ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विसं २०८५ सम्म शिक्षित नेपाल बनाउने लक्ष्य


एबीसी न्यूज

काठमाडौं, १४  भदौ । विभिन्न कारणले औपचारिक शिक्षा हासिल गर्न नपाएका महिलाका लागि स्थापना गरिएको ज्ञानज्योति महिला विद्यालयबाट २१२ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका छन् ।

विसं २०६२ भदौ १५ गते काठमाडौँको मित्रपार्क चावहिलमा स्थापना भएको विद्यालयमा हाल २८६ जना विद्यार्थी अध्ययनरत् छन् । विद्यालयको १४औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विसं २०८५ सम्म नेपाललाई शिक्षित मुलुकका रुपमा स्थापित गर्ने लक्ष्य हासिल गर्न यस्ता काम सहयोगी हुने बताउनुभयो ।

व्यावसायिक एवं रोजगारमूलक शिक्षालाई प्रवद्र्धन गर्ने गरी शिक्षा नीति जारी गर्ने अन्तिम तयारीमा लागिएको पनि उहाँले सो अवसरमा सुनाउनुभयो । सांसद गगनकुमार थापाले शिक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार कक्षा ५ का ७० प्रतिशत विद्यार्थीले गणित, अङ्ग्रेजी र नेपालीसमेत सिक्न नसक्ने तथ्य सार्वजनिक गरेकाले गम्भीर हुनुपर्ने समय आएको बताउनुभयो । मन्त्रालयकै अध्ययनले आमाले स्नातक तहसम्म उत्तीर्ण गरेका बालबालिकाको परिणाम राम्रो पाइएकाले पनि महिला शिक्षा अनिवार्य गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पद्मकन्या क्याम्पसका प्रा डा गोविन्दप्रसाद गुरागाईंले नारी सम्मानित हुने घर, परिवार, समाज र देश नै समृद्ध हुन सक्ने भएकाले शिक्षामा समान रुपमा अघि बढाउनुपर्ने विचार राख्नुभयो । नेपाली काङ्ग्रेसका नेता बालकृष्ण दाहाल, काठमाडौँ महानगरपालिका वडा नं। ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल, विद्यालयका प्रधानाध्यापक कोपिला खतिवडा, कार्यक्रम संयोजक नरहरि ढकाल, उत्प्रेरणा महिला माध्यमिक विद्यालयका प्रधानाध्यापक सुमित्रा मैनालीलगायतले उमेरमै पढ्न नपाएका महिलाका लागि शिक्षित बन्न विद्यालयले अवसर प्रदान गरेको विचार राख्नुभयो ।

विद्यालयमा कक्षा ८ भन्दा तल एक वर्षमा दुई पटक कक्षा चढाइन्छ । कक्षा नौ पढ्नुनपर्ने विद्यालयमा कक्षा ८ र १० मात्र एक वर्षको हुने जनाइएको छ । यो विद्यालयमा १४ वर्ष उमेर पार गरेकालाई मात्र भर्ना लिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com