ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरियामा भएका आक्रमणमा १५ जनाको मृत्यु


एबीसी न्यूज
भाद्र १०, २०७६ मंगलबार  ३ : २१ बजे

न्यूयोर्क, १० भदौ । गृहयुद्धमा फसेको सिरियाको उत्तर पश्चिममा गत सप्ताहान्तमा भएका हिंसात्ममक घटनामा कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु भएको छ ।

राष्ट्रसंघका प्रवक्ता स्टेफान डुराजिकले इड्लिब, उत्तरी हामा र पश्चिमी अलेप्पो समेतका सिरियाका उत्तर पश्चिम क्षेत्रमा जारी हिंसाका कारण सर्वसाधारणको मृत्यु हुनेक्रम नरोएिको बताउनुभयो । राष्ट्रसंघीय मानवीय सहायता संयोजन कार्यालयका अनुसार चार जना बालबालिका समेत १५ जनाको मृत्यु भएको जनाएको छ ।

डुराजिकले इड्लिबमा मात्र विस्थापित व्यक्तिहरुले १०० भन्दा बढी स्कुलहरुमा शरण लिइरहेको बताउनुभयो । विस्थापित मानिसका निम्ति बनाइएका अस्थायी शिविरमा पहिल्यैदेखि मानिसको भिडभाड छ, र हजारौं मानिस बस्ने ठाउँ नपाएर खुला आकाशमा बस्न बाध्य छन् – डुराजिकले बताउनुभयो । प्रवक्ता डुराजिकले चार महिना अघिदेखि भड्किएको पछिल्लो हिंसाका कारण झण्डै पाँच लाख ७५ हजार मानिस विस्थापित भएको जानकारी दिनुभयो । धेरै मानिस पाँच पटकसम्म घरबाट विस्थापित हुनु परेको छ । धेरै बालबालिका शिक्षाको अवसरबाट बन्चित भएका छन् । डुराजिकले द्वन्द्वरत सबै पक्षलाई परिस्थिति सामान्य बनाउन आग्रह गर्नुभयो ।

पछिल्लो समय सिरियाली फौजले रुसी सहयोगमा इड्लिब र हामा समेतका क्षेत्रमा आक्रमण तिब्र बनाएको छ । सिरियाको छिमेकी टर्की र इजरायलले पनि सिरियाका विभिन्न ठेगानमा बमबारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशमार्फत सत्ता केन्द्रिकरणको जोखिम बढ्दै

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

सम्बन्धित

क्षेत्रीय परिस्थिति र शान्ति प्रयासबारे पाकिस्तान र इरानका विदेशमन्त्रीबीच छलफल

युएईको सरकारी तेल ट्यांकरमा आक्रमण : खाडी क्षेत्रमा तनाव बढ्यो

सीको अनन्त शुद्धीकरण: चीनको ‘आत्म-क्रान्ति’ पछाडिको वास्तविक लक्ष्य

गाजाको भोकमरीदेखि ट्रम्पको गोपनीयतासम्म: यी हुन् यस वर्षका पुलित्जर विजेताहरू

होर्मुज जलसन्धिमा ‘प्रोजेक्ट फ्रीडम’: अलपत्र जहाज निकाल्न ट्रम्पको नयाँ सैन्य कदम

लिपुलेक विवाद: नेपालको कूटनीतिक ‘नोट’ र छिमेकीको बेवास्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com