहाँ सम्बद्ध धार्मिक सङ्गठनले भने असफल ‘कू’ प्रयासमा आफूको कुनै संलग्नता नरहेको जनाउँदै आएका छन् । गुलेन र उनका समर्थकले आफू शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com