ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको एकतालाई पूर्णता दिन बालुवाटारमा बैठक


एबीसी न्यूज

काठमाडौं, ५  साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकतालाई पूर्णता दिन सचिवालय बैठकमा छलफल हुदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो १ बजे बोलाइएको सचिवालय बैठकमा विभाग गठनलाई अन्तिम रुप दिइदैछ ।

३२ वटा विभाग मध्ये तत्कालिन एमालेका पक्षमा १८ र माओवादीको भागमा १४ विभाग छुट्टाइएको छ । अधिकाशं विभागको नेतृत्वमा सहमति जुटेपनि स्कुल विभागमा पूर्व माओवादीले दावी यथावत राखेको छ । महत्वपूर्ण विभाग मध्ये विदेश, संगठन, स्कुल र नीति तथा प्रतिष्ठान विभाग पूर्व एमालेको भागमा परेको थियो ।

आफ्नो भागमा परेको विभागमा पूर्व एमालेका नेताहरु बसेर सहमति जुटाईसक्नु भएको छ । प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीसहित बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, इश्वर पोखरेल र महासचिव बिष्णु पौडेलसहित बैठक राखेर बिभागको नेतृत्वमा सहमति जुटाउनु भएको हो ।

बरिष्ठ नेता नेपालले बिदेश बिभाग, खनालले नीति तथा प्रतिष्ठान विभाग, सचिवालय सदस्य गौतमले संगठन बिभाग र उपप्रधानमन्त्रीसमेत रहनुभएका सचिवालय सदस्य पोखरेलले पार्टी स्कुल विभाग प्रमुख हुने टुंगो लगाई सकेको छ ।
तर, नेकपाका प्रवक्ता समेत रहनु भएका नारायणकाजी श्रेष्ठले पनि स्कुल विभागमा दावी गरेपछि पूर्ण सहमति जुट्न नसकेको बताइएको छ । यस विषयमा पनि आज छलफल हुने बताइएको छ ।

अध्यक्षद्वय र महासचिवले कुनै पनि विभागको नेतृत्व नलिने सहमति यसअघि नै भइसकेको छ । यस्तै पूर्वमाओवादीको भागमा प्रचार तथा प्रकाशन बिभाग र आर्थिक बिभाग प्रमुख परेको छ । श्रेष्ठलाई प्रचार तथा प्रकाशन बिभाग दिने तयारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहनु भएको छ । तर, श्रेष्ठले लिन नमानेको स्रोतले बताएको छ ।

यस्तै, कुल ७७ जिल्ला इन्चार्जमध्ये एमाले ४६ माओवादी ३१ जिल्ला इन्चार्ज भागबन्डा भइसकेको छ। ज्येष्ठ कम्युनिस्ट मञ्च माओवादी र सल्लाहकार परिषद्मा पूर्वएमालेले लिने गरी १२१ सदस्य हुने गरी भागबन्डा गरिसकिएको छ। तीन आयोगमा दुई पूर्वएमाले एक आयोग माओवादीको परेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com