ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नामकरण र राजधानीका लागि नाम दर्ता


एबीसी न्यूज

काठमाडौं, ५  भदौ  । प्रदेश नं २ को नामकरण र राजधानीका लागि प्रदेशसभा सचिवालयमा विभिन्न नाम दर्ता गरिएको छ ।

मधेश प्रदेश, जानकी प्रदेश, मिथिला–भोजपुरा र मध्य प्रदेश नामको प्रस्ताव विभिन्न दल र दलको निर्णयप्रति असहमति राख्ने प्रदेशसभा सदस्यले आज सचिवालयमा दर्ता गराएका हुन् । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीले संयुक्त रूपमा मधेश प्रदेशको नामको प्रस्ताव दर्ता गराएको छ भने नेकपाले जानकी प्रदेश र नेपाली काङ्गेसले मिथिला–भोजपुरा नामको प्रस्ताव दर्ता गराएका छन् । त्यस्तै प्रदेशको राजधानीको नामकरण गर्न विभिन्न नाम गर्दा भएको छ ।

सचिवालयका अनुसार समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीले संयुक्त रूपमा जनकपुरधाम परिक्रमा क्षेत्रसहित ढल्केवर, कमलाहुँदै सीमावर्ती क्षेत्रसम्म, नेकपाले परिक्रमा क्षेत्रसहित धनुषा जिल्ला र नेपाली काङ्गे्रसले जनकपुरधाम नाम दर्ता गराएको छ । समाजवादी पार्टी नेपालका सात प्रदेशसभा सदस्यले पार्टीले दर्ता गराएको प्रस्तावप्रति असहमति राख्दै वीरगञ्जको नाम प्रस्ताव दर्ता गराएका छन् । सो दलका प्रदेशसभा सदस्य सिंहासन कलावार, करिमा बेगम, जन्नत अन्सारी, अञ्जु यादव, भीमा यादव, रागिनी देवी वर्णवाल र प्रह्लाद गिरी गोस्वामीले वीरगञ्जको नाम दर्ता गराएका छन् ।

त्यस्तै काङ्गे्रसका प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साह, शङ्करप्रसाद चौधरी, असिया देवी र ओम शर्माले दलले सिफारिस गरेको प्रदेशको नाम र राजधानीको प्रस्तावप्रति असहमति राख्दै मध्य मधेश र वीरगञ्जको नाम दर्ता गराएका छन् । प्रदेशसभामा नेकपाको ३२, समाजवादी पार्टी नेपालको ३०, राष्ट्रिय जनता दलको २५, नेपाली काङ्गे्रसको १९ र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com