ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतका पूर्व अर्थमन्त्री जेटलीको अन्तिम संस्कार सम्पन्न, प्रधानमन्त्री मोदीबाट दुख ब्यक्त


एबीसी न्यूज
भाद्र ८, २०७६ आईतबार  ५ : १८ बजे

काठमाडौं, ८ भदौ ।  भारतका पूर्व वित्तमन्त्री एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको आइतबार अन्तिम संस्कार गरिएको छ । भारतको राजधानी दिल्लीस्थित यमुना नदी किनारको निगमबोध घाटमा जेटलीका पुत्र रोहनले दागबत्ती दिएका थिए । अन्तिम संस्कारमा उपराष्ट्रपति वैंकेया नायडु, गृहमन्त्री तथा भाजपाका अध्यक्ष अमित शाह तथा रक्षामन्त्री राजनाथ सिंहलगायत भाजपा तथा विपक्षी दलका नेता तथा कार्यकर्ता उपस्थित थिए ।

यस्तै, योग गुरु स्वामी रामदेव, पूर्व क्रिकेटर तथा सांसद गौतम गम्भीर, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, उप मुख्यमन्त्री मनिष सिसोदिया, कांग्रेस नेता कपिल सिब्बललगायत पनि अन्तिम विदाईका लागि निगमबोध घाट पुगेका थिए । यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि जेटलीको पार्थिव शरीर भाजपाको पार्टी कार्यालयमा राखिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विदेश भ्रमणका क्रममा बहराइनमा रहेकाले जेटलीको अन्तिम श्रद्धाञ्जलीमा सहभागी हुन पाएनन् । यद्यपि, विदेश भ्रमणकै क्रममा पनि जेटलीको निधनले आफू अत्यन्तै दुखी भएको भन्दै केही दिन अघि मात्रै सुष्मा स्वराजलाई गुमाउन पुगेको र अहिले आफ्ना मित्र अरुणले पनि छाडेर गएको प्रधानमन्त्री मोदीले बताएका छन् । पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि निमगबोध घाटसम्म शव यात्रा गरिएको थियो ।

आठ किलोमिटर दूरी पार गर्न एक घण्टा लागेको थियो । मिर्गौला प्रत्यारोपण गरेका जेटली पछिल्लो समय भने क्यान्सर पीडित थिए । लामो समयदेखि बिरामी जेटलीको शनिबार दिउँसो दिल्लीस्थित अखिल भारतीय आर्युविज्ञान संस्थान (एम्स) अस्पतालमा उपचारका क्रममा ६६ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com