ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सकरपारियन अन्तराष्ट्रिय मैत्री बगैंचा : पाकिस्तानको वैदेशिक सम्बन्धको सेतु (भिडियोसहित)


admin
असार २८, २०७६ शनिबार  २ : १८ बजे

पाकिस्तानको राजधानी इस्लामावादमा अन्तराष्ट्रिय मैत्री बगैंचा रहेको छ । यो बगैंचामा पाकिस्तानको भ्रमण गर्ने विदेशी राष्ट्रका प्रमुख र सरकार प्रमुखहरुले रुख रोप्ने गर्छन् । अहिलेसम्म १३० वटा रुख रोपिएको यो बगैंचामा नेपालका तत्कालिन राजा विरेन्द्र, युवराज दिपेन्द्र र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि रुख रोपेका छन् ।

पाकिस्तानको राजधानी इस्लामावाद । र, इस्लामावादको बीचोबीच सकरपारियनमा रहेको यौटा सानो पहाडी टाकुरा । घना जंगलले घेरेको होचो सकरपारियन टाकुराको एका छेउमा सुन्दर बगैंचा बनाइएको छ । अर्को छेउमा पाकिस्तान मोमेन्टम रहेको छ । आज हामी सुन्दर बगैंचाको औषत कुरा गरिरहेका छैनौं । यो, बगैंचाले दिन खोजेको सन्देशको बारेमा बताउँदैछौं । पाकिस्तानले आफ्नो राजधानी कराँचीबाट इस्लामावाद सारेको केही समयपछि नै यो बगैंचाको निर्माण गरेको थियो । यो बगैंचाले पाकिस्तानको वैदेशिक सम्बन्धलाई प्रतिबिम्बित गरेको छ । पाकिस्तानका छिमेकी एवं मित्रराष्ट्रहरुबीच रहेको दुईपक्षीय सम्बन्धको सेतु बनेको छ यो बगैंचा । पाकिस्तानमा कुनै पनि विदेशी राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरुको भ्रमण हुँदा इस्लामावादको बगैंचामा पुग्ने गर्छन्, र कम्तिमा यौटा रुख रोप्ने गर्छन् ।

यो बगैंचामा हालसम्म १३० वटा रुख रोपिएका छन्, मित्रताको प्रतिकको रुपमा । सन् १९६४ फेब्रुअरी २१मा तत्कालिन चिनिया प्रधानमन्त्री चाउ एन लाईले इस्लामावादको भ्रमण गर्दा सकरपारियनमा आएर चिनिया पिपलको विरुवा रोपेका थिए । क्यापिटल डेपलपमेन्ट अथोरिटी सीडीएको स्थापना गरेको अन्तराष्ट्रिय मैत्री बगैंचामा त्यस बेलादेखि विरुवा रोप्ने परम्पराको सरुवात गरियो । विदेशी राष्ट्राध्यक्ष र सरकार प्रमुखहरु जति पाकिस्तान पुगे यो बगैंचामा रुख रोपेर पाकिस्तान र आफ्नो देशको मित्रताको जग सोही युग युगसम्म बढ्ने विश्वास गरे । त्यति बेला रोपिएका कैयौं विरुवा अहिले ठूला रुख बनिसकेका छन् । रोपिएका सबै रुखलाई जोगाउने जिम्मा क्यापिटल डेभलपमेन्ट अथोरिटीको रहेको छ ।

यो बगैंचामा अहिलेपनि रुख रोप्ने काम जारी छ । नेपालका तत्कालिन राजा विरेन्द्रले सन् १९८० मा इस्लामावादको भ्रमण गर्दा यहाँ सल्लाको रुख रोपेका छन् । विरेन्द्रले रोपेको ठूलो रुख बनिसकेको छ । तत्कालिन युवराज दिपेन्द्रले पनि रुख रोपेका छन् । नेपालका पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सन् १९९६ मा इस्लामावाद भ्रमण गर्दा रोपेको विरुवा विस्तारै हुर्किने क्रममा छ ।

यो बगैंचामा सबैभन्दा धेरै चिनिया अतिथिहरुले नै रुख रोपेका छन् । यसबाहेक, चाउएन लाई, झाओ झियाङ, लि पेङ, झु रोङ झी, वेन जिया वाओ, लि खक्याङहरुले रोपेका सबै रुख हुर्केका छन्, हुर्कने क्रममा छन् । सायद, अल वेदर फ्रेन्ड भएरै होला, चिनिया उच्चअधिकारीहरुको बाक्लै आउजाउ हुन्छ पाकिस्तानमा । र, यसको प्रभाव यो बगैंचामा पनि देख्न सकिन्छ ।

यो बगैंचामा अमेरिका, कुवेत, मलेसिया, बहराईन, रुस, अफगानिस्तान, तुर्केमिनिस्तान, थाइल्याण्ड, बोस्निया, प्लायेष्टाइन, कोरिया, अजरवैजान, फिलिपिन्स, क्यानडा, सेनेगल, मोरक्को, ओमान, लेवनान, टर्की, इन्डोनेसिया, बंगलादेश, इरान, भियतनाम, सिंगापुर, मौरिसस, फ्रान्स, जापान, कतार, उज्वेकिस्तान, किर्गिस्तान, बु्रनाई आदि देशका सरकारप्रमुख राष्ट्रप्रमुखले रुख रोपेका छन् । अर्थात, यो अन्तराष्ट्रिय मैत्री बगैंचा सयौं रुखको कचौरा जस्तै बनेको छ । चिनिया पिपल, सल्लो, धुपी सल्लो, ओलिभ लगायतका प्रजातिका रुख रोपिएका छन् । प्रत्येक रुखको फेदमा कसले कहिले रुख रोपेको भनेर मार्वलमा लेखिएको छ । क्यापिटल डेपलपमेन्ट अथोरिटीले यो बगैंचामा सबै अतिथिहरुले रोपेका रुख विरुवाका फोटो प्रदर्शनी कक्ष बनाउँदै छ ।

सकरपारियन टाकुराको अर्को छेउमा पाकिस्तान मोमेन्टम रहेको छ । पाकिस्तानको ऐतिहासिक राजनीतिक, आर्थिक, सांस्कृतिक, भौगोलिक विशेषतालाई सुरक्षित गरेर राखिएको छ । पाकिस्तान कसरी बन्यो भनेर जिवन्त देखाउने प्रयास गरिएको छ । पाकिस्तान–भारत विभाजहुनुपूर्व पाकिस्तानका कायदे आजम मोहम्मद अलि जिन्हा र भारतका राष्ट्रपति महात्मा गान्धीबीच भएका सम्वाद एवं तत्कालिन ब्रिटिश भाइस रोयका गतिविधि पनि यो मोमेन्टममा सुरक्षित गरिएको छ ।

इस्लामावादबासी यो सकरपारियन टाकुरामा पुग्छन् । शान्त र सफार चिटिक्क परेको शहरको बीचमा रहेको यो टाकुरा त्यसै पनि सुन्दरताले भरिपूर्ण छ । इस्लामावादको दृश्यावलोकनका लागि यो टाकुरा प्रसिद्ध छ । पाकिस्तान मोमेन्टम र संगै रहेको अन्तराष्ट्रिय मैत्री बगैंचा विदेशी पाहुनाको लागि इस्लामावादको मुख्य गन्तव्य पनि हो । आफ्ना देशका राष्ट्र प्रमुख एवं सरकार प्रमुखले रोपेको रुख हुर्केको देखेर विदेशी पर्यटक पनि मख्ख पर्छन् । र शान्तिको कामना गर्दै एकपटक सोच्छन्, पाकिस्तानको सम्बन्ध सबै विदेशी मित्रराष्ट्र एवं छिमकीसँगै यसैगरी सुखद बनोस ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुटुक्क सर्वोच्च पुगे बालेन, अवहेलना मुद्दामा चैत १२ को तारिख

बंगलादेशमा खालिदा जियाको पार्टी बीएनपीलाई बहुमत, भारत अमेरिकाबाट बधाई !

सम्बन्धित

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

काठमाडौँमा एमालेको पुनरागमन सम्भव छ ? इश्वर पोखरेलको आत्मस्वीकृति, बचाउ र आगामी चुनावी दाबी (भिडियोसहित)

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

संविधानको समावेशी मर्म र प्रत्यक्ष निर्वाचन :खस आर्य पुरुषको वर्चस्व

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com