ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माया गाढा बनाउन साउन महिनामा हातभरी मेहेन्दी (फोटो फिचर)


एबीसी न्यूज
श्रावण १३, २०७६ सोमबार  १ : ०९ बजे
काठमाडौं, १३ साउन । साउनको सौन्दर्य सूचक हो मेहन्दी र हरियो चुरा । खास गरी महिलाले साउन महिनाभरि हातमा हरिया चुरा र मेहन्दी लगाउँछन् । उसो त साउन महिना प्राकृतिक रूपमा पनि हरियो महिना नै हो ।

धर्म संस्कृति मान्ने महिलाहरूले लगाउने मेहन्दी र चुरा पछिल्लो समय प्राय सबै जसो महिला र युवतीको लगाउने गरेका छन् । अहिले त मेहन्दी र चुरा फेसनकै रूपमा स्थापित भएको पाइन्छ । रङ्गीचङ्गी पहिरनसँगै बजारमा चुरा, मेहेन्दी र कपडाहरूको व्यापार बढेको छ ।

साउनमा विशेष रूपमा मनाउने सोमबारको व्रत बस्ने हरियो, पंहेलो रङ्गको चुराका साथै मेहन्दी र हरियो रातो कपडा र श्रृङ्गारमा सजिने गर्छन् । साउन महिना आएलगत्तै हरियो चुरा र महेन्दीलगायत अन्य श्रृङ्गारिक सामानको बिक्री राम्रो भइरहेको छ ।

प्रकृति मात्र नभई साउनसँग हरियालीको विशेष सम्बन्ध र सामिप्यता रहन्छ । यही रङ्ग भित्र उपस्थिति जनाउने एउटा महत्त्वपूर्ण पक्ष मेहन्दी पनि हो । विशेष हिन्दु नारीहरूले सुन्दरता र सौभाग्यका लागि साउन महिनाभर प्रयोग गर्ने मेहन्दीको गुनिलो पक्ष बढी भए पनि बजारमा जथाभाबी पाइने मेहन्दीले स्वास्थ्यमा पनि उत्तिकै हानी पु¥याउने गरेको छ ।

कतिपय ठाउँमा मेहन्दीलाई डार्क बनाउनका लागि विभिन्न केमिकल, पेट्रोल, एसीड लगायतका वस्तु राखिन्छ जुन मानिसको स्वास्थ्यको लागि घातक हो । यस्ता मेहेन्दीको प्रयोगले छाला पोल्ने छालाको एलर्जी देखि क्यान्सरसम्मको रोग लाग्ने खतरा बढी हुन्छ । सस्तो मूल्यमा पाइयो भन्दैमा जस्तोसुकै मेहन्दी लगाउँदा मानिसको स्वास्थ्यमा गम्भीर असर परिररहेको छ । त्यसैले मेहन्दी लगाउँदा प्राकृतिक मेहेन्दी प्रयोग गर्न चिकित्सकहरूको सुझाव छ ।

नेपालमा मेहन्दी व्यापारका लागि न कुनै मापदण्ड छ, न कुनै अनुगमन नै। जसले, जहाँबाट जस्तोसुकै मेहन्दी ल्याएर बेचे पनि कसैले केही गर्दैन। नेपालमा कस्मेटिक्सको मापदण्ड र नियगमन गर्ने कुनै निकाय छैन। यस्तो विधिहिनताको पीडामा नेपाली नारीहरू हरेक साउनसँगै शरीरमा घातक रोग सङ्क्रमणको पीडित भइरहेका छन् ।

छालामा रोग प्रतिरोधी क्षमता बढाउन पनि उत्तिकै मद्दत गर्छ । त्यस्तै मेहन्दीको सेवन उच्च रक्तचापका बिरामीहरूको लागि वरदान मानिन्छ भने कपालको रक्षाका लागि मेहन्दीलाई रक्षाकवच नै ठानिन्छ । तर अब स्वास्थ्य प्रयोगकर्तामा नै निर्भर छ । मेहन्दीका प्रयोगकर्ताहरूले सतर्कता अपनाए मेहन्दी स्वास्थ्यका लागि हो भने जथाभाबीको प्रयोग गर्नेको लागि खतराको खानी पनि हो ।

राम्रो श्रीमान् भेटियोस् भनेर मात्र होइन पतीपत्नीको प्रेम प्रगाढ होस् भनेर पनि मेहेन्दी लगाइन्छ । मेहेन्दी जति गाढा लाग्छ, उत्तिनै गाढा माया बस्छ भन्ने विश्वास रहेको छ ।
त्यस्तै असारे चटारोवाट उम्किएपछि सुकिलो मुकिलो भएर वस्न दिदी वहिनीहरुले हातमा मेहन्दी सजाउने परम्परा छ । खेतीवाली लगाउँदा हात खुट्टामा लागेको चोट हटाउन र त्यसलाई मुलायम बनाउन पनि मेहन्दी लगाउने गरिएको हो ।

पछिल्लो समय मेहेन्दीले फेसनको स्वरुप लिएको छ । अहिले यसको अनेकौ डिजाइन पनि प्रचलनमा छ । तिउरीमा फर्सिको फूल, सिमीको पाता मिसाएर घरमै पनि मेहन्दी बनाउन सकिन्छ । बजारमा पाइने तयारी मेहेन्दी रसायन हुने भएकाले छालामा समस्या ल्याउन पनि सक्छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

‘सार्वभौम सीमा रक्षाका लागि अविलम्ब कूटनीतिक पहल गर’– पूर्वराजदूत

सरकारले सांसदहरुको मुख थुन्यो ः कांग्रेस सांसद, मनमाया, भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com