ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुस्तक कम्पनबारे बुटवलमा अन्तरसम्बाद : सुरक्षामापदण्ड विना बनाइएका भवन धराप बन्ने चेतावनी


admin
भाद्र ८, २०७६ आईतबार  ८ : २१ बजे

महाभूकम्पपछिको असर र पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक कम्पनबारे रुपन्देहीमा अन्तक्र्रिया गरिएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले मुलुकमा गएको महाभुकम्प, त्यसको क्षति र पुनर्निर्माणको अवस्थालाई हेर्दा विपद पुर्वतयारीको अवस्था कमजोर देखिएको बताएका छन् । उनीहरुले कुनैपनि विपद सूचना दिएर नआउने भएपनि यसको पुर्व तयारी सबैभन्दा महत्वपूर्ण रहेको भन्दै त्यसका लागि राज्यका संयन्त्रहरु प्रभावकारी बन्न नसकेको पनि स्वीकारेका छन् ।

कार्यक्रममा बोल्दै प्रदेश पाँचका सामाजिक विकासमन्त्री सुदर्शन बरालले महाभुकम्पलगायतका कुनैपनि विपद पुर्व सूचना दिएर नआउने भन्दै यसका लागि योजनाबद्ध तयारी गरिए क्षति न्युनीकरणमा सहयोग पुग्ने बताए । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महाभुकम्पले सिंगो मुलुकलाई विपदबाट जोगिने उपायको गतिलो पाठ छोडेर गएको भन्दै यसलाई सम्झन र बिर्सन समेत नसकिने बताए ।

महाभुकम्पपछिको उद्दार र राहतको कार्यमा प्रहरी संगठनले खेलेको भूमिकाबारे आफ्नो अनुभव सुनाउँदै खनालले पत्रकार पन्थीद्वारा प्रकाशित पुस्तक विपदको पुर्वतयारीका लागि समेत काम गर्न सहयोगी हुने धारणा राखे ।

उनले ठूलाठूला भवनहरु बनाउने प्रतिस्पर्धा चलिरहेको सन्दर्भमा त्यस्ता भवनहरु बनाउनुपूर्व सुरक्षाका न्युनतम मापदण्डहरु पूरा गर्नुपर्ने बताए । अन्यथा महाविपत्तिको बेलामा त्यस्ता भवनहरु धराप बन्न सक्नेतर्फ खनालले सचेत गराए ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी एवं स्तम्भकार अर्जुन ज्ञवाली, अर्का वरिष्ठ पत्रकार मदनलाल पौडेल, लेखक तथा विश्लेषक मनिकर कार्की लगायतले पुस्तकको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा पुस्तकका लेखक पन्थीले पुस्तकको बारेमा प्रकाश पार्दै हरेक प्रकारका विपत्तिको सामना गर्दा आशा र परस्पर सहयोग महत्वपूर्ण हुने बताए । कार्यक्रमको सहजीकरण संचारकर्मी भवानीप्रसाद पाण्डेले गरेका थिए ।

कार्यक्रममा पुस्तकका बारेमा तथा महाभुकम्पपछि नेपालको पर्यटनसहित विभिन्न क्षेत्रमा परेको असरका बारेमा छलफल भएको थियो । एक दशक देखि अमेरिकामा बसेर पत्रकारिता गर्दै आएका पत्रकार पन्थीले लेखेको पुस्तकमा भुकम्पका बेला भोग्नु परेका पीडा देखि विभिन्न पक्ष समेटिएको छ ।

महाभूकम्पपछिको आर्तनाद र आशामा आधारित रहेर लेखिएको पुस्तकमा महाभूकम्पमा वियोग र वेदना भोग्नेहरुका वास्तविक कथाहरु, मृत्युको मुखबाट बाँच्नेहरुको बयान, रेस्क्यु अपरेशनमा खट्ने सेना, प्रहरी लगायतको अनुभव, भूकम्पपछि घाइते हुनेहरुको उपचारमा संलग्न डाक्टरहरुको अनुभव, देशविदेशबाट राहत लिएर आउनेहरुको भोगाई र अप्ठ्यारो अवस्थामा समेत संचारकर्ममा सकृय पत्रकारका कथाहरु समेटिएको छ ।
पुस्तक २५२ पृष्ठको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com